बच्चै देखि स्यारोन एस जोशीको सोच थियो, उच्च शिक्षाका लागि जता गए पनि करियर नेपालमै बनाउनुपर्छ । यसै सोचका साथ उनले दस कक्षापछि देहरादूनमा अध्ययन गर्न गइन् ।
बच्चै देखि स्यारोन एस जोशीको सोच थियो, उच्च शिक्षाका लागि जता गए पनि करियर नेपालमै बनाउनुपर्छ । यसै सोचका साथ उनले दस कक्षापछि देहरादूनमा अध्ययन गर्न गइन् ।
बच्चै बेलादेखि घरमा बस्दा आरामदायी पहिरन लगाउन रुचाउने स्यारोनलाई घरभित्र बस्दा लगाउने लुगा डिजाइन गर्ने रहर जाग्यो । कटन, रेमन कपडाहरू प्रयोग गरेर बच्चा र महिलाहरूका लागि सजिलो र आकर्षक ढङ्गले डिजाइन गरिएको ब्लुमी हार्ट ब्रान्डलाई बजारमा ल्याइन् । जहाँ डिजाइनर नाइट ड्रेसहरू पाइन्थ्यो । ‘ब्लुमी हर्ट’ ब्रान्डअन्तर्गत उनी पाइजामा सेट, नाइट ड्रेसहरु लगायतका लुगा बनाउँथिन् । त्यसको साथमा ब्लुमी हार्टकै नाममा लिप बाम, मसाज क्रिम पनि सुरु गरिन् । तर, सोचेजस्तो सफल हुन सकेन । तर, उनले हार मानिनन् । तीन वर्षअघि सुरु गरेको यो व्यवसाय पनि चालु छ ।
त्यसपछि उनले राधेश्याम मुल्मी, उदयचरण श्रेष्ठ, राजकृष्ण महर्जन, एरिना ताम्राकार, सविता डङ्गोल, विधाता केसीलगायत कलाकारका चित्रहरूलाई सारीमा उतारेकी थिइन् । उनी भन्छिन्, ‘धेरै संख्यामा भयो भने त्यसको भ्यालु खासै हुँदैन ।’ कोसायाको नयाँपन भनेको आर्ट सारी नै हो । कलाकारहरूकै सिग्नेचर आर्ट हुने भएकाले कसैले पनि चोर्न र बनाउन सक्दैन । बजारका अरू सारीसँग मेल खाँदैन । स्यारोनले कोसायामा पुरुषका लागि ‘स्कार्फ’ र ‘पकेट स्क्वायर’ (कोटको खल्तीमा हाल्ने रुमाल) पनि ल्याएकी छन् । कतिपय महिला आफ्ना जोडीसँग मिलाएर लगाउन पकेट स्क्वायर किन्छन् । यसैकारण स्कार्फ र पकेट स्क्वायर बजारमा ल्याएको उनी बताउँछिन् । विदेशमा पढेर फर्किएकी स्यारोनको लक्ष्य आफूलाई नेपालमा सफल उद्यमी बनाउने हो । भन्छिन्, ‘विदेशजस्तै नेपालमा पनि मेहनत गर्नुपर्छ । काम गर्न यहीँ सजिलो छ ।’