स्नेहा श्रेष्ठ – संस्थापक, स्नेहाज केयर
कुकुरसगको तपाईंको अट्याचमेन्ट कसरी बढ्यो ?
पहिले म जनावरप्रेमी थिइन । मलाई विशुद्ध रूपमा आफ्नोे मात्र पर्वाह थियो । मेरा श्रीमान्ले घरमा कुकुर पाल्ने निर्णय गर्नुभयो । त्यसमा मेरो सहमति नहु“दा नहु“दै पनि उहा“को खुसीका लागि मैले त्यसमा सहमति जनाए“ । बिस्तारै त्यो कुकुरस“ग मेरो आत्मीयता गहिरि“दै गयो । संसारमा प्रेम र विश्वास भनेको के हो भन्ने कुरा मैले उसैबाट सिक्न पाए“ । उसको नाम जारा थियो । ऊ मेरो परिवारको सदस्य र मेरो जिन्दगीको एउटा हिस्सा थियो । म घरमा नभएको समयमा छिमेकीले मेरो कुकुरलाई विष ख्वाइदिएछन् । दुर्भाग्य भनू“ वा नियति मैले उसलाई बचाउन सकिन । मैले माया गरेको, आफ्नै सन्तान मानेर हुर्काएको मेरो कुकुरलाई मेरो छिमेकीले विष ख्वाइदिएपछि उसको अभावमा म मानसिक रूपमा विक्षिप्त भए“ । त्यसैको परिणामस्वरूप ‘स्नेहाज केयर’ खोलेर जनावरहरूलाई सहयोग गर्न थालें ।
कस्ता कुकुरलाई संरक्षण गर्नुहुन्छ ?
मेरो प्रेरणाको स्रोत कुकुर भएकाले सुरुमा स्नेहाज केयरमार्फत म बिरामी, घाइते, अशक्त तथा दुःख–पीडाबाट प्रताडित कुकुरहरूलाई सहयोग गर्थें । सबै जनावर बराबर हुन् र उनीहरू सबैलाई उपचार, स्याहार तथा मायाको खा“चो पर्छ भन्ने मान्यताका साथ मैले संस्थागत क्षमता वृद्धि गर्दै बेवारिसे अवस्थामा रहेका गाई, बाख्रा, सुंगुर आदि अन्य पशुपंक्ष्ीारूलाई पनि सहयोग एवं संरक्षण गर्ने प्रयत्न गरिरहेकी छु । अहिले हामी सरकारी निकायहरूस“गको सहकार्यमा वन्यजन्तु संरक्षणका क्षेत्रमा पनि काम गर्ने जमर्को गरिरहेका छौं । मानवीय दुव्र्यवहारबाट पीडित तथा बिरामी एवं घाइते जनावरहरू हाम्रो प्राथमिकतामा पर्छन् ।
बेसहारा, घाइते, अशक्त कुकुरहरू स्याहार्नुहुन्छ, खर्च कसरी जुट्छ ?
बेसहारा जनावरहरूका लागि खर्च जुटाएर उपचार, उद्धार एवं स्याहार गर्नु चुनौतिपूर्ण कुरा हो । यद्यपि उत्कट इच्छा र मनोबल उच्च भयो भने यो असम्भव छैन । हाम्रो काम देखेर जनावरहरूलाई माया गर्ने महानुभावहरूबाट केही आर्थिक सहयोग आउ“छ । नपुग खर्चको जोहो म आफैले गर्ने गरेकी छु । अहिले पनि संस्थाको कुल खर्चको आधा म आफैले व्यहोर्दै आएकी छु ।
कुकुर हिंस्रक पनि हुन्छ, कुकुरस“ग यति निकट भएपछि तिनीहरूको व्यवहार कस्तो पाउनुभयो ?
पहिलो कुरा त म जनावरहरू हिंस्रक हुन्छन् भन्ने कुरामा विश्वास गर्दिन । हुनसक्छ केही जंगली जनावर हिंस्रक हुन्छन् । यद्यपि उनीहरूलाई हिंस्रक बनाएको हामी मानिसहरूले नै हो । जब जनावरमाथि दुव्र्यवहार हुन्छ, उनीहरूको वासस्थान र खानेकुरा अनि सुरक्षामाथि मान्छेले धावा बोल्छ, तब उनीहरूले हिंस्रक व्यवहार देखाउ“छन् । कुकुरको कुरा गर्ने हो भने मानिसले सभ्यताको सुरुवातमा कुकुरलाई घरपालुवा जनावरका रूपमा भित्राएको हो । यस हिसाबले कुकुर मानिसको सबैभन्दा प्रिय जनावर हो । अहिले मेरो संस्थामा २ सयजति कुकुर छन् । मेरो घरमा १० वटा कुुकुर छन् । तिनीहरूले कसैलाई पनि टोक्दैनन् । जब हामीस“ग उनीहरूको विश्वास टुट्छ तब मात्र उनीहरू हिंस्रक हुन्छन् ।
सहरमा घरघरमा कुकुर पाल्नेहरू छन्, के उनीहरूले कुकुरको भावना बुझेका होलान् ?
अहिले कुकुर पाल्नु फेसनजस्तै भएको छ । कुनै प्राविधिक ज्ञानविना लहडका भरमा कुकुर पाल्ने गरिएको छ । हिजोआज त जन्मदिनमा पनि कुकुर उपहार दिने चलन रहेछ । घर मालिक कार्यालय जानुपर्ने भएकाले उनीहरूले दिनभर कुकुरलाई सिक्रीले बा“धेर राख्छन् । पर्याप्त एक्सरसाइज गराउ“दैनन् र कुटपिट तथा दुव्र्यवहार पनि गर्दै आएका छन् । पशुपंक्षीहरू भोक–प्यास, दुःख–पीडा तथा घाउ– चोटपटकबाट मुक्त हुनु जरुरी छ । उनीहरूले कुनै पनि किसिमको असहजता तथा डर–त्रासबाट मुक्त भै आफ्नो प्राकृतिक व्यवहार प्रस्तुत गर्न पाउनुपर्छ । यस अर्थमा सहरमा जुन तरिकाले कुकुर पालिएका छन् सबैले जनावरको भावना बुझेजस्तो लाग्दैन । तथापि जसले वास्तवमै जनावरलाई माया गर्नुहुन्छ, उहा“हरूले पक्कै उनीहरूको भावना बुझ्नुहुन्छ ।
कुकुरहरूमाथि के–कस्ता हिंसा भैरहेको पाउनुभएको छ ?
हामीकहा“ दैनिक रूपमा कुकुरमाथि भएका हिंसाका गुनासा आउने गरेका छन् । धेरैजसो गाडीले ठक्कर दिने, कुटपिट गर्ने, तातोपानी हाल्दिने, अलकत्र खन्याइदिने, चक्कु वा खुकुरीले काटेर दुःख दिने गुनासाहरू आउ“छन् । त्यसैगरी सधैभरि बा“धेर मात्र राख्ने, खानेकुरा नदिने, बिरामी भएपछि सडकमा छोडिदिने जस्ता थुप्रै कुरा छन् । कानुनी व्यवस्थाको अभावमा दोषीहरू उम्किने गरेका छन् । यद्यपि हामीले त्यस्ता घटनाका दोषीहरूमाथि कानुनी कारबाहीका लागि पहल गर्ने गरेका छौं भने बिरामी जनावरलाई आवश्यक उपचार एवं सुरक्षित घर खोज्न पहल गर्दै आएका छौं ।