पछिल्लो समय मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामलाई धेरैले रुचाएका छन् । इन्स्टाग्राममा आफ्नो अकाउन्ट अरूले चलाइरहेको छ कि भन्ने जानकारी लिन सकिने सुविधा रहेको छ तर यो सुविधाको बारेमा धेरैलाई थाहा भने छैन ।
आफ्नो इन्स्टाग्राम अरुले चलाएको छ वा छैन, यसरी थाहा पाउन सकिन्छ :
– सबैभन्दा पहिले मोबाइलमा इन्स्टाग्राम खोली दायाँ साइडको पुछारमा रहेको आफ्नो‘प्रोफाइल आइकन’ मा क्लिक गर्ने ।
– त्यसपछि ‘सेटिङ’ मा क्लिक गरी त्यहाँ रहेको ‘सेक्युरिटी’ को अप्सन क्लिक गर्ने ।
– अव ‘एप्स एण्ड वेबसाइट’ मा क्लिक गर्ने ।
– त्यहाँ देखिने वेबसाइट तथा एप्सको सूचीमध्ये कुनै एप तथा वेबसाइट हटाउनु परेको खण्डमा एपमा क्लिक गरी ‘रिभोक एक्सेस’ मा क्लिक गर्ने ।