जोसंग छ, भविष्यको साँचो

आ–आफ्ना क्षेत्रमा सफलता पाइरहेका यी ६ पात्रवीच एउटा मुख्य समानता छ, यी सबै ‘जेड जेनरेशन’ जेनजी पुस्ताका प्रतिनिधि हुन्

अचेल यत्रतत्र सुनिने एउटा चर्चित नाम हो, अञ्जिला सुव्बा (२७) । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी यी क्याप्टेनले दुई दर्जनभन्दा बढि विश्व रेकर्ड बनाइसकिन । ‘पहिलोपटक सिनेमामा अभिनय गर्ने गोलकिपर’ को थप रेकर्ड बनाएकी यिनलाई अचेल आफ्नाबारे भन्न भ्याइनभ्याई छ । नेपाली महिला क्रिकेटकी कप्तान इन्दु बर्मा (२७) पनि के कम π अञ्जिलाको जति रेकर्ड त उनको नाममा दर्ज छैन । यद्यपि, उनको क्रिकेट करिअरले सफलताको सिढी चढि नै रहेको छ । भारतको भोपालस्थित ‘स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर’बाट गोल्ड मेडलसहित स्नातक सकेर नेपालको आर्किटेक्चर क्षेत्रमा उदाइरहेकी कोमल रोका (२६) को यात्रा उत्तिकै प्रेरणादायी छ । कलिलै उमरेकी अभिज्ञा घिमिरे (१८) धेरैलाई आफ्नो जादुई स्वरले मन्त्रमुग्ध पार्छिन् । तबला बादनमा लागेका निमेश कपाली (२१) ले संगीत साधनामै लागिपर्ने अठोट राखेका छन् । कालीकोटकी विपना सिंह (१९) देउडा गाएरै नाम र दाम कमाईरहेकी छिन् ।

आ–आफ्ना क्षेत्रमा सफलता पाइरहेका यी ६ पात्रवीच एउटा मुख्य समानता छ, यी सबै ‘जेड जेनरेशन’ जेनजी पुस्ताका प्रतिनिधि हुन् । वाह π जिन्दगीले नया“ साल २०८२ बैसाखको अंकमा यी केही प्रतिनिधिमूलक जेनजी मार्फत यो पुस्ताको कथा भन्ने खोजेको छ । यिनको सफलताको कथा अनि संगै अवसर र चुनौतीका कुरा पनि ।

समाजशास्त्रीय अध्येताहरुले दोस्रो विश्वयुद्धपछि जन्मेको पुस्तालाई ‘वेवी बु्रमर’को संज्ञा दिएका थिए । विश्वयुद्ध ठूलो नरसंहारपछि जन्मेको (सन् १९४६ देखि सन् १९६५ सम्म) को ‘बेबी बु्रमर’पछि उदायो, जेनरेशन एक्स (सन् १९८० सम्म) । त्यसपछि सन् सन् १९९७ सम्मको पुस्तालाई जेन–वाई नामाकरण गरियो । सन् १९९७ देखि सन् २०१३ वीच जन्मेको पुस्तालाई ‘जेड जेनरेशन’ भनियो । सन् २०२४ सम्मकालाई ‘जेन अल्फा’ र सन् २०२५ पछिकालाई ‘जेन विटा’ ।

हरेक पुस्ताका आफ्नै भोगाई, सिकाई, संघर्ष, चेतनाको स्तर, चुनौती अनि अवसरहरु हुन्छन् । हरेक पछिल्लो पुस्ताले प्राप्त गरेको अवसर देखेर अघिल्लो पुस्ता आरिशे हुने गर्छ । सोच्छ, म अहिलेको पुस्ताका भइदिएको भए..। उन्मुक्त जेड जेनरेशन देखेर जेनरेशन एक्स, वाइ त्यस्तै सोच्दा हुन् । तथापि जेनरेशन जेडसंग चुनौतीमुक्त छैन ।

सूचना प्रविधिमा आएको चरम विकासको उपयोग यो एआई पुस्ताले गर्न पाएको छ । प्रविधिको सिर्जनशील प्रयोग गरेर फड्को मार्न सक्ने अवसर पाएको छ । तर, अत्याधिक प्रविधिको दास बन्नुपर्दा संक्रमणहरु पनि त्यत्तिकै छन् । समाजिक सञ्जालको अति प्रयोगले मानसिक स्वास्थ्यका समस्याहरु छन् । शिक्षा र रोजगारीका पर्याप्त अवसरको अभावमा नेपाल जस्ता देशबाट परदेशिने बाध्यताहरु बढि नै खेप्नु परेको छ । त्यसमाथि अघिल्ला जेनरेशन एक्स र वाईले समाजमा गर्न नसकेको अपेक्षाको भारी पनि यही पुस्ताको क“ाधमा छ । त्यस हिसाबले यो पुस्ताका चुनौती पनि कम छैनन ।

सकारात्मक कुरा के हो भने, यी नवोदित का“धहरु बलिया छन् । वाह जिन्दगीले ‘र्यान्डम’ छानेका ६ जेन जी का सफलताका कथा सुन्दा लाग्छ, यो पुस्ता वर्तमानको भारी बोकेर समृद्ध भविष्य निर्माणका लागि तयार हुदै गएको छ । अग्रज पत्रकार विजयकुमार पाण्डे घत लाग्नेगरी भन्ने गर्नुहुन्छ, विगत जतिसुकै सौर्यवान भएपनि बर्तमानको बोझ अहिलेको पुस्ताले नै बोक्नुपर्छ ।’ यथार्थ यही हो कि, समाजले भर गर्ने र गुर्नपर्ने पुस्ता अब यही हो । जेन जेडको आत्मनिर्भरता, सिर्जनात्मकता र आत्मविश्वासको कथाले नै नेपाली समाजकोे बर्तमान र भावी गन्तव्य पहिल्याउने छ ।

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *