Category: सम्बन्ध

Homeसम्बन्ध

संसारमा सबैभन्दा बढी लेखिएको विषय नै प्रेम हो । सायद कलमले भन्न पनि नपुगेर कुची (ब्रस), वाद्ययन्त्र, नृत्य र भावभङ्गी पनि प्रेम दर्साउने वा अभिव्यक्त गरिने माध्यम बन्दै आएको छ । लाग्छ, प्रेमबारे अब भनिन बाँकी नै केही छैन ।

डा. त्रिशाला गुरुङ र रोहित शाक्य दुवै सङ्गीतमा समर्पित नाम हो । दुवैको प्यासन सङ्गीतमा मीठा–मीठा सुर भर्ने हो । रोहित साउन्ड इन्जिनियर हुन् । उनी सङ्गीतका निर्देशक पनि हुन् ।

प्रेमको कुनै सटीक परिभाषा छैन । प्रेम यस्तो मनोभाव हो, जसलाई परिभाषारूपी सीमित शब्द संसारमा अटाउन सकिँदैन । जब कसैप्रति गहन लगाव एवं समर्पण–भाव व्याप्त हुन्छ, त्यही बिन्दुबाट उदाउँछ प्रेम–भाव ।