सन् १९९४ मा काठमाडौं जेसिजले पहिलो पटक नेपालमा मिस नेपाल प्रतियोगिताको आयोजना गरेको थियो । जेसिजले यो सौन्दर्य प्रतियोगिता युवतीहरूमा भएको विभिन्न प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित गरेको बताएको थियो । सन् १९९७ पछि भने हिडेन ट्रेजरको सहकार्यमा मिस नेपालको आयोजना हुन थाल्यो । पहिलो पटकको मिस नेपालमा २२ जना प्रतिस्पर्धी थिए । त्यसमा काठमाडौं, ललितपुर, वीरगञ्ज, झापा, सोलुखुम्बु, दार्जीलिङ, स्याङ्जा, चितवन तथा धरानका युवतीहरूले भाग लिएका थिए । उक्त प्रतियोगिताबाट वीरगञ्जकी रुवी राणा प्रथम मिस नेपाल भइन् । त्यतिबेला २० वर्षीया रुवी वीरगञ्जमा शिक्षिकाका रूपमा कार्यरत थिइन् । ५ फिट ६ इन्च अग्ली राणा सन् १९९२ देखि मोडलिङस“ग आबद्ध थिइन् । उनी मिस एसिया प्यासिफिकमा भाग लिन गएकी थिइन् । केही चलचित्रमा समेत देखापरेकी रुवी अहिले रुवी ब्युटी एण्ड हेयर केयर तथा रुविज कलेक्सनमार्फत मेकअप आर्टिस्ट तथा फेसन डिजाइनरका रूपमा व्यस्त छिन् । कतिपय मिस नेपाल मिडियाबाट हराइसकेको अवस्थामा रुवी भने अहिलेसम्म आफूलाई शारीरिक तथा मानसिक रूपमा फिट राखी सदाबहार सुन्दरीका रूपमा उभिएकी छिन् ।
१९९५ की मिस नेपाल हुन्–सुमी खड्का । काठमाडौंकी सुमी ५ फिट ५ इन्च अग्ली छिन् । समर्पण, ग्रहण आदि चलचित्रमा नायिकाको भूमिकामा देखापरेकी पूर्व मिस नेपाल सुमी कतार एयरकी एयर होस्टेज हुन् । उनी अहिले मिडियामा देखिन्नन् । त्यसैगरी तेस्री मिस नेपाल पूनम घिमिरे अहिले सपरिवार अमेरिकामा बस्छिन् । काठमाडौंकी घिमिरे ५ फिट ६ इन्च अग्ली छन् । मिस नेपाल नीलिमा गुरुङ पोखराकी हुन् । उनी मिस पोखरा पनि हुन् । नीलिमा अहिले पोखरामै फिटनेस सेन्टर संचालन गरेर बसेकी छिन् । त्यसैगरी वर्ष १९९७ मा पनि मिस वल्र्ड नेपालको आयोजना गरिएको थियो जसले पछि निरन्तरता पाएन । मिस वल्र्ड नेपालमा झरना बज्राचार्यले उपाधि जितेकी थिइन् । उनी मोडलिङ तथा चलचित्रमार्फत चर्चित भए पनि अहिले विवाह गरी यो क्षेत्रबाट अलग्गिएकी छिन् । सन् १९९८ मा ज्योति प्रधान मिस नेपाल भएकी थिइन् । अमेरिकामा प्रतिस्पर्धा गर्न जा“दा उतै बसेपछि उनको मिस नेपाल उपाधि खोसेर फस्ट रनरअप निरु श्रेष्ठलाई प्रदान गरियो । काठमाडौंकी निरु श्रेष्ठ पाइलट हुन् । उनी अहिले अमेरिकामा जहाज उडाउन व्यस्त छिन् । १९९९ की मिस नेपाल श्वेता सिंह गत वर्षसम्म हिडेन ट्रेजरको सिइओका रूपमा सक्रिय थिइन् ।
