हाम्रो बारे

यस आइओपनर मिडिया प्रालिले सञ्चालनमा ल्याएको wahjindagi.com आम नागरिकका जीवनशैली जोडिएका विषयप्रधान डिजिटल म्यागजिन हो । आइ ओपनरले २०२५ फेबु्रअरी १४ भ्यालेन्टाइन दिनको अवसर पारएर वाह जिन्दगी मासिक म्यागजिन र यसको डिजिटल संस्करण गरेको छ ।

न्यू मिडिया र प्रिन्ट मिडियाको सह–अस्तित्वलाई आत्मसाथ गर्दै डिजिटल र छापा म्यागजिन एकैपटक शुरु गर्ने हाम्रो सोच हो । सूचना प्रविधिमा आएको क्रान्तिकारी परिवर्तनले दिनदिनै समाज नया आयामतिर उन्मुख छ । प्रविधिमा आएको चरम विकासले परम्परागत रुपमा चलेका सबै क्षेत्र प्रभावित छन् ।

मानिसको दैनिक जीवन, व्यावसायिक जीवन, उद्यम, शिक्षा सबै क्षेत्रमा सूचना प्रविधिको बोलावाला छ । सूचना प्रविधिको यो विकासलाई आत्मसाथ गर्दै र यसलाई अपनाउदै बढ्ने बाहेकको विकल्प मानव समाजसंग छैन । सूचना प्रविधिको क्षेत्रमा भएको चरम विकासमा आफूलाई समाहित गर्दै, त्यसै अनुरुप परिस्कृत गर्दै जाने सोच अनुसार नै यो पोर्टल शुरु गरिएको हो ।

डिजिटल र छापा हाम्रा दुबै आउटलेटको लक्षित वर्ग शहरी मध्यमवर्गीय जनमत हो । मानिसका प्रेरक र सफलताका कथा, संघर्षका कथा, सम्बन्धमा आएका उतारचढाव, स्वास्थ्य,खानपान, फेसन, फिटनेस आदि विविध क्षेत्रको आधिकारिक सूचना सामाग्रीको खाचो पूर्ति गर्ने यो म्यागजिनको उदेश्य हुनेछ । संगीत, सिनेमा, नाटक, चित्रकला, पुस्तक आदि विविध विषय पनि समेटिनेछ, यसमा । डायस्पोरालाई लक्षित गर्दै सामाग्रीहरु उत्पादन गरिनेछ ।

यी विविध विषयमा भिडियो, पडकास्टहरु निर्माण गरेर डिजिटल म्यागजिनलाई सशक्त ढंगले बढाइने छ । नेपालको डिजिटल मिडिया उद्योगमा राजनीतिक÷आर्थिक विषयवस्तु जोडिएका वेवपोर्टल, युट्युब, पोडकास्टहरु बढि छन् । महिलाको स्वास्थ्य, सौन्दर्य, युवाका करिअर, शिक्षा, समग्रमा जीवनशैलीलाई प्रधानता दिने डिजिटल मिडियमको खाचो छ, जो तीव्ररुपमा खुलेका राजनीतिक विषय केन्द्रित वेवपोर्टलहरुबाट हुन सकेको छैन । यही खाली स्पेसलाई उपयोग गर्दै यसबो विशिष्ट बजार बनाउने हाम्रो लक्ष्य हो ।