एलोन मस्कले आफ्नो सामाजिक सञ्जाल एप ‘एक्स’ मा अडियो–भिडियो कल सुविधा ल्याएका छन्। यो सुविधा हाल आईओएसमा मात्र उपलब्ध छ र चाँडै एन्ड्रोइडमा पनि उपलब्ध हुने बताएका छन्।
‘एक्स’का प्रिमियम सदस्यहरूले अडियो–भिडियो कलहरू गर्न सक्नेछन्। जबकि अन्य प्रयोगकर्ताहरूले केबल कल रिसिभ गर्न सक्नेछन्। मस्कले ‘एक्स’ पोष्टमार्फत यो अडियो–भिडियो कलिङको प्रारम्भिक संस्करण भएको बताएका छन्।
‘एक्स’ मा यो सुविधा इनेबल गर्न, सेटिङसमा जानुपर्छ। त्यसपछि प्राइभेसी एण्ड सेफ्टीमा ट्याप गर्नुपर्छ। त्यहाँ डाइरेक्ट म्यासेजको विकल्प उपलब्ध हुनेछ। डाइरेक्ट म्यासेजमा अडियो र भिडियो कललाई इनेबल गर्नुपर्छ। एक पटक सुविधा इनेबल भएपछि, प्रयोगकर्ताले कसले आफुलाई कल गर्न सक्छ भनेर छनौट गर्न सक्नेछन्। भेरिफाइड प्रयोगकर्ता, जसलाई फलो गरिएको छ वा एड्रेस बुकमा भएका व्यक्तिहरुलाई कल गर्न सकिनेछ।
आईओएसमा अडियो वा भिडियो कल गर्न प्रक्रिया
एनभेलप आइकनमा ट्याप गर्नुहोस्। तपाईंलाई म्यासेजहरूमा निर्देशित गरिनेछ।
भएको डिएम कन्भर्सेसनमा ट्याप गर्नुहोस् वा नयाँ कन्भर्सेसन सुरु गर्नुहोस्।
अडियो वा भिडियो कल सुरु गर्न फोन आइकनमा ट्याप गर्नुहोस्।
अब अडियो कल सुरु गर्न अडियो कलमा ट्याप गर्नुहोस्।
भिडियो कल सुरु गर्न भिडियो कल ट्याप गर्नुहोस्।
तपाईंले कल गर्ने एकाउण्टले सूचना प्राप्त गर्नेछ।
अडियो–भिडियो कल कसरी व्यवस्थापन गर्ने?
अडियो कलको क्रममा, तपाईंले स्पिकरमा कल राख्नको लागि अडियो आइकनमा ट्याप गर्नुपर्नेछ। तपाईं माइक्रोफोन आइकनमा ट्याप गरेर आफ्नो माइक्रोफोन म्यूट वा अनम्युट गर्न सक्नुहुन्छ।
भिडियो कलको समयमा, तपाईं फ्लिप क्यामेरा आइकन ट्याप गरेर अगाडि वा पछाडिको क्यामेरा बीच स्विच गर्न सक्नुहुन्छ। स्पिकर मोड बन्द गर्न, तपाईंले अडियो आइकनमा ट्याप गर्नुपर्छ। क्यामेरा आइकन ट्याप गर्दा क्यामेरा बन्द हुनेछ।
आईओएस, एन्ड्रोइड, म्याक र पीसीमा चल्ने
यस अघि, एलोन मस्कले अगस्टमा भनेका थिए कि ‘एक्स’ प्रयोगकर्ताहरूले आफ्नो फोन नम्बर साझा नगरी प्लेटफर्म मार्फत भिडियो र अडियो कलहरू गर्न सक्नेछन्। अब उनले यो सुविधा रोल आउट गरेका छन्। यसले आईओएस, एन्ड्रोइड, म्याक र पीसीमा काम गर्ने उनले बताएका छन्।
(अनुवादित)