प्रिय पाठक गण,प्रणय दिवसको अवसर पारेर हामीले वाह π जिन्दगी म्यागजिनको नियमित प्रकाशन शुरु गरेका छौं ।
प्रिय पाठक गण,प्रणय दिवसको अवसर पारेर हामीले वाह π जिन्दगी म्यागजिनको नियमित प्रकाशन शुरु गरेका छौं ।
प्रिय पाठक गण,
प्रणय दिवसको अवसर पारेर हामीले वाह जिन्दगी म्यागजिनको नियमित प्रकाशन शुरु गरेका छौं । अब यो म्यागजिन प्रत्येक महिनाको १ गते नियमित प्रकाशन हुनेछ । छापा र न्यू मिडियालाई संगसंगै अघि बढाउने योजना अनुसार डिजिटल म्यागजिन www.wahjindagi,com पनि शुरु भएको छ । यी दुबै माध्यामबाट अब हामी तपाई आदरणीय पाठक वर्गसंग नियमित संवादमा हुने छौं ।
प्रकाशन शुरु गर्दै गर्दा सम्पादकहरु पाठकसमक्ष कुनै प्रेमीले प्रेमिकालाई गरेजस्तै अनेक रोमान्टिक वाचा गर्ने गर्छन् । पत्रिका वा अनलाइन यस्तो हुनेछ, उस्तो हुनेछ भनेर सम्पादकहरु सनातनी आश्वासनको भारीले आफै थिचिने गरी बचनहरु दिन्छन् । त्यसो त प्रणय दिवसको अवसर भएकाले माहौल रोमान्टिक छ । तर, हामी पाठकहरुलाई आश्वासनका भारीहरु बोकाउने छैनौ । जसै हाम्रा प्रकाशन÷प्रशारणहरु नियमित अघि बढ्दै जानेछन्, पाठकलाई पस्कने खुराकहरुबाटै हाम्रो सोच र लक्ष्य पाठक श्रोताले बुझ्दै जानु हुनेछ ।
तथापि, यो ‘प्रेमपत्र’ मार्फत म आदरणीय पाठक र प्रकाशनवीचको साइनो अन्योन्याश्रित अनि महत्वपूर्ण भएको कुरा चाहिं दोहोर्याउन चाहान्छु । पाठक र सम्पादकवीचको सम्बन्धको मुख्य कडी पाठ्य वा श्रव्य दृश्य सामाग्री नै हो । यी सामाग्री तथ्यपरक, कलात्मक, व्यावसायिक र गुणस्तर बनाउने हाम्रो अथक प्रयास हुनेछ । विश्वसनीय पाठ्य खुराकबाटै पाठक र प्रकाशनवीचको साइनो मजबुत हुन्छ । त्यसर्थ, पाठकसंगको सम्बन्ध विश्वसनीय बनाउने कुरामा हामी सचेत छौं, हुने छौं । यो हाम्रो मुख्य प्राथामिकता हो ।
सम्पादक र पाठकवीचको सम्बन्ध वास्तवमा एकप्रकारले सहकार्य पनि हो । यो सहकार्यले समाजको मनोविज्ञानलाई सत्कर्ममा लैजान प्रेरित गर्छ । समाजको चेतना र मानसिकतालाई एउटा आकार दिन्छ ।
नेपाली समाजको अहिलेको कालखण्ड निराशा र कुण्ठाग्रस्त छ । अझ कुण्ठाग्रस्त मात्रै छैन, नकारात्मक भाष्यको बोझले पिल्सिएको पनि छ । सबैले अनुभूत गरेकौ कुरा हो, समाजमा नकारात्मक भाष्य निर्माणको होडबाजी चलेको छ । सकारात्मक मानसिकता विकासमा भूमिका खेल्ने मिडिया स्वयं नै नकारात्मक भाष्यको व्यापारमा सक्रिय छन् । के परम्परागत, के न्यू मिडिया, सबै त्यही होडबाजीमा देखिन्छन् । यहीनेर वाह π जिन्दगीले आफ्नो ‘स्पेस’ देखेको छ । समाजमा बेथिति नभएको होइन यद्यपि हामीवीच नै सकारात्मकता छ, उपलब्धीहरु पनि छन् । समाज र जीवनका ती उपलब्धी र सकारात्मक पक्ष्ँको वकालत गर्न चाहान्छौं, हामी । नकारात्मकताको बोझले पिल्सिएको समाजमा आशा र उत्साहको सञ्चार गराउने हाम्रो प्रयत्न हुनेछ ।
म्यागजिनको पहिलो अंकमा हामीले ‘प्रेम–विमर्स’ गरेका छौं । हुन त प्रेम त्यस्तो भावना हो, जो शव्दहरुबाट पूर्णरुपमा व्यक्त गर्न सकिदैन । यो एकप्रकारको निजात्मक अनुभूति हो । यसको व्याख्या–विश्लेषण अनन्त छ । प्रेमलाई अभिव्यक्त गर्ने माध्याम पनि कयौं छन् । यसै अंकमा लेखक शेखर खरेलले लेखेजस्तै, प्रेमका बारेमा यतिधेरै लेखिसकियो कि, नया“ कुरा लेख्नु चुनौतीपूर्ण कुरा हो ।’ संगै सत्य के पनि हो भने,प्रेम एक यस्तो शक्ति हो, जसले हामीलाई एक आपसमा जोड्छ । प्रेमले एक आसमा जोडीराख्न त्यहा“ आपसी विश्वास र सम्मान चाहिन्छ ।
नेपाली समाजमा सम्बन्ध विच्छेदका घटनाहरु आश्चर्यजनक बढिरहेका छन् । जोडीहरुका सम्बन्धहरुमा आउने जटिलतका कारण सम्बन्ध विच्छेद सामाजिक समस्या नै बन्दै गएको छ । तर, यही समाजमा कयौं जोडीहरु छन्, जो आपसी सम्मान र विश्वासको धागोमा उनिएर खुसीसाथ बाचिरहेका छन् । प्रेम विमर्समा हामीले उजागर गर्न खोजेको पाटो यही हो । यही विश्वास र सम्मानका आधारमा हामी तपाई पाठक गणसंग जोडिन चाहान्छौ र नियमित संवाद गर्न चाहान्छौं ।
पाठक वर्गका जीवनमा सकारात्मक सन्देश अनि उर्जा भर्ने प्रयत्न स्वरुप तयार पारिएको म्यागजिनको पहिलो अंकबाट त्यो संवादको यात्रा शुरु भएको छ । यसमा तपाईका सुझाव, सल्लाह, रचनात्मक आलोचना आदि ग्रहण गर्दै संवादलाई अघि बढाउने प्रण गर्छाै ।