मिस नेपालका २६ फाइनलिस्टको ट्यालेन्ट प्रस्तुति

मिस नेपाल २०२४ को सहविधाको प्रतिस्पर्धा भैरहेको छ । विहिबार २६ जना फाइनलिस्टले ट्यालेन्ट राउण्डको विधाका लागि आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरे ।

‘ट्यालेन्ट’ राउण्डअन्तर्गत उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, प्रहसन लगायतका कला प्रस्तुत गरे । दि हिडन ट्रेजरले वर्षेनी आयोजना गर्ने यो सौन्दर्य प्रतियोगिताको यसवर्षको संस्करणको फिनाले साउन १९ गते ललितपुरमा आयोजना हुँदैछ ।

शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाइँ, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइरालाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।