गुगलको स्टोरेज खाली कसरी गर्ने ?

गुगलले प्रयोगकर्ताका लागि १५ जीबीसम्म निःशुल्क स्टोरेजको सुविधा दिदैं आएको छ । यस्तो स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका लागि प्रयोग गर्न सकिन्छ । तर नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टोरेज फुल हुने गर्दछ ।

फुल भएको गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्ने तरिका

– तपाइको जिमेलमा भएका धेरै पुराना इमेलहरूलाई डिलिट गर्ने ।

– गुगल स्टोरेज म्यानेजर प्रयोग गर्ने यसले प्रयोगकर्तालाई जिमेलको ईमेल, स्पाम ईमेल तथा ठूला फाइलहरू हटाउन ओभर भ्यु गर्ने सुविधा दिन्छ ।

– गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्ने ।

– आफ्नो जिमेल वा गुगल ड्राइभको वीन वा ट्र्यासमा गएर बसेका फाइल डिलिट गर्ने ।

– गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी गुगल ड्राइभमा फाइल ब्याकअप नगर्ने

– गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्ने ।