घुमघाम अनि क्लिक π क्लिक π

कतै घुम्न जा“दा फोटो नखिच्ने को होला र ? मोबाइल नहुने जमानामा पनि घुम्ने योजना बन्दा क्यामरा छुटाउनै नमिल्ने सूचिमा पथ्र्यो ।

कतै घुम्न जा“दा फोटो नखिच्ने को होला र ? मोबाइल नहुने जमानामा पनि घुम्ने योजना बन्दा क्यामरा छुटाउनै नमिल्ने सूचिमा पथ्र्यो । अहिले त हात हातमा भएका स्मार्ट फोनले घुमाइका स्मृतिलाई फोटोमा कैद गरिहाल्छ । घुम्न जादा फोटो खिच्ने आम कुरा हो तर फोटो खिच्नकै लागि घुम्ने आम कुरा होइन । यो फोटोग्राफीप्रति लगाव र झुकाव राख्ने जमातले गर्ने कर्म हो । फोटो खिच्नकै लागि घुम्ने कुरा एउटा बेग्लै विधा हो, जसलाई फोटोग्राफी पर्यटन भन्ने गरिन्छ । 

नेपाली पर्यटन उद्योगको दायरा फराकिलो हुदै जा“दा यो विधातिर पनि पर्यटकहरुको आकर्षण थपिदो छ । फोटोग्राफी पर्यटनका लागि हालै नेपाल आएका इन्डोनेसियाली फोटोपत्रकार माइकल लिम भन्दै थिए, ‘नेपाल फोटोग्राफीका लागि स्वर्ग हो । त्यसैले म तेस्रो पटक फोटोग्राफी पर्यटनका लागि नेपाल आएको छु ।’ 

पहिलो पटक आउदा उनले पशुपतिनाथ लगायत काठमाण्डौं उपत्यका र पोखरामा फोटोग्राफी अभ्यास गरेका थिए । दोस्रो पटक उनले फोटोग्राफीमा रुचि राख्ने साथीहरु पनि जोडे र सगरमाथा आधारशिविरसम्म पदयात्रा गरे र फोटो खिचे । 


यसपटक चाहि उनको समूहमा फोटोग्राफीमा सौखिन गैरव्यावसायिक फोटोग्राफरहरु छन् । र, थिम छ, ‘स्ट्रिट फोटोग्राफी’ । फोटोग्राफी अभ्यास सकेर फर्कदै गर्दा उनले सुनाए, ‘यसपटक काठमाडौंका गल्ली, चोक, जात्रा र पर्वहरुमा केन्द्रित रहेर फोटोग्राफी गरियो । विश्व सम्पदा सूचिमा परेका बौद्धनाथ, पाटन दरबार स्क्वायर, नेपाली मौलिक भेषभुषामा पनि फोटोग्राफी गरियो ।’ उनले अगाडि थपे, ‘उपत्यका बाहिर चितवन राष्ट्रीय निकुंज वरिपरी प्राकृतिक दृश्यहरू, वन्यजन्तु, तथा थारु गाऊँको भ्रमण गरेर पनि फोटो खिचियो । तेस्रो पटकको नेपाल यात्रा अझ उत्कृष्ट रह्यो ।’

५० को उमेर पार गरेपछि फोटोग्राफी स्कूलमा फोटोग्राफी तालीम लिएका लीम इंडोनेसियामा २००७ देखि ग्लोबल फोटोग्राफिक आर्टिस्ट फोटो क्लब स्थापना गरी आफ्नो सोख पुरा गरिरहेछन । क्लबका अध्यक्ष एवं संस्थापक लीम फोटोग्राफी प्रतिस्पर्धामा भाग लिन पनि बिभिन्न देशमा गएर फोटोग्राफी अभ्यास गर्छन।  उनका क्लबले आफ्ना सदस्यहरुका लागि फोटोग्राफी टुर आयोथना गर्ने गर्छ । यसपटक नेपाल आएका उनीहरु अर्को पटक भियतनामा जाने योजनामा छन् । हिन्दु परम्पार, रंगीविरंगी पर्व र जात्राले उनलाई नेपालतिर खिच्छ ।

