दिप्रशको मोटर स्पोट्र्सको मोह

गाडीप्रतिको क्रेजीनेस नै थियो । भिडियो गेममा पनि विशेष गरी रेसिङ गेमहरूमा रुचि राख्थे । विदेश जाँदा पनि उनले गो–कार्ट ट्र्याकमा अनुभव सँगाल्ने अवसर पाए । यसरी उनमा मोटर्स स्पोर्ट्सतिरको क्रेज बढ्न थाल्यो ।

व्यापारिक परिवारमा जन्मिएका हुन्, दिप्रश शाक्य । सानैदेखि पारिवारिक व्यवसायलाई ग्रोथ गर्नुपर्छ भन्ने सोच थियो । त्यसैले यतिबेला गुण ग्रुपअन्तर्गतका व्यवसायलाई उन्नति पथमा डो¥याउँदै छन् । महाप्रबन्धकका रूपमा दरबार सिनेम्याक्स, गुण सिनेमा, रोयल ट्युलिप होटल, दरबार मलजस्ता ठूला व्यवसायहरूको ह्यान्डल गरिरहेका छन् । समय व्यवस्थापन गर्दै नेपाल अटोका सचिव, नेपाल चलचित्र संघका उपमहासचिव र नेपाल फाइनान्सका निर्देशकको भूमिकामा सफल देखिएका छन् । यी जिम्मेवारीहरूका बाबजुद पनि उनको मोह छ, मोटर स्पोट्र्स । जुन मोह कहिल्यै मरेन ।

सानैदेखि गाडीप्रति विशेष क्रेज थियो, दिप्रशको । १०–११ वर्षकै उमेरमा सहज रूपमा गाडी कुदाउँथे । गुण हलमा चलचित्र हेर्न आउने आफन्तहरूलाई ल्याउने–पु¥याउने काम उनैले गर्थे । गाडीप्रतिको क्रेजीनेस नै थियो । भिडियो गेममा पनि विशेष गरी रेसिङ गेमहरूमा रुचि राख्थे । विदेश जाँदा पनि उनले गो–कार्ट ट्र्याकमा अनुभव सँगाल्ने अवसर पाए । यसरी उनमा मोटर्स स्पोर्ट्सतिरको क्रेज बढ्न थाल्यो ।

१८ वर्षको उमेरमै युकेका मोटर स्पोट्र्स टोलीसँग प्रशिक्षण लिए । त्यहाँ आन्तरिक प्रतियोगिताहरूमा भाग लिन थाले । उनले दुबई र भारतमा पनि रेसिङको तालिम लिए । यस क्रममा अनुभवी प्रशिक्षकहरूसँग विभिन्न रेसिङ टेक्निक सिक्ने अवसरले कन्फिडेन्स बढायो ।

युनिभर्सिटी अफ दि वेस्ट अफ इङ्ग्ल्यान्डबाट मास्टर्स गरेर स्वदेश फर्के । पारिवारिक व्यवसायमा केन्द्रित हुनुपर्दा मोटर स्पोट्र्सलाई समय दिन गाह्रो थियो । तर, कोभिड–१९ महामारीले उनको जीवनमा नयाँ मोड ल्यायो । लकडाउनको समयमा विभिन्न अनलाइन गेमको खोजी गरे । यसै क्रममा डिजिटल मोटर स्पोट्र्स अर्थात् सिम रेसिङबारे जानकारी पाए ।

विश्वकपसम्मको यात्रा
सन् २०१९ मा एफआइए डिजिटल मोटर स्पोट्र्स वर्किङ ग्रुप स्थापना भएसँगै पहिलो एफआइए मोटर स्पोट्र्स गेम्समा डिजिटल कप समावेश भयो । कोभिड महामारीका कारण प्रत्यक्ष रूपमा रेसिङ खेल्न कठिन भयो । ई–स्पोट्र्स विकल्पको रूपमा अघि आयो । यसले दिप्रशका लागि नयाँ अवसरको ढोका खोल्यो ।

उनले नेपालबाट मोटर स्पोट्र्स विश्वकपमा प्रतिनिधित्व गर्ने अवसर दुई पटक पाए । सन् २०२२ र २०२४ मा नेपालबाट विश्वस्तरीय मोटर स्पोट्र्स वल्र्ड कपमा सहभागिता जनाए । फ्रान्समा रियल रेसिङअन्तर्गत कार्टिङ स्पिड रेसमा भाग लिएका थिए । स्पेनमा उनले सिम रेसिङ ई–स्पोट्र्समा प्रतिस्पर्धा गरे । विश्वकप तयारीका लागि उनले नेपालमै बसेर प्रशिक्षण गरे । ट्र्याकिङ