नरदेवीमा १२ वर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेत काली) देवी नाचसहित विभिन्न देवी देवताको नाच प्रस्तुत भइरहेको छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष । सो नाचअन्तर्गत विशेष देवी नाच पर्व मनाउने परम्परा छ।
यो जात्रा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ। १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ। तर, १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन रहेको छ। यहाँ हुनमानढोका क्षेत्रमा प्रस्तुत गरिएको नृत्यका तस्बिरहरू समावेश गरिएको छ ।
ङयतभुलु अजिमा १२ वर्षे जात्रा प्रत्येक वर्षको पाहाँचह्रेको बेलुकी द्य: छेँय्बाट नरदेवीको डबलीमा आगमन गराई भोलिपल्ट साँझसम्म ङयतभुलु अजिमाको नाच नचाउने परम्परा रही आएको छ । यो नियमित नाचका साथै १२ वर्षे नाच समेत हुने गर्दछ । यसरी १२ वर्षे नाच गर्ने क्रममा काठमाडौँको नरदेवी डबलीका साथै काठमाडौँ तलेजु चोक, गद्दी बैठक कुमारी घर अगाडिको डबली, इन्द्रचोकको डबली, पाटनको कार्तिक डबली , भक्तपुरको दरबार स्क्वायर, कीर्तिपुर लायकु डबली, बनेपाको दथु टोलको डबली र नासलचोकमा नचाउने परम्परा छ ।
श्वेत कालीको नाच प्रत्येक वर्षमा नचाउँदा अजिमा, कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रम्हायणी, सिहनी र ब्यांघिनी देवगणहरूको मात्रै नाच हुने गर्दछन् । १२ वर्षे जात्राको क्रममा भने करुणामय अर्थात् सुथ: माजु, महादेव, कुमार, चण्डेश्वरी, चण्डासुर दैत्य, ध्वँ र खिचा समेतका पात्रहरू हुने गर्दछ ।
तस्बिर : सुप्रिन्स शाक्य