भेनिसमा विश्व प्रिमियर भएको नेपाली फिल्म ‘द रेड सुटकेस’ले अष्ट्रेलियामा हुँदै आएको ‘ईण्डियन फिल्म फेस्टिभल अफ मेलबर्न’मा अवार्ड जितेको छ ।
‘लापत्ता लेडिज’देखि ‘रक्की और रानी’जस्ता बलिउड फिल्मले अवार्ड जितेको फेस्टिभलमा यो फिल्मले ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’ शीर्षकमा अवार्ड जितेको हो ।
यही फेस्टिभलमा ‘टूवेल्थ फेल’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’मा आप्रवासी नेपालीको कथा समावेश छ । नेपालमा प्रदर्शनमा आइसकेको यो फिल्ममा सौगात मल्ल, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ र विपीन कार्कीको अभिनय छ ।