माइकल लिमसंगै फोटोग्राफी पर्यटनमा आएका अर्का इन्डोनेसियाली पर्यटक डाक्टर एडविन पेशाले चिकित्सक हुन् । यद्यपि, फोटोग्राफीमा उनको प्यासन निकै छ । त्यसैले फुर्सद हुनासाथ उनी क्यामरा बोकिहाल्छन् र घुम्न निस्कन्छन् । १९८८ देखि सौखका लागि फोटोग्राफी गर्दै आएका एडविन पछिल्ला दिनमा फुर्सतको समयलाई फोटोग्राफी गरेर सदुपयोग गर्छन । उनी विरामी उपचारमा पनि फोटोग्राफी सहयोगी हुने बताउछन  । फोटोग्राफीलाई कला मान्ने उनी नेपाल फोटोग्राफीका लागि गतिलो ठाउ भएको बताएछन् । भन्छन्, नेपालीहरूको हँसिलो अनुहार, हिन्दु महिलाहरूको तीज  पर्व, कुशे औंशी र ऋषि पञचमीमा फोटो खिच्न पाउदा निकै सुखद अनुभूति गरे ।’ 

एडविन रातो र अन्य रंगहरुको विविधता देखेर अचम्मित भए । जातीय विविधताले भरिपूर्ण नेपाल फोटोग्राफी गन्तव्यको लागी उत्कृष्ट भएको निष्कर्षमा पुगे जात्रा, पर्व, वन्य जन्तु, प्राकृतिक दृश्य र काठमाण्डूमा स्ट्रीट फोटोग्राफी गर्न पाउदा र ती तस्वीर क्यामरामा कैद गर्न पाउदा औधि खुसी भए । तर, नमज्जा त्यतिबेला भयो, जब उनले नगरकोटबाट हिमाली दृश्य खिच्न पाएनन । भन्छन्, ‘पानी पर्दिनाले नगरकोटबाट देखिन हिमाली दृश्य खिच्न नपाउदा नरमाइलो भयो । तर, केही छैन, अर्को पटक फेरि आउने छौं ।’

लिम र एडविन सहितका झण्डै एक दर्जन फोटोपत्रकारहरुको यात्रा व्यवस्थापन पोकलड़े एडभेनचर टुर्स एण्ड ट्राभलले गरेको थियो । उक्त ट्राभल्सका कार्यकारी अधिकृत इन्द्र खनालका अनुसार, फोटोग्राफी पर्यटन नेपालमा उच्च सम्भावना बोकेको क्षेत्र हो । तर, सरकारी उदासीनता र ट्राभल संचालकको ज्ञानको कमीले यी खाले पर्यटक अनेत्र जाने गरेको उनी बताउछन । भन्छन्, नेपाली पर्यटनमा नया प्रोडक्ट नहुनुले हाम्रो पर्यटन सुस्त गतिमा हिडेको छ । फोटोग्राफी पर्यटनको प्रवद्र्धन राम्रोसंग गर्न सके यो अर्को सम्भावनाको क्षेत्र बन्नसक्छ ।’

२००७ सालको जनक्रान्ति पछि नेपाललाई विस्व सामु चिनाउने प्रमुख व्यक्ति स्विस भूगर्भशास्त्री र अन्वेषक टोनी ह्यागेन थिए । उनले गरेको नेपालको अध्ययनले बाहिरी दुनियालाई  नेपालको  भूगोल, वनस्पति, जनजीवन र सम्भावनाहरूको  बारेमा विस्तृत जानकारी मिल्यो । त्यस पश्चात नेपालमा पर्यटनको आँगमन र तिनिहरूले लिएका तश्विरहरूले नजानिदो गरी नेपालमा फोटोग्राफी पर्यटनमा बृद्दी गरेको देखींछ । 

