मजिपाः लाखेको सप्तरङ्गी रुमालले के भन्छ ?

‘इन्द्रजात्रा विशेष’को पाँचो सामग्रीमा यस जात्राको मुख्य आकर्षण लाखे र पुलु किशी र झ्यालिञ्चा–

मजिपाः लाखेले प्रयोग गर्ने रुमालको अर्थ
काठमाडौंमा पानी नपरेर अनिकाल हुँदा तलेजु भवानीलाई काठमाडौंमा भित्र्याएर उहाँको आदेशअनुसार राँगा बलि दिएपछि पानी परेको कथन छ । तलेजुसँगै भित्रिएको आजुः लाखे अर्थात् मजिपाः लाखे भने यतै बसे । धेरै दिनसम्म आकाशमा सप्तरंगी इन्द्रेणी रहिरह्यो । पानी नपरेपछि हामी आएको भन्ने संकेतका रुपमा मजिपाः लाखेले प्रयोग गर्ने रुमाल पनि सप्तरंगी कपडा नै हुन्छ । जुन रञ्जिकार जातिले नै रंगाउने गर्छन् । रञ्जितकार समुदायको मुख्य काम नै कपडामा रंग लगाउनु हो ।

मजिपाः लाखेको कपालको विशेषता
राति सुत्ने बेलामा बच्चाहरु तर्सने गर्छन् । किंवदन्तीअनुसार लाखे आजुःको कपाललाई बुटीमा लगाई बच्चालाई बाँधिदियो भने तर्सने, बिरामी हुने ठीक हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसैले इन्द्रजात्राको समयमा मजिपाः लाखेलाई कपाल तानेको दृश्य कपाल झिक्न गरिने प्रयास हो ।

लाखेको अर्थ 
नेपाल भाषावाट ‘ला’ भनेको मासु र ‘खें’ भनेको अन्डा हुन्छ । भयंकर जिउ भएको, रातो ठूलो आँखा, रातो कपाल, कम्मरमा घघँरा बाँधेको राक्षससँग नडराउने को होला र रु सो राक्षसले मांस अर्थात् मासु र अन्डा मात्रै खाने गर्दथे । राक्षस भनेर सिधैं भन्न डराएर सांकेतिक भाषामा लाखें भन्न थालेको हो । पछि गएर अपभ्रंश हुँदै जनमानसको बोलीमा लाखे हुन गएको हो । 

पुलु किसी
पुलु किसी अर्थात् सेतो हात्तीको शरीरभित्र दुई जना मान्छे पस्न मिल्ने गरी बनाइएको हुन्छ । बाहिर एक जनाले हातमा चिलाखः ९मसाल० बोक्छन् । यसलाई स्वर्गलोकका राजा इन्द्रको वाहन अर्थात् ऐरावत हात्तीको प्रतिरूप मानिन्छ । येँया पुन्हीमा कुमारी रथयात्राका अतिरिक्त सबैले सम्झने दृश्य पुलु किसीको यात्रा हो ।

झ्यालिँचा
झ्यालिँचाले लाखेलाई विभिन्न हाउभाउले जिस्क्याउँछ । लाखेले झ्यालिँचा खेद्ने र झ्यालिँचाले लाखेलाई छलछाम गरी कायलै पार्छ । ‘लाखे–झ्यालिंचा’ को प्रस्तुतिले दर्शकलाई सांस्कृतिक मनोरञ्जन दिन्छ । लाखे र झ्यालिँचाको पनि एउटा किंवदन्ती छ । लाखेलाई तलेजु भवानीको संरक्षकका रूपमा लिइन्छ ।

तत्कालीन समयमा मान्छे खाने र हेर्दैमा डरलाग्दो भएकाले लाखेलाई सहरमा राख्न कसैले स्विकारेनन् । त्यसैले शोभा भगवतीपारिको खुल्ला फाँटमा लाखेलाई बस्न लगाइयो । मान्छे खाँदिन र बच्चाहरुको रक्षा गर्छु भन्ने वाचामा राखेको कथन छ । लाखेले ‘मान्छे खान्छ कि खाँदैन’ भनेर हेर्न ‘झ्यालिँचा’ का रूपमा सानो चकचके बालकलाई लाखे सुतेको ठाउँमा कपाल जान्न, जिस्काउन पठाउँछ । रिसले चुर भए पनि आफ्नो वाचालाई पूरा गर्ने ती बालकलाई लखेट्छ मात्र केही हानि गर्दैन ।

त्यही कारण इन्द्रजात्राको समयमा लाखेसँगै झ्यालिँचा पनि नाचमा उपस्थित गराइन्छ । लाखे जताजता पुग्छ, ती ठाउँमा गएर झ्यालिँचाले जिस्काउँछ । झ्यालिँचा व्रतबन्ध नगरेको बालक हुनुपर्ने मान्यता छ ।