नेपालका चार बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य , रजनी श्रेष्ठ र सनम मूलगुठीले माल्दिभ्समा १५ औं वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् ।
विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि , रजनीले ५५ केजीमाथि तौल समूहमा दोस्रो स्थान हासिल गरेका हुन् भने महिला One piece Swimsuit up to १६५ cm समुहमा सनम मुलगुठीले रजत पदक हासिल गरेका हुन् ।
प्रतियोगितामा नेपालका ६ खेलाडीको सहभागिता रहेको छ ।