हामीकहाँ पुरुषहरूको ‘पुरुषार्थ’ लाई तिनीहरूमा निहीत यौन शक्तिसँग जोडेर हेर्ने परम्परागत सोच–चिन्तन छ । कोही–कसै यौन कमजोरीरुपी समस्यासँग जुधिरहेका छन् भने तिनीहरूले पाउने सामाजिक पदवि हुन्– नामर्द÷नपुंशक ।
हामीकहाँ पुरुषहरूको ‘पुरुषार्थ’ लाई तिनीहरूमा निहीत यौन शक्तिसँग जोडेर हेर्ने परम्परागत सोच–चिन्तन छ । कोही–कसै यौन कमजोरीरुपी समस्यासँग जुधिरहेका छन् भने तिनीहरूले पाउने सामाजिक पदवि हुन्– नामर्द÷नपुंशक ।
के शहरी जीवनशैलीप्रति अभ्यस्त हुँदै गइरहेको युवा पुस्ता दिनानुदिन यौन कमजोरीको सिकार बन्दै त छैनन् ? आज यो हरेक दृष्टिले सोचनीय प्रश्न बन्न पुगेको छ । के–कस्ता पारिवारिक, सामाजिक, मनोवैज्ञानिक, आर्थिक वा सांस्कृतिक दबाबहरूका कारण युवा पंक्तिमा यौन क्षमता ¥हासोन्मुख हुँदै छ ? वर्तमान समयमा शहरिया युवा पंक्तिबीच ‘भुसको आगो’ झैँ फैलिँदै गएको यौन समस्यालाई केन्द्रीय विषयवस्तुका रुपमा उभ्याएर चलचित्र ‘दुखी आत्मा’ ले चलचित्रको माध्यमद्वारा प्रकटीकरण गर्ने प्रयत्न गरेको छ । युवा–निर्देशक दीपेन्द्र लामाको निर्देशन–कौशल पोखिएको सो चलचित्र ‘भ्यालेन्टाइन डे’ को सन्दर्भ जुराएर फागुन २ गतेदेखि प्रदर्शित छ ।
पुरुषार्थमाथि प्रश्नचिह्न
हामीकहाँ पुरुषहरूको ‘पुरुषार्थ’ लाई तिनीहरूमा निहीत यौन शक्तिसँग जोडेर हेर्ने परम्परागत सोच–चिन्तन छ । कोही–कसै यौन कमजोरीरुपी समस्यासँग जुधिरहेका छन् भने तिनीहरूले पाउने सामाजिक पदवि हुन्– नामर्द÷नपुंशक । हुन पनि यौन एउटा यस्तो विषय हो, जसले मानिसको शारीरिक एवं मानसिक विकास प्रक्रियालाई प्रभावित तुल्याउनेमा दुईमत देखिँदैन ।
सो चलचित्रको मुख्य चरित्र छेवाङ आले (दयाहाङ राई) यौनिक शक्तिका हिसाबले कमजोर सावित देखिन्छन् । कविता लेखनमा आकण्ठ डुबेका उनले काव्य–सिर्जनालाई पछ्याएर राम्रै ‘प्लेटफर्म’ पाइरहे पनि कमजोर यौनशक्तिका कारण चिन्ताको वृत्त वरपर घुमिरहेका छन् । उनको मिल्दो साथी (अभिषेकविक्रम शाही) ले पनि उनले जस्तै यौन कमजोरीको पीडा झेलिरहेका छन् । दुवै जना संकोच एवं सामाजिक÷पारिवारिक रुपमा उठ्ने प्रश्नका कारण आ–आफ्ना समस्या एक–अर्कासामु अभिव्यक्त गर्न अनिच्छुक देखिन्छन् ।
नेपाली समाजभित्र युवा पुस्तामा देखिएको यौन कमजोरीलाई ढाकछोप गर्ने आम चरित्र र प्रवृत्तिगत पक्षहरूलाई उजागर गर्ने दिशामा यो चलचित्र प्रवाहमान् देखिन्छ । हामीकहाँ सामाजिक परिवर्तनका अनेक धर्साहरू बाक्ला हुँदै गए पनि ‘रोग लुकाउने मनोवृत्ति’ बाट भने नेपाली समाज अझै मध्यकालीन समाज वरपर फन्को मारिरहेकोे प्रतीत हुन्छ, यी दुई पात्रका चरित्रलाई दृष्टिगत गर्दा । जीवन–यात्राको घुम्तीहरूमा परिचित हुन पुगेका दुई युवतीले तिव्र कामेच्छा राख्दा पनि अनिच्छुक देखिने छेवाङ आफ्नो कमजोर यौन शक्तिकै कारण ‘नामर्दपन’ देखाउन बाध्य हुन्छन् । र, उनीमाथि ‘पुरुषार्थ’ को प्रश्नचिह्न उठ्न पुग्छ ।
शहरका मध्यम वर्गीय युवाहरूमा किन यौन शक्तिको ‘ग्राफ’ क्रमशः ओरालो लाग्दै गइरहेको छ ? यो प्रश्न उठाइँदा अनेक कारक–तत्व निर्णायक हुन सक्लान् । मुख्यतः युवाहरूले अपनाएको असामान्य जीवनशैलीलाई नै ‘दोषी’ ठान्न सकिने प्रशस्तै आधार देखिन्छन् । अचेलका युवाहरू त्यस्ता व्यसनप्रति आकर्षित देखिँदै आएका छन्, जसले उनीहरूका यौनेच्छामाथि सजिलै ‘क्षेप्यास्त्र’ प्रहार गरिरहेको स्थिति छ । दिनहुँजसो मद्यपान, अटुट धूमपान सेवन, कम पोषण तत्ववाला खानपिनप्रति आकर्षित, आचार–विहारमा हेलचेक्र्याइँ, सामाजिक जीवनसँग बढ्दो विच्छेदजस्ता पक्षहरू अपनाउँदा आम युवाहरू अनेक समस्यासँग जुध्न बाध्य देखिइरहेका छन् । साथै, तनावग्रस्त स्थिति गुजार्दै शहरिया युवाहरू बाँचिरहेका कारण पनि उनीहरूमा यौनप्रति बढ्दो अरूचि बढ्दै गइरहेको देखिन्छ ।
अझ त्यस्ता युवाहरूमा सामाजिक रुपले टाढिने प्रवृत्ति व्याप्त देखिन्छन् नै, सांस्कृतिक रुपले पनि उनीहरू भड्किलो संस्कृतिको घना बादलभित्र रुमल्लिँदै गइरहेको प्रष्टै देखिन्छ । मूलतः उनीहरूले अपनाएका जीवनशैली नै उनीहरूलाई विभिन्न शारीरिक एवं मनोवैज्ञानिक समस्याहरूतिर प्रवृत्त तुल्याउने जडतत्व हुन् । समाजको भित्री तन्तुमा गानिएर बसेको यो गम्भीर एवं यथार्थपरक समस्यालाई सो चलचित्रले हास्य–फ्लेवरसहित सतहमा ल्याउन चाहेको प्रष्टै देख्न सकिन्छ ।
साहित्यका ‘ठेकेदार’ हरूमाथि तिखो वाण
हामी जुन समाज र परिवेश अँगाल्दै बाँचिरहेका छौँ, त्यसका हरेक क्षेत्र÷विधामा विसंगति र विकृतिका झारहरू मौलाउँदै गइरहेका छन् । ती झारहरूलाई जिल्याउनेभन्दा पनि अझ मलखाद हालेर हुर्काउने प्रवृत्ति देखिँदै आएको छ । साहित्य पनि एउटा यस्तै क्षेत्र हो, जहाँ अचेल ‘गैरसाहित्यिक अनुहार’ हरूले आफ्नो ठेकेदारी प्रथा र बिचौलिया प्रवृत्तिलाई आलोकमय तुल्याउने आधार–क्षेत्रका रुपमा बदल्दै लगिरहेका छन् ।
