मिस नेपाल सृच्चा अर्थात् सृष्टिको इच्छा 

मिस नेपाल सृच्चा जो भेटे पनि भनिरहेकी हुन्छिन्, बाहिर जानुस् र लामो सास फेर्नुस् । चराचुरुङ्गी , जनावर र नदी नालालाई सुनिदिनुस् । हामी जे गरी रहेका उङ्छौँ, त्यो हामीले होइन, हामी त मात्रै माध्यम हो , सृष्टिको इच्छा विना केही कुरा पनि सम्भव नहुने उनी बताउँछिन् । त्यही कारण उनलाई उनको नाम उतिकै मन पर्छ । २३ वर्षीय सृच्चा जलवायु अभियन्ता र विद्यार्थी हुन् । मिस नेपाल हुनु केही महिना अघि अमेरिकाबाट पढाई सकेर नेपाल आएकी हुन् । बुद्विजमकै बुझाई कै कारण हो, ग्राण्ड फिनालेको स्टेजमै भनेकी थिइन्, ‘बाहिर जानुस् र लामो श्वास फेर्नुस्, अनि करुणा फैलाउनुस् । यही कारण आफूलाई  हँसाउने, जीवजन्तुलाई बुझ्ने र समर्पित तीन शब्दले परिभाषित गर्ने रुचाउँछिन् ।  

कालीमाटीमा जन्मेकी सच्चाको बाल्यकाल घरपालुवा कुकुर, खरायो,गाई, चराचुरुङीहरुको सामीप्यमा बित्यो । उनका घरमा यी सबैका साथमा रुख बिरुवाहरू पनि तन्नै थियो । घरमा एक्लो सन्तान भए पनि उनलाई प्रकृति र जीवजन्तुहरू सँगै हुँदा कहिले एक्लो महसुस भएन । कुकुरहरूसँग यति धेरै लगाव थियो कि सडकमा कुकुरहरू देख्दा पनि माया लाग्ने । रुखहरू कम हुदैं गएको मा रुन मन लाग्ने । 

उनको घर सानो जङ्गल जस्तै थियो, तर सङैको खोला फोहोर देख्दा सारै दिक्क मान्थिन् ।  उनको बाल मानसपटलमा खोलालाई कसरी सफा पार्ने होला ? कौतुहलता सधैँ हुन्थ्यो । हजुरबुबा बुबा सानोमा यही खोलामा पौडी खेल्ने बताइ रहँदा सृच्चालाई अचम्म लाग्थ्यो । सानै देखि उनी आमा, बुबासँग हाइकिङ गई रहने । हाइकिङकै क्रममा विष्णुमतीको विष्णु द्वारमा खोला सफा देख्दा अचम्म भएको सुनाइन् । ओहो नदीको पानी पनि सफा हुने रहेछ, पौडी खेल्न मिल्ने हुने पहिलो पटक त्यहीँ देखेँ, उनले भनिन् । जुन उनलाई अमेरिकामा खोला, नदीहरू सफा हुँदा त्यही पौडी खेली रहँदा नेपाली खोला, नालामा भएको फोहोरले उनलाई सताउँथ्यो । त्यहाँ ४ वर्ष अध्ययन क्रममा हरेक दिन नेपालको नदी , नालामा सफा पानी कसरी बनाउने , त्यसमै सोचिरहने । त्यही उनको कौतुहलताले नै थेसिसको विषय नदीनालाको अधिकार विषयलाई छानेकी हुन् ।

उनको हजुरबुबा बन विभागमा कार्यरत हुनुहुन्थ्यो, जसका कारण घरको वातावरणलाई पनि उस्तै थियो । स्वयम्भुका धेरै रुखहरू उनकै बाजेकै पालामा रोपिएका हुन् । बाजेसँगको बढी सामीप्यले नै उनमा वातावरण प्रति बढी संवेदनशील भइन् । सृच्चा भन्छिन्, म बाजे, बज्यैसँग बढी नै क्लोज थिएँ । रुख, बिरुवा, खोला नाला, पशु पंक्षीका कथाहरू, अवस्थाहरू र प्रकारहरू सुन्दै हुर्केँ । मेरो सबैभन्दा नजिकको व्यक्ति पनि बाजे र बज्यै नै हो । 

उनी सानोमा आफ्नो भविष्यको लक्ष्य बज्यै भएर नाति नातिनीलाई हेर्ने भन्थी । बज्यै नपरेरै होला उनलाई बज्यैको जस्तै देखिने पुक्क परेको ठुलो गाला र गालाले भित्री गाडिएको देखिने साना आँखा वि छिट्टै मन पर्छ । 

नाच्न , गाउन नपराउने सृच्छा ८ वर्ष हुँदा नेपाल टेलिभिजनमा २ वर्ष चाइल्ड एंकरका रूपमा काम गरिन् । पढ्नमा अब्बल सृच्छालाई जे काममा हात हाले पनि सत् प्रतिशत गर्ने बानी छ । 

प्लस टु बुढानीलकण्ठ होस्टेलमा बसेर पढेकी उनले प्लस टु सक्नासाथ ट्राभल राइडरको रूपमा अमेरिका जानु अघिसम्म काम गरिन् । त्यति बेलासम्म पनि सृच्छालाई मेकअप गर्ने, हिल्ल लगाउन आउँदैन थियो ।

स्नातकको लागि अमेरिकामा उनले इन्भारमेन्ट स्टडी एण्ड कम्युनिटी एक्सन विषय लिएर पढिन् । सन् २०१८ देखि २०२२ सम्ममा ब्याचलर सकेर नेपाल फर्केकी हुन् । अमेरिकाको ४ वषृको अनुभव कस्तो रह्यो त ? उनी भन्छिन्, पहिलो पटक खोलामा पौडी खेल्न पाएँ । अमेरिका बसे पनि मैले सधैँ नेपालकै बारे सोचिरहन्थे । नेपालको संस्कृति र वातावरणका पक्ष समेटेर काठमाडौँ पोस्टमा पनि लेखहरू लेख्थेँ । सानै देखि सफा खोलाको कल्पनालाई नै मैले थेसिसको विषय बनाएँ । पशुपंक्षिको हक अधिकारमा धेरैले बोलेका छन्, तर खोलानालाको अधिकार पनि छ, त्यसको बारेमा जनचेतनाकै लागि थेसिस लेखें । 

खोला नालाको अधिकारको थेसिसकै क्रममा न्याय के हो ? बुझ्नको लागि बुद्विजमको अध्ययन गर्ने थालिन् । बुद्विजममा हरिताराको कथा सुनेर उनी धैर्य भएर अहिलेको समयमा रमाउँदै बाच्ने तरिका सिकिन् । सबै समान हुने र प्रकृति, करुणा र स्नेहका भावहरू बुझिन् ।

सृच्छालाई लाग्छ, सौन्दर्य प्रतियोगिता भनेको शरीरको आकार र तौलको मापन मात्रै होइन । ज्ञान, अध्यात्म र करुणाको सङ्गम पनि हो । ८७ वर्षका हजुरबुवाको आग्रहमा उनी मिस नेपालसँग जोडिइन् । उनी भन्छिन्,  मेरो हजुरबुवाले पत्रिकाको विज्ञापन देखाउनुभयो । मैले पनि काम गरेर देखाउनुपर्ने धेरै थियो । तर मैले तुरुन्तै भाग लिन्छु भन्न सकिन । मैले अन्तिम दिन मात्रै निवेदन दिएको थिएँ । हजुरबुवाको सल्लाहमा अप्लाइ गरेँ । मिस नेपालको प्लेटफर्ममार्फत अहिलेको पुस्तामाझ जलवायुबारेको सचेतना जगाउने उनको उद्देश्य हो । मिस नेपाल भए पछि रातारात सबैले चिन्ने र आफ्नो आवाजलाइृ धेरैले सुन्ने हुँदा यो अवसरलाई छोड्न चाहिनन् । 

उनले जीवनशैलीमा पनि वातावरणमैत्री भावलाई अँगालेको देखिन्छ । प्लास्टिकको प्रयोग कसरी कम गर्नेदेखि लिएर लुगाहरूको पुनः प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे उनी सचेत छिन् । उनी पूर्व मिस नेपाल शृङ्खला खतिवडालाई आफ्नो आइडल मान्छिन् । शृङ्खलाको अघिल्ला सामाजिक प्रोजेक्टबाट आफू प्रभावित भएको उनको भनाइ छ । उनले सन् २०१९ देखि दिगो प्रणाली नामक परियोजना चलाइरहेकी छिन् । वातावरण संरक्षण, बाल शिक्षा, उद्यमशीलताजस्ता पक्षलाई जोडेर उनले यो अभियान चलाएकी छन् । उनको यो प्रोजेक्ट आर्थिक पुनर्संरचनासँगै वातावरणीय संरक्षण गर्ने भनेर योजना बनाइएको प्रोजेक्ट हो । उनी दिगो प्रणालीलाई आफ्नो मिस वर्ल्ड प्रतियोगिताको ब्युटी विथ पर्पसको प्रोजेक्ट बनाउन चाहिन्छन् । ‘यसमार्फत महिला उद्यमशीलताको विकास, वातावरणीय शिक्षा, अल्पसङ्ख्यक, बालबालिका शिक्षा, सबैको सामूहिक प्रभावबारे काम गर्न खोजेको छु । 

उनको जीवनको लक्ष्य नै वातावरण सम्बन्धी जन स्तरीय रूपमा काम गर्ने हो । जसले बालबालिका र महिलालाई उद्यमशील बन्ने प्रेरणा देओस् । यसबाहेक उनको रुचि गीत लेख्नु र गाउनु पनि हो । मिस नेपालको ट्यालेन्ट राउन्डमा पनि गीत गाएर उनले सबैको मन जितेकी थिइन् । 

मिस नेपालमा भाग लिए पछि आफूमा धेरै नै परिवर्तन आएको उनीसँग अनुभवहरू छन् । सृच्चा भन्छिन्, पहिला धेरै माझ बोल्न डराउने, आफ्नो कुरा पनि राख्न असहज हुन्थ्यो, सृच्चालाई । प्रशिक्षणको पहिलो दिन आ आफ्नो कथाहरू सुनाउने थियो, मलाई डर लागेर पछाडि बस्न गएँ । मिस नेपालले ममा आत्मविश्वास, निडर बनायो । साथै टाइम म्यानेजमेन्ट पनि सिकेँ । मेकअप, हिल्ल र एलिगेन्ट देखिने आइडिया भयो । मेरो जीवनमा मिस नेपालले धेरै कुरा सिकायो ।

मिस नेपाल भए पछि सर्वप्रथम उनी अर्को वर्षको मिस नेपालकै तयारीमा जुट्दै, कसैको फोहोर, कसैको मोहोर हुन सक्छ भन्ने आफ्नो दिगो प्रोजेक्टलाई पनि अगाडी बढाउने उनको सोच छ। नेपाल खासमा धेरै महत्त्वपूर्ण देश हो, यहाँ हिमाल, पहाड र धेरै पानीको मुहान छ । त्यैले धेरै देशको आँखा नेपालमा भएको उनले सुनाइन् । जुन कुरा उनी अमेरिकामा पढ्दा उनका शिक्षक साल्सगोरवतीले जलवायु परिवर्तनमा काम गर्नेको लागि नेपाल सबैभन्दा उपयुक्त देश हो भने । यसलाई पहिचान गरेर युवापुस्ताले काम गर्नुपर्छ भन्दै भन्छिन्, म त जलवायुबारेको सचेतना धेरै माझ पु¥याउने सपनाले नै मिस नेपालमा भाग लिएको हुँ  ।