हिपिकालीन समयले पनि नेपाली कला, संस्कृति, जात्रा, पर्वको पनि प्रचार गर्न मद्धत गरेको थियो । १९९० पछि धेरै निषेधित क्षेत्र पर्यटकका लागि खुल्ला गरे पछि नेपालमा फोटोग्राफी पर्यटन ह्वात्तै बृद्दी भयो । नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, र विविध भू–परिधिहरूले फोटोग्राफी पर्यटनलाई आकर्षक बनाएको छ । हिमालयका मनोरम दृश्यहरू, काठमाण्डौं उपत्यकाका ऐतिहासिक सम्पदाहरू, ग्रामीण क्षेत्रका परम्परागत जीवनशैली, र वन्यजन्तुहरूको फोटो खिच्न उत्सुक पर्यटकहरूको आकर्षणको केन्द्र बनिरहेका छन ्।

नेपालको अर्थतन्त्रको दिगो विकसमा पर्यटनको महत्वपूर्ण भूमिका छ । पर्यटनका विविध आयामलाई सँगै अगाडि बढाउन सके देशको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान रहनेछ । यसर्थ फोटोग्राफी पर्यटनको यहा उच्च सम्भावना छ । मन्दिरहरूको शहर उपत्यका, यहाको नेवारी वास्तुकला, जात्रा, भेसभुसा, स्थानीय चाडपर्वहरू र पुरातात्विक सम्पदाले उपत्यका भित्र आम पर्यटक र फोटोग्राफर पर्यटक र अरु आम पर्यटक सबैलाई आकर्षित गर्छ । 

काठमाण्डौं उपत्यका मात्र नभई फोटोग्राफी पर्यटन नेपालका ग्रामीण भूभागमा पनि प्रचलित छ । पद यात्रा, हिमाल आरोहण, विकट ग्रामीण वस्ति, शेर्पा र  गुरुङ संस्कृति तथा वन्यजन्तुको फोटो खिच्ने साहसी पर्यटन पनि भई रहेका छन ।  चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता संरक्षित क्षेत्रहरूमा बाघ, गैँडा, हात्ती लगायतका जनावरहरूको तस्वीर खिच्न सकिन्छ । फोटोग्राफी पर्यटनले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँदैछ ।

फोटोग्राफी पर्यटन विशेषतः यात्रा अवधिमा  फोटो खिच्ने र फोटोग्राफी सिप सिक्ने उद्देश्यले प्रेरित यात्रा हो । यसखाले यात्रा सामान्यतया फोटोग्राफीमा नै केन्द्रित हुन्छन यद्दपी यी अनुभवहरु प्रकृति, संस्कृति या कलासँग जोडिएका हुन । पछिल्ला दिनहरुमा नेपाल फोटोग्राफी पर्यटनका लागी उपयुक्त गन्तव्य बन्दै गएको प्रसस्त उदाहरण छन। अन्तराष्ट्रीय व्यवसायिक फोटोग्राफरहरुको नेतृत्वमा नेपालमा फोटोग्राफी पर्यटन प्याकेज संचालनमा छन जसमा फोटोग्राफरहरु, फोटोग्राफी सीप सिक्ने र उत्कृष्ट फोटो स्पट भ्रमण गर्ने गर्छन् । मूलतः नेपलमा प्राकृतिक दृश्य, वन्यजन्तु, वास्तुकला, सांस्कृतिक पर्व तथा जात्राहरुसँग समवन्धित फोटोग्राफी पर्यटन, पर्यटकको रोजाईमा पर्छन । काठमाडौ उपत्यका, पोखरा उपत्यका, नदी तथा सिमसार क्षेत्र, राष्ट्रीय निकुंज, पद यात्रा, जंगल सफारी, तथा अन्य साहसिक पर्यटन फोटोग्राफी पर्यटनका लागी  आकर्षणका केन्द्र हुन । 

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *