सामाजिक सञ्जाल : को कति शक्तिशाली ?

अहिलेको समयको शक्तिशाली अनलाइन माध्यम हो- सामाजिक सञ्जाल । विविध विषयमा आफ्ना विचार साझा गर्ने, जानकारी दिने, सम्पर्कमा रहिरहन सहयोगी बनेको प्लेटफर्म हो, सामाजिक सञ्जाल ।

संसारलाई साँघुरो बनाउन उपलब्ध यी सञ्जालले मनोरञ्जन, राजनीति, शिक्षण सिकाइ, व्यापार आदिमा व्यक्तिको रुचिअनुसार सन्देश पठाउन, फोटो तथा भिडियोहरू साझेदारी गर्न, समूहहरूमा सहभागिता जनाउन र आफ्ना रुचिहरूमा आधारित सामुदायिक कुराकानी गर्न मद्दत गर्छन् । मानिसलाई व्यक्तिगत र व्यावसायिक रूपमा नेटवर्किङ गर्न सहयोग गर्छन् । मानव समाजको महत्वपूणर् हिस्सा बनेका यी केही सामाजिक सञ्जालका आधारभूत कुरा यहाँ चर्चा गरिएको छ ।

एक्स (X)
अचेल एक्स भनिए पनि यो सञ्जाललाई ‘ट्विटर’ भनेर बढी चिनिन्छ । ‘ट्विटर’का नयाँ मालिक इलन मस्कले नाम परिवर्तन गरेर एक्स राखेका छन् । यो सार्वजनिक बहसको एउटा महत्वपूणर् माध्यम बनेको छ । जहाँ कम्तीमा मासिक ३६८ मिलियन सक्रिय प्रयोगकर्ता छन् । सन् २००६ मा यसको स्थापना जैक डोर्सी, नोह ग्लास, विज स्टोन र इभान विलियम्सले गरेका थिए ।

फेसबुक (Facebook)
फेसबुकचाहिँ ट्विटर आउनु दुई वर्षअघि स्थापना भएको हो, सन् २००४ मा । हार्वड विश्वविद्यालयमा मार्क जुकुरवर्ग र उनका साथीहरूले यसको सुरुवात गरेका थिए । विश्वमै यो सञ्जाल यति धेरै लोकप्रिय छ कि एक महिनामै यसका ३ बिलियनभन्दा बढी प्रयोगकर्ताहरू छन् । फेसबुकमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत प्रोफाइल बनाउँछन्, साथीहरूसँग जोडिन्छन्, फोटो र भिडियोहरू साझेदारी गर्छन्, समूहहरूमा सामेल हुन्छन् । व्यवसाय र व्यक्तिगत नेटवर्किङका लागि पनि यो उपयोगी छ ।

टिकटक (Tiktok)
टिकटक छोटो भिडियो साझेदारी गर्ने एप हो, जहाँ प्रयोगकर्ताहरूले मनोरञ्जन, नृत्य, हास्य र अन्य रचनात्मक भिडियोहरू बनाउँछन् र साझेदारी गर्छन् । यसमा १५ सेकेन्डदेखि एक मिनेटसम्मका भिडियोहरू बनाउन सकिन्छ, जसले युवा पुस्तामाझ लोकप्रियता पाएको छ । सन् २०१६ सेप्टेम्बरमा चीनमा ‘म्यगथष्ल’ नामले सुरु भएको टिकटक सन् २०१८ मा अन्तराष्ट्रिय विस्तारसँगै टिकटक भनेर चिनिन थालेको हो । बाइटडान्स कम्पनीका संस्थापक झाङ यिमिङले स्थापना गरेको यो सञ्जालका मासिक करिब १.१ बिलियन सक्रिय प्रयोगकर्ताहरू छन् ।

युट्युब (YouTube)
युट्युब एक भिडियो साझेदारी प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताहरूले भिडियो अपलोड, हेर्न र टिप्पणी गर्न सक्छन् । यो सूचना, मनोरञ्जन, शिक्षण र लाइभ स्ट्रिमिङका लागि विश्वकै सबैभन्दा ठूलो प्लेटफर्म हो । चाड हर्ली, स्टिभ चेन र जावेद करिमले फेब्रुअरी २००५ मा सुरु गरेको यो सञ्जालमा अहिले करिब २.७ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन् ।

लिङ्कडइन (Linkedin)
लिङ्कडइन व्यावसायिक नेटवर्किङका लागि प्रयोग गरिने सामाजिक सञ्जाल हो, जहाँ प्रयोगकर्ताहरूले आफ्नो पेसागत प्रोफाइल बनाउँछन्, अन्य पेसेवरहरूसँग जोडिन्छन् र रोजगारीका अवसरहरूको खोजी गर्छन् । रिड हफम्यानले स्थापना गरेको यो सञ्जाल सन् २००२ मा सुरु र २००३ मा सार्वजनिक भएको हो । सन् २०२३ को तथ्याङ्कअनुसार यसका करिब ९ सय ५० मिलियन दर्ता भएका प्रयोगकर्ताहरू छन् ।

