संघर्ष गर्दे पाइलट हुदैं मिस अर्थ नेपाल रेना मजगैयाँ

भनिन्छ, इख लिए पछि काममा सफल अवश्य हुन्छ । तन मनले स्विकारेको रहरलाई पुरा गर्ने दृढ संकल्प र जसरी भए पनि गर्छु भन्ने इख चाहिँ पाल्नै पर्छ । यस्तै बाल्यकाल देखिको सपनालाई पुरा गर्ने सफल पात्र हुन्, रेना मजगैंयाँ । सपनाहरू त सबैका हुन्छन्, तर सबैको सपना पुरा हुन्छ भन्ने हुँदैन । सपना पुरा गर्ने रहर मात्रै भएर पुग्दैन, त्यस प्रतिको समर्पण, लगन , आत्मविश्वास पनि उत्तिकै जरुरी छ । 

पेसाले विमान चालक हुन्, रेना मजगैयाँ । आठ वर्षदेखि जहाज उडाउँदै आएकी रेना अहिले  मिस नेपाल अर्थ–२०२३ को रूपमा नयाँ परिचयका साथ छिन् । तीव्र इच्छाशक्ति, दृढता र धैर्यको कारण आफू मिस नेपालमा सफल भएको उनको बुझाइ छ । किनकि उनी जीवनको हरेक कामहरू धैर्य र दृढताका साथ मनै देखि गर्छिन् । 

जीवनमा फरक फरक अनुभव बटुल्ने उनको सानै देखिको रहर । सिक्ने र बुझ्ने उनको चाहनाले नै उनलाई पाइलट बनाउन हौसला दियो । रेना भन्छिन्, म फरक काम त्यसमा पनि कुनै सीमाभित्र बाँधिएर बस्न नसक्ने । छोरीले पनि हरेक काम गर्ने सक्छ भन्ने हिम्मत गर्ने चाहन्छु । साथै बहु आयामिक क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने सन्देश दिन पनि मिस नेपालमा सहभागिता जनाएकी हुँ ।

दाङकी रेनालाई आकाशमा उडिरहेको हवाई जहाज देख्दा सारै अचम्म लाग्थ्यो । कसरी उड्यो, कसले उडायो, कसरी झार्छ आदि कुराले सारै सताउँथ्यो । घरमा हुँदा उनको प्राय समय कौसीमै बित्थ्यो । जब आकाशमा प्लेन उड्थ्यो, प्लेनका आवाजले उनलाई उत्सुकता जगाउँथ्यो । अकासमा उडेका सबै एरयक्राफ्तको नाम उनलाई कण्ठै हुन्थ्यो । उनको जीवनको एउटै लक्ष्य थियो, पाइलट हुने । उनले जीवनको लक्ष्यमा अर्को अप्सनै थिएन ।

परिवारबाट अस्ट्रेलिया पठाउन खोज्दै थिए, समाज, परिवार र आफन्तहरूले यतिका पैसा खर्च गरेर छोरीलाई किन पढाउनु प¥यो भन्ने । रैना फ्ल्यास ब्याक हुदैं भन्दै थिई, छोरीको लागि पनि किन करौंडो खर्च गरेर पढाउने भनेर मेरो खुटा तान्नेहरू पनि मेरै आफ्नाहरू थिए । परिवारमा मनाउनको लागि ठ्याक्कै एक वर्ष समय लाग्यो । तर रैनालाई जसरी भए पनि आफ्नो सपना पुरा गर्ने चाह थियो । पाइलट बन्न रैनाले परिवार भित्र संघर्ष नै गर्नुप¥यो । उनी बार्खरीसंग कुरा गर्दे भन्दै थिई, यदि म पाइलट नबनेको भए जीवन भरि रिग्रेड हुन्थेँ होला । उनले अफ्रिकाको जोहनसवर्ग स्थित फ्लाइ ट्रेनिङ एन्ड सर्भिसेज तथा अफ्रिकाकै ब्लुम फन्टेजमा रहेका वेस्ट लाइन एभियसनमरा गरे पछि फ्रान्सको सीम एरोवाट थप विशेषज्ञता हासिल गरिन् । 

लामो समयको पाइलटको अनुभव पछि उनलाई मिस नेपाल प्रति रुची जाग्यो । मिस नेपालमा भाग लिन्छु भन्दा फेरि त्यस्तै खुटा तान्नेहरू आए । पाइलट भइ सकेको मान्छे फेरि किन जानु प¥यो मिस नेपाल । रैनालाई नेपाली समाजमा अहिले पनि छोरीहरूको लागि बढी छेक भार हुने उनको अनुभव छ । त्यसैले पनि रेना धेरै महिलाहरूको लागि रोल मोडल बन्न चाहन्छिन् । 

मिस अर्थ भन्ने बित्तिकै जलवायु र वातावरणीय संरक्षणका लागि आवाज उठाउने सुन्दरी प्रतियोगिताको प्लेटफर्म भन्ने बुझिन्छ । यसलाई संसारकै प्रतिष्ठित ब्युटी पेजेन्ट मध्ये मानिन्छ । यसै वर्ष रेनाले यो अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्दै छिन् ।

मिस नेपाल अर्थ रैनाको अव प्राकृतिक स्रोत र सम्पदाले भरिएको नेपाललाई मिस अर्थको प्लेट फर्ममा प्रस्तुत गर्ने योजना छ । रेना संग अहिले नेपालको जैविक र सांस्कृतिक विविधता संरक्षणका लागि विश्व समुदायसामु सन्देश प्रवाह गर्नुपर्ने दायित्व छ । मेरो लागि यो ताज ठुलो जिम्मेवारी हो । मिस अर्थ बनेर सांस्कृतिक र जैविक विविधतालाई प्रतिनिधित्व गर्ने सोच छ । त्यही भएर यो क्राउनसँग एकदमै ठुलो जिम्मेवारी जोडिएको छ,’ रेना भन्छिन्, ‘म कुनै पनि कुरालाई ग्रान्टेड लिन्नँ ।’ ‘सगरमाथाबारेको यो तथ्य र सङ्कट अन्तर्राष्ट्रिय अधिकारीलाई प्रस्तुत गर्ने मेरो सोच छ,’ उनी भन्छिन्, ‘किनभने उडान क्षेत्र पनि पर्यटनसँग जोडिएको छ । यस कारण सगरमाथाको फोहोर सङ्कलन गर्ने कार्यलाई मद्दत गर्छु ।’ मिस नेपालको कार्यकाल सकिए पनि सद्भावना दूतको रूपमा उक्त प्रोजेक्टलाई अघि बढाउने सोच उनको छ ।

एरोब्याक्टिस उनको रुचि हो । समय मिलेमा विदेश गएर उडान कौशल सिक्ने उनको रुचि छ । ‘भविष्यमा यो पक्कै गर्न चाहन्छु । रेना पूर्व मिस नेपाल शृङ्खला खतिवडा र अनुष्का श्रेष्ठबाट प्रभावित छिन् । यी दुई मिस नेपालको मिस वर्ल्डको प्रस्तुति, आत्मविश्वासले नै उनलाई पनि मिस नेपालको दौडमा उभ्यायो । 
भविष्यमा उडान र पेजेन्ट करिअर दुवैलाई अघि बढाउने उनको सोच छ । ‘भविष्यमा पहिलेकोजस्तो फ्लाइट गर्न नपाउँला । तालिका मिलाएर उडानमा पनि जान्छु । साथै मिस नेपाल अर्थको दायित्वलाई पनि सँगै अघि बढाउँछु,’ रेना भन्छिन्, ‘किनभने एभिएसनले मलाई चिनाएको हो ।’