‘काठमाडौं फेशन विक’ सम्पन्न भएको छ । फेसन डिजाइनरहरु मिसु श्रेष्ठ, राजेश धाख्वा, मुक्ता श्रेष्ठ, रमिला नेमकुल,सरिता तुलाधर,मनिष राई, सुषमा सिंह,अनु श्रेष्ठ बिन्नी बज्राचार्य सहभागी थिए । विन्टर कलेक्सन, ब्राइडल, ढाका लगायतका पहिरनमा २७ जना मोडेलले क्याटवाक गरेका थिए ।
फेशन डिजाइनर सेन्टरको आयोजनामा नेपालमै पहिलो पटक लाजिम्पाट स्थित होटल र्याडिसनमा गरिएको थियो ।
मिस नेपाल वर्ल्ड २०२४ आस्माकुमारी केसी,मिस नेपाल अर्थ सुमन केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत पनि शोको अन्तिम राउन्डको र्याम्पमा हिँडेका थिए । फेसन शोमा नेपालका प्राय सेलिब्रेटी तथा फेसन आइकनहरूको बाक्लो सहभागिता थियो ।