ह्वाट्सएप (WhatsApp)
ह्वाट्सएप एक मेसेजिङ एप हो, जसले प्रयोगकर्ताहरूलाई इन्टरनेटको माध्यमबाट सन्देश, फोटो, भिडियो, अडियो फाइल र कागजातहरू पठाउन सक्षम बनाउँछ । यसमा निःशुल्क भ्वाइस र भिडियो कलको सुविधा पनि छ । ब्रायन एक्टन र जान कौमले सन् २००९ मा सुरु गरेको यो एपका सन् २०२३ सम्ममा २.७८ बिलियन मासिक प्रयोगकर्ताहरू छन् ।

स्न्यापच्याट (Snapchat)
स्न्यापच्याट एक फोटो र भिडियो साझेदारी एप हो, जसमा पठाइएका सामग्रीहरू केही समयपछि आफैँ हट्ने हुन्छन् । यसमा प्रयोगकर्ताहरूलाई ‘स्न्याप’ गरेर आफ्ना साथीहरूसँग क्षणिक दृश्यहरू साझेदारी गर्न मिल्छ । इभान स्पिगल, बाबी मर्फी र रेगी ब्राउनले सन् २०११ म सुरु गरेको यो सञ्जालको करिब ७ सय ५० मिलियन मासिक प्रयोगकर्ताहरू छन् ।

भाइबर (Viber)
भाइबर एक इन्स्टन्ट मेसेजिङ र भ्वाइस कल एप हो, जसले सन्देश, फोटो, भिडियो र अडियो फाइलहरू आदानप्रदान गर्न सक्षम बनाउँछ । इभान स्पिगल, बाबी मर्फी र रेगी ब्राउनले सन् २०११ मा सुरु गरेको यो सञ्जालको करिब ७ सय ५० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन् ।

टेलिग्राम (Telegram)
टेलिग्राम एक सुरक्षित इन्स्टन्ट मेसेजिङ एप हो, जसले एन्क्रिप्टेड सन्देशहरू पठाउन र प्राप्त गर्न सहयोग गर्छ । यसमा गु्रप च्याट, च्यानल र बोटहरूजस्ता विशेषताहरू छन्, जसले यसलाई बहुउपयोगी बनाउँछ । पाभेल दुरोभ र निकोलाई दुरोभले सन् २०१३ अगस्टमा सुरु गरेको यो एप सन् २०२३ मा पुग्दा करिब ७ सय मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू बनाउन सफल भएको छ ।

लाइन (Line)
लाइन एक मेसेजिङ एप हो, जसले प्रयोगकर्ताहरूलाई सन्देश, फोटो, भिडियो र अडियो पठाउन र निःशुल्क भ्वाइस तथा भिडियो कल गर्न सक्षम बनाउँछ । यो एप पूर्वी एसियामा विशेष रूपमा लोकप्रिय छ । सन् २०११ म जापानमा स्थापना भएको यो एप एनएचएन जापानद्वारा विकसित र यसको सहायक कम्पनी दक्षिण कोरियाली नेभर कर्पोरेसनको सहायक कम्पनी हो । सन् २०२३ मा यसका 
करिब १ सय ८० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू छन् ।

एआई (AI – Artificial Intelligence)
एआई भनेको कृत्रिम बुद्धिमत्ता हो, जसले मेसिनहरूलाई मानिसको जस्तै सोच्न र काम गर्न सक्षम बनाउँछ । यो टेक्नोलोजी विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ, जस्तै स्वचालित प्रणालीहरू, च्याटबटहरू, अनलाइन सिफारिसहरू र अनुकूलित अनुभवहरू बनाउन । एआईलाई विभिन्न सामाजिक सञ्जाल र एपहरूमा प्रयोग गरिन्छ ताकि प्रयोगकर्ताको अनुभवलाई अझ सशक्त बनाउन सकियोस् । एआईका अनुप्रयोगहरू जस्तै ChatGPT, Google Assistant, Siri, Alexa आदिको प्रयोगकर्ता संख्या करोडौँमा रहेको अनुमान छ । यी सबै प्लेटफर्म र प्रविधिहरूले अहिलेको डिजिटल युगमा मानिसहरूलाई एक-अर्कासँग जोड्ने, जानकारी साझा गर्ने र व्यावसायिक तथा व्यक्तिगत जीवनमा नयाँ सम्भावनाहरू खोल्न महत्वपूणर् भूमिका खेलेका छन् । यी सबै प्लेटफर्म, प्रविधि र एआई प्रणालीहरूले संसारभरका मानिसहरूलाई जोड्ने र उनीहरूको दैनिक जीवनमा सुधार ल्याउन महत्वपूणर् भूमिका खेलिरहेका छन् ।