किराँती राजा यलम्बरको शिर हो इन्द्रचोकको आकाश भैरव 

१। इन्द्र जात्राको उत्पत्ति इन्द्रजात्राको सुरुवाती वंशावलीअनुसार गुणकामदेव द्वितीयको पालामा भएको मानिन्छ ।

२। द्वापर युगमा काठमाडौंमा महादेवका अंश प्राप्त गरेका यलम्बर नामक किराती राजाले राज्य चलाइरहेका थिए । त्यसकारण यो देशको नाम आफ्नै नामबाट यें नामकरण गरेका थिए । तिनै राजाले द्वापर युगको अन्त्यतिर कुरुक्षेत्रमा कौरव पाण्डवको युद्ध हेर्न चार अक्षौणी सेना लिएर गएका थिए ।
तर श्रीकृष्णले चाल पाएर उनीसँग भेटी कुरा गरे । यलम्बरले हार्नेसँग मिली युद्ध गर्ने इच्छा व्यक्त गरे । त्यतिबेला कौरवहरूले हार्ने लक्षण देखिएको थियो । कौरवहरूसँग मिलेर उनले लडाइँ  गरेमा युद्ध कहिले पनि नसकिने कुरा कृष्णले बुझे ।

महादेवको अंश प्राप्त गरेका यलम्बर राजालाई लडाइँमा हराउन असम्भव हुने भएकाले कृष्णले छल गरी यलम्बरको टाउको छिनाए ।  कृष्णले यलम्बरलाई आकाशमा बसी लडाइँ हुन्जेल हेरिरहने आज्ञा दिए ।
लडाइँ सकिनेबित्तिकै उनी आफ्नो राज्यमा फर्केर गए । तिनै यलम्बरको शिर आकाश भैरवको नामले आजसम्म पनि इन्द्रचोकमा छ । काठमाडौंका जनताले यलम्बरको वीरताको कदर गर्दै येँयाः अर्थात् यलम्बरको जात्रा भनी शिरको मात्रै मूर्ति स्थापना गरेका छन् । वर्षमा एकपल्ट भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म ९तर आजभोलि भाद्र शुक्ल चतुर्दशीमा मात्रै० प्रदर्शन गर्ने थिति बसालेका हुन् ।


‘येँ’ को अर्थ इन्द्र र ‘येँयाः’को अर्थ इन्द्रजात्रा हो । भविष्य पुराणमा ब्रम्हवचन भनी यसो भनिएको छ– ‘भाद्र शुक्ल द्वादशीका दिन यःसिं ९लिङ्गो० ठड्याई, इन्द्रजात्रा भनी उत्सव मनाई, त्यसको एक दिनअघि जाग्राम बसी चतुदर्शीका दिन इन्द्रलाई बत्ती दिएर श्री गणेश, श्री भैरव र श्री कुमारीको पूजा तथा जात्रा गरी समयबजी बाँड्ने, धारणी स्तोत्र पाठ गरी नगर परिक्रमा गर्ने, दागीसँगै नगर घुम्ने आदि कार्य गर्नाले राज्य स्थिर हुन्छ । साथै मृत व्यक्तिहरू पनि तरेर जान्छन् । त्यसैकारण इन्द्रजात्रा मनाउने थिति बसेको हो ।’ 

३। स्वर्गका राजा इन्द्रकी आमाले आश्विन चौथीका दिन श्री बसुन्धरादेवीको व्रत बस्न छोरा इन्द्रलाई पारिजातको फूल ल्याउन पृथ्वी लोक पठाउँछिन् । मनुष्य रूप धारण गरी ऐरावत हात्तीलाई मरुमा बाँधेर फुल टिप्न बारीमा पुग्छन् । चोर भनेर बारीका किसानले समातेर राख्छन् । चोरलाई सजाय दिनुपर्छ भनेर मरु टोलमा चारवटा खम्बा राखेर बाँधेर राखिन्छ उनलाई ।

अबेरसम्म छोरा नफर्किएपछि आफैं पृथ्वीलोक झर्नुपरेको भनाइ छ । जनताले समातेर राखेको व्यक्ति स्वर्गको राजा भएको बताउँछिन् र छोराले नसोधी फूल टिपेकोमा माफीसमेत माग्छिन् । छोराको गल्तीका कारण यहाँ जति मृत्यु हुन्छ, सबैलाई स्वर्ग लान्छु भनेर वाचा गर्छन् ।
दुवै हात दुईतिर बाँधी राजदरबारको मूल दोबाटोमा सबैले देख्ने गरी प्रदर्शन गरी जात्रा मनाएको भन्ने भनाइ छ, जसलाई इन्द्रजात्रा भनिन्छ । इन्द्रलाई बाँधेर स्वर्गका राजा मत्र्यलोकमा छ है भनी देखाउन लिंगो समेत ठड्याएको विश्वास गरिन्छ ।

४। एकचोटि इन्द्र र असुरबीच युद्ध भएछ । उक्त युद्धमा इन्द्रले विष्णुको सुझावअनुसार लिंगो ठड्याएर युद्ध लडी असुरलाई हराएको हुनाले इन्द्रजात्राको बेला लिंगो ठड्याउने चलन रहेको भनाइ पनि छ ।