कुनै परिभाषित पेसा वा व्यवसायमा आबद्ध छैनन, छेवाङ । उनको कर्म–क्षेत्र हो, साहित्य । अझ त्यसमा पनि काव्य–विधा । बुटवलस्थित एक मध्यम वर्गीय परिवारमा जन्मिएकी र पछिल्लो समय अस्टे«लिया जाने प्रक्रियामा रहेकी अनामिका (आँचल शर्मा) छेवाङप्रति आकर्षित हुनुको मुख्य कारण उनको काव्य–लेखनमा देखिएको अपार शक्ति नै हो ।
विडम्बनाको कुरा, सहज, सुरुचिमय र अर्थबोधले भरिपूर्ण कविता लेखे पनि छेवाङ ‘सान्त्वना पुरस्कार’ पाउने काव्य–सर्जकभन्दा माथि उक्लिन सक्दैनन् । साहित्यको हाट–बजारमा ‘पटके कर’ उठाउन पल्केका ठेकेदारहरूले उनलाई त्योभन्दा माथिल्लो हैसियत दिन चाहँदैनन् । कविताको आवरणमा कोरा नारा लेख्नेहरू भने ‘प्रथम’ हुन्छन् र तिनीहरूले नै समाजमा ‘वाहवाही’ पाउँछन् । नेपाली साहित्य वृत्तमा स्थापित पुरस्कारहरूमा व्याप्त ‘सिन्डीकेट प्रणाली’, ‘विनिमय प्रणाली’ र आफ्नो वृत्तका स्रष्टाहरूलाई मात्र पुरस्कारद्वारा सुशोभित तुल्याउने घटिया परम्परा, अभ्यास र शैलीप्रति ‘दुखी आत्मा’ ले नाभिस्थलमै सुइरो रोपेको छ ।
अझ ठुलो विडम्बना त, छेवाङको यौन कमजोरी न्यूनीकरणका लागि तथाकथित विशेषज्ञले कोरियन पद्धति र औषधिमार्फत उपचार गराइदिने झुठो भ्र्रम दिएर उनीसँग एक लाख रुपियाँ माग्छन् । त्यति रकम जोहो गर्ने छट्पटीमा रहेका छेवाङको अरूलाई कविता लेखाएर आफ्नो नाममा काव्यकृति प्रकाशन गर्न लालायित एक जना गलैंचा व्यवसायी चन्द्र मोक्तान (बुद्धि तामाङ) सँग सम्पर्क हुन पुग्छ । आर्थिक संकटको कारण भौंतारिरहेका छेवाङसामु ती व्यवसायीले प्रस्ताव राख्दै भन्छन्, ‘मलाई २० वटा कविता लेखिदिनुस्, म तपाईँलाई ५ लाख रुपियाँ दिन्छु ।’
एकजना बिचौलिया प्रकाशकको ‘बिचौलिया व्यवस्थापन’ मा छेवाङले ती गलैंचा व्यवसायीका निम्ति कविताहरू लेखिदिन्छन् । एक दिन ती व्यवसायीको कविताकृतिको भव्य विमोचन पनि हुन्छ । आफूले लेखिदिएका कविताहरूको वाहवाही पाउनेमा तिनै गलैंचा व्यवसायी भएपछि छेवाङको मनस्थिति डावाडोल हुन पुग्छ र उनी कार्यक्रम नसकिँदै कार्यक्रमस्थलबाट बाहिरिन्छन् । कार्यक्रममा विमोचित मोक्तानको काव्यकृतिको नाम हुन्छ, ‘दुखी आत्मा’, जुन शीर्षकबाटै सो चलचित्रको नामकरण गरिएको छ । खासगरी, प्रतिभावान् सर्जक÷स्रष्टाहरूलाई सिर्जनशील कर्म गर्न लगाएर आफ्नो नाममा कृति प्रकाशन गरी समाजसामु सर्जक कहलिन चाहने पैसावालाहरूका पंक्ति हामीकहाँ पनि विस्तार हुँदै गइरहेको दृष्टान्तस्वरुप यस्ता दृश्य–प्रसंगहरूलाई फिल्मांकन गरेको स्पष्टै बुझ्न सकिन्छ ।
नक्कलीहरूका चंगुलबीच
कुनै व्यक्तिमा देखिएको यौन कमजोरीलाई आधार बनाएर तथाकथित विशेषज्ञ वा तान्त्रिकहरूले अनावश्यक फाइदा उठाउँदै आइरहेको तथ्यलाई उदांगो पार्नतिर पनि सो चलचित्र केन्द्रित देखिन्छ । साथै, त्यस्ता समस्या निराकरणका निम्ति सही गन्तव्य पहिल्याउन नसक्दा पीडितहरू कसरी ठगहरूका चंगुलमा फस्न पुग्छन् ? यो पक्षलाई पनि राम्रै उजागर गरिएको छ ।
आफूमा यौन क्षमताको कमी रहेको थाहा पाएपछि सुरुमा एकजना कथित विशेषज्ञको शरणास्थलमा पुग्छन्, छेवाङ । उनलाई कोरियन औषधि दिएर ५० हजार ठग्न सक्षम हुन्छन्, ती नक्कली विशेषञ । फेरि अर्को चरणमा उनी एकजना तान्त्रिकको ‘बुटी’ मा ठगिन पुग्छन् । साथै, यौन क्षमता वृद्धि गर्ने ‘नक्कली तेल’ को चंगुलमा समेत फस्न पुग्छन् । यौन कमजोरीले निम्त्याउने शारीरिक एवं मनोवैज्ञानिक कहरको कहालीलाग्दो कथा यो चलचित्रको प्रधान विषयवस्तु बन्न पुगेको छ ।
बढ्दो विदेश–मोह
हामीकहाँ आम प्रवृत्तिको रुपमा स्थापित भइसकेको विषय हो, वैदेशिक अध्ययन एवं रोजगारीप्रति बढ्दो आकर्षण । आफ्नो ‘करिअर’ निर्माणका साथै रोजगारीका सम्भावनाहरू पहिल्याउँदै विकसित मुलुकहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरू संख्यात्मक रुपमा बढ्दो छ । ‘यो देशमा बसेर के नै पो हुन्छ र ?’ भन्ने निराशाजनक स्वर एवं प्रश्नचिह्न बोकेर उभिएका युवा पंक्तिमा विदेश गई अध्ययन गर्ने आकांक्षाको चुली यति चुलिँदै गइरहेको छ, त्यसमा तत्काल पूर्णविराम लाग्ने देखिँदैन ।
यस्ता विकराल परिस्थितिको झिल्काझिल्कीहरू यो चलचित्रमा प्रष्टै देख्न सकिन्छ । छेवाङको शक्तिशाली काव्य–क्षितिजलाई नियालेकी अनामिकाको सपना हुन्छ, अस्टे«लिया गई उच्च शिक्षा अध्ययन गर्ने । आफूले देखेको ‘अस्टे«लिया–सपना’ माथि तुसारोपात लागेपछि भने उनी अमेरिकाको ‘ग्रिनकार्ड होल्डर’ सँग वैवाहिक सम्बन्ध कायम गरी अमेरिका जान इच्छुक देखिन्छन् र उनले छेवाङसँगको अन्तरंग सम्बन्धलाई तिलाञ्जली दिन्छिन् । चलचित्रमा देखाइएको यो सन्दर्भले युवा पंक्तिमा व्याप्त विदेश–मोहको राम्रै झलक दिन्छ । त्यही भएर अमेरिकाले ‘डीभी’ को नाममा अरू मुलुकका प्रतिभाशाली व्यक्तिहरूलाई लोभ्याउने कार्य गरेकोप्रति छेवाङ संवेदनशील मात्र देखिँदैनन्, उनले काव्यात्मक स्वरमार्फत अमेरिकी नीतिप्रति व्यंग्यपूर्वक आक्रोशसमेत व्यक्त गर्दछन् ।
केही अनुत्तरित प्रश्न
चलचित्र ‘दुखी आत्मा’ पछिल्लो समय नेपाली समाजभित्र उत्पन्न केही समस्याग्रस्त पक्षहरूलाई नियाल्ने क्रमस्वरुप निर्माण गरिएको प्रष्टै आभास हुन्छ, जो शहरिया युवा वर्गमा व्याप्त यौन कमजोरी, साहित्य वृत्तमा झाँगिदै गएको बिचौलिया प्रवृत्ति, ठगहरूका कथाका साथै युवाहरूमा देखिएको विदेश–मोहजस्ता अनेक कथाहरूलाई एउटै मालामा उन्ने कार्यमा अग्रसर देखिएको छ । यति हुँदाहुँदै पनि यो चलचित्रले केही प्रश्न भने निश्चय नै छाडेका छन् ।
एक, चलचित्रको मुख्य–पात्र छेवाङ युवतीहरूका सौन्दर्यप्रति मोहित हुन्छन् र उनीहरूका हरेक बाह्य अंगलाई कुनै फूल, फल वा पन्छीको रुपरंगको उपमा दिएर आत्मरति लिन चाहन्छन् । जस्तै ः खुट्टालाई कमलको फूलजस्तै मुलायम, तिघ्रालाई बकुल्लाको फिलाजस्तो, घाँटीलाई सुगाको जस्तै बान्की परेको र स्तनलाई सिन्धुलीको जुनारजस्तो । यतिसम्म सौन्दर्य चेत भएका व्यक्तिमा कसरी यौनेच्छा पलाउन नसकेको होला ? यो प्रश्न अनुत्तरित देखिन्छ ।
दोस्रो, द्विअर्थी शब्द र वाक्यांशहरूको अतिशय प्रयोगले ‘टिनएजर्स’ वा त्योभन्दा माथिल्लो उमेर समूहका व्यक्तिहरूलाई मनोरञ्जन दिलाउनेमा कुनै सन्देह नदेखिएला । तर त्यस्ता द्विअर्थी शब्दांशहरूले दिने सन्देश के होला भन्नेमा चलचित्रकर्मीहरूमा सचेत दृष्टिकोणको अभाव रहेको भने प्रष्टै देखिन्छ ।
‘दुखी आत्मा’ लाई हरेक हिसाबले भरिपूर्ण तुल्याउने कार्य समस्यारहित देखिए पनि अभिनयका हिसाबले नायक छेवाङ (दयाहाङ) का साथै नायिका अनामिका (आँचल) को अभिनय लोभलाग्दो देखिन्छन् । अरू कलाकर्मीका भूमिका यथा–भूमिकाबीच जमेकै देखिन्छ । अन्तिममा एउटा प्रसंग । विक्रमाब्द ३० को दशकतिर युधीर थापाको एउटा उपन्यास प्रकाशित भएको थियो, ‘लुकेको समाज’ । तात्कालिक समय सो उपन्यासको विषयवस्तु नेपाली समाजबीच आलोच्य बनेको थियो । अहिले नेपाली समाज धेरै खुला र उदार दिशातिर तीव्र गतिमा लम्किसकेको छ । तर वर्तमान समयमा पनि नेपाली समाज दशकअघिको ‘लुकेको समाज’ भन्दा भिन्न र बाहिर छैन भन्ने यथार्थलाई उद्घाटन गर्न ‘दुखी आत्मा’ एक कदम अघि सरेको प्रतीत हुन्छ । चलचित्र हेरिसकेपछि यति चाहिँ भन्नैपर्छ, यो चलचित्र ‘पारिवारिक माहोलबीच हेर्न मिल्नेछ’ भनी सिफारिस भने गर्न सकिँदैन ।
००