मिस नेपालको नाम सुन्नासाथ उषा खड्गीको नाम सबैको मनमस्तिष्कमा आइहाल्छ । उषा २००० की मिस नेपाल हुन् । मिस नेपाल भएको डेढ दशक नाघिसक्दा पनि आफूलाई फिट एण्ड फाइन राखेर मोडलिङमै व्यस्त रहन सक्नु उनको विशेषता हो । उषा अहिले विज्ञापनमा व्यस्त मोडल हुन् । उनले कुपन्डोलमा युआर स्टाइल बुटिक खोलेर आफूलाई फेसन डिजाइनरका रूपमा समेत स्थापित गरेकी छिन् । २००१ मा मिस नेपालको आयोजना भएन । उषापछिकी मिस नेपाल हुन् मिडिया पर्सनालिटीका रूपमा परिचित माल्भिका सुब्बा । माल्भिका मिस नेपाल भएपछि निरन्तर मिडिया तथा मोडलिङमै रमाइरहेकी छिन् । माल्भिकापछि प्रीति सिटौला मिस नेपाल भइन् । काठमाडौंकी सिटौला ५ फिट ४ इन्च अग्ली छिन् । सिटौला मिस नेपाल भएपछि कान्तिपुर टिभीको कल कान्तिपुरमा भिजेका रूपमा देखा परिन् । विवाहपछि परिवारसहित अमेरिकामा बस्दै आएकी प्रीति अहिले भने नेपालमै छिन् । प्रीतिपछि काठमाडौंकी पायल शाक्य मिस नेपाल भइन् । केही म्युजिक भिडियोमा अभिनय गरेकी पायल गायक सरुन ताम्राकारस“ग विवाह गरी अस्ट्रेलिया भास्सिइन् । २००५ मा ललितपुरकी सुगरिका केसी मिस नेपाल भइन् । थुप्रै सुन्दर प्रतिस्पर्धीलाई पछाडि पारेर मिस नेपाल बनेकी सुगरिकालाई राम्रो बोल्ने मिस नेपालका रूपमा लिइन्छ । उनी अहिले पनि मिडिया तथा विभिन्न स्किल डेभलपमेन्टका प्रशिक्षणमा व्यस्त छिन् । २००६ मा मिस नेपालको आयोजना भएन । सुगरिकापछिकी मिस नेपाल हुन्–ललितपुरकै शिताष्मा चन्द । ५ फिट ८ इन्च अग्ली शिताष्मा दुबईमा बसोबास गर्छिन् । उनले केही समय क्याविन क्रुमा काम गरिन् । त्यसपछि प्रथम मिस तामाङ जेनिशा मोक्तान मिस नेपाल भइन् । मोडलिङ तथा मिडियामा व्यस्त जेनिशा केही वर्षदेखि यो क्षेत्रमा देखिन्नन् । जेनिशा त्यसबीच व्यवसायमा सक्रिय रहिन् भने यही वर्ष उनको विवाहसमेत भएको छ । जेनिशापछि सदीक्षा श्रेष्ठ मिस नेपाल भइन् । मोडलिङ तथा विज्ञापनमा जमेकी सदीक्षा अहिले भने स्नातकोत्तर तहको अध्ययनका लागि बैंककमा छिन् । धरानकी मलिना जोशी १५ औं मिस नेपाल हुन् । मिस वल्र्डमा टप ३० सम्म पुग्न सफल मलिना अहिले मोडलिङ तथा चलचित्रमार्फत दर्शकमाझ पुगिरहेकी छिन् । लन्डनमा मोडलिङ गरेकी सृष्टि श्रेष्ठ २०११ की मिस नेपाल हुन् । ५ फिट ९ इन्च अग्ली सृष्टि अहिले नेपाली चलचित्र तथा मोडलिङमा आफ्नो करिअर सुरु गर्दैछिन् । त्यसपछि डेन्टल पढिरहेकी ईशानी श्रेष्ठ मिस नेपाल भइन् । उनले मिस वल्र्डमा ब्युटी प्रपोज शीर्षकको टाइटल जितेकी थिइन् । ईशानी मिस वल्र्डमा उत्कृष्ट १० औं स्थानमा पुग्न सफल भइन् । अहिले उनी आफूलाई दन्त चिकित्सकका रूपमा चिनाउने प्रयासमा छिन् । त्यसपछिकी मिस नेपाल हुन्–सुविन लिम्बू । मिस नेपाल हुनुअघिदेखि नै मोडलिङमा सक्रिय सुविन विभिन्न संघसंस्थामा आबद्ध भएर आफूलाई समाजसेवामा सक्रिय गराइरहेकी छिन् । गत वर्षकी मिस नेपाल इभाना मानन्धर अमेरिकामा बीबीए पूरा गरी नेपाल आएकी हुन् ।
रुवी राणा (मिस नेपाल–१९९४)
नेपालमा पहिलो पटक आजभन्दा २२ वर्षअघि आयोजना भएको मिस नेपालमा भाग लिनु नै एउटा चुनौती थियोे । त्यसमा पनि उपत्यकाबाहिर वीरगञ्जमा बस्ने मजस्ता प्रतिस्पर्धीका लागि त धेरै नै गा¥हो । यद्यपि त्यो प्रतियोगितामा भाग लिनुअघि नै म मोडलिङमा प्रवेश गरिसकेकी थिए“ । म त्यतिबेला नै सक्रिय र केही नया“ गरौं भन्ने भावना बोकेकी युवती थिए“ । जित्छु भन्ने त थियो र सोहीअनुसार मैले आफूलाई अपडेट पनि गरें । आज पनि नेपालको प्रथम मिस नेपाल भन्दा ममा अझै काम गर्ने जा“गर बढेर आउ“छ । ममा आफूलाई मेन्टेन गर्नुपर्छ भन्ने भावना पनि आउ“छ ।
निरु श्रेष्ठ (मिस नेपाल–१९९८)
म टमब्बाइ स्वभावकी थिए“ । मिस नेपालमा आएपछि मेरो आत्मबल बढ्यो । सुरुमा मलाई जित्छु भन्ने पटक्कै लागेको थिएन तर मिस नेपालको प्रशिक्षणपछि ममा आएको परिवर्तन नै मेरो जितको कारण हो । भाग्य नै भन्नुपर्छ म मिस नेपालमा फस्ट रनरअप घोषणा भए पनि तत्कालीन मिस नेपाल आफ्नो कार्यकालमै अमेरिकामा हराएपछि मलाई मिस नेपाल घोषणा गरियो । यस्ता प्रतिस्पर्धाले मानिसमा भएको आन्तरिक क्षमता प्रस्फुटन गराउन मद्दत पु¥याउ“छन् ।
आजसम्मका मिस नेपालहरू
१.रुवी राणा–१९९४
२.सुमी खड्का–१९९५
३.पूनम घिमिरे–१९९६
४.नीलिमा गुरुङ तथा झरना बज्राचार्य–१९९७
५.निरु श्रेष्ठ–१९९८
६.श्वेता सिंह–१९९८
७.उषा खड्गी–२००० र २००१
८.माल्भिका सुब्बा–२००२
९.प्रीति सिटौला–२००३
१०.पायल शाक्य–२००४
११.सुगरिका केसी–२००५ एवं २००६
१२.शिताष्मा चन्द–२००७ एवं २००८
१३.जेनिशा मोक्तान–२००९
१४.सदीक्षा श्रेष्ठ–२०१०
१५.मलिना जोशी–२०११
१६.सृष्टि श्रेष्ठ–२०१२
१७.ईशानी श्रेष्ठ–२०१३
१८.सुविन लिम्बू–२०१४
१९.इभाना मानन्धर–२०१५
२१. अश्मि श्रेष्ठ २०१६
२० निकिता चण्डक २०१७
२१.श्रृंखला खतिवडा २०१८
२२. अनुष्का श्रेष्ठ २०१९
२३.नम्रता श्रेष्ठ २०२०
२४.प्रियंका रानी जोशी २०२२
२५ श्रीच्छा प्रधान २०२३
२६.आश्माकुमारी केसी २०२४
मिस नेपालको गृहनगर
काठमाडौं १० जना–१९९५,१९९६,१९९८, १९९९,२००२,२००३,२००४,२००९,२०१०,२०१३ ,२०१५ , २०१९, २०२०, २०२२ तथा २०२३
ललितपुर २ जना–२००५ र २००७
वीरगञ्ज २ जना–१९९४ र २०००
पोखरा १ जना–१९९७
चितवन १ जना–२०१२ र २०१६
हेटौडा २०१८