नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबार कविहरुले कवितामा आफ्ना भावनाहरु पोखे । ‘कविताको रङ’ कार्यक्रममा कविहरु श्रवण मुकारुङ, बाबु त्रिपाठी,केशव सिलवाल, शकुन्तला जोशी,प्रज्वल अधिकारी, रिमा केसी, लक्ष्मी रुम्बा, स्वप्निल स्मृति, रसिक राज र भूमिका थारूले कविता सुनाइ रह“दा ललितकलाकर्मी, संगीतकर्मी तथा कलाप्रेमीहरु मन्त्रमुग्ध भए । ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गते देखि प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला– २०८२’सुरु गरेको हो । मेलाको समापन शनिबार हु“दैछ ।
मेलाको उद्घाटन प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन् । उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले कला क्षेत्रका परम्परागत ज्ञान, सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै यही नै पछिका लागि इतिहास बन्ने धारणा राखेका थिए । मेलामा ललितकला सिर्जना, गतिविधि, कार्यशाला, विमर्शसंगै संगीत, साहित्य, नाटक प्रस्तुतिहरुलाई समेटिएको थियो । सबै विधाका कला र कलाकारहरुको उपस्थितिले मेलाको रौनकता अझै बढेको थियो । मेलाअन्तर्गत नै शुक्रवार कलाकार अशोक शिवाकोटीले ‘कालो चस्मा’ नाटक प्रस्तुत गरेका थिए । त्यस्तै, शुक्रबार नै किशोर चौधरी, घनश्याम चौधरी, मोतीलाल राई, अन्दीलाल सरदार, राधेश्याम चौधरी, डम्फे तामाङ, रामकृष्ण चौधरी लगायतका कलाकारको सहभागितामा ब्यानर लेखन प्रतियोगिता गरिएको थियो । मेलामा बिन्दु स्पेस फर आर्टिस्टसँगको सहकार्यमा बुधबार र बिहीबार मुना भँडेल लगायतका कलाकारहरुले पर्फर्मेन्स आर्ट प्रस्तुत गरेका थिए । बिहीवार नै ललितकला क्याम्पसका विद्यार्थीहरुले साङ्गीतिक प्रस्तुति दिए । मेलामा प्रतिष्ठिानले चित्रकला, काष्ठ–मूर्तिकला कार्यशाला समेत सम्पन्न गरेको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलामा कला सरोकारी, ललितकर्मी विद्यार्थी, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको बताए । उनकाअनुसार प्रतिष्ठानले यसलाई वार्षिक महोत्सवकै रुपमा लिएको छ । भूकम्पका कारण भौतिक संचरनाको अभाव हुँदा मेलाले एउटा अस्थायी कला संग्रहालयको अवधारणालाई टेवा पुर्याएको उनको भनाइ छ । उनले भने, ‘मेलामा विभिन्न विधाका कला प्रदर्शन, चर्चा, छलफल, विमर्श कार्यशाला, प्रस्तुति गरिएको छ । यसले कलाको पवद्र्धनका साथै समावेशी कला र एक आपसमा पारस्परिक रुपमा अपनत्वको भावना समेत जागृत गर्ने काम गर्यो ।’ मेलाले भोक, सोख र लोकलाई संगै लिएर दीर्घकालीन रुपमाकलाको पहिचानर संस्थागत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच सम्म पुर्याउन मद्दत गर्न सक्ने उनको विश्वास छ ।



प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको बताए । उनले प्रतिष्ठानलाई कला हबका रूपमा विकास गर्न यस मेलाले महत्वपूर्ण सहयोग गर्ने धारणा राखे । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, नेपाली ललितकलाको बजार प्रवर्धन, कला पर्यटनको विकास लगायतका क्षेत्रमाथप सहयोग गर्ने सुनाए । उनका अनुसार विभिन्न माध्यमहरूमा बनेका चित्रकला, मूर्तिकला, हस्तकला लगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला लगायतका विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गरिएको हो । मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनसन्धाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरू समेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकला मार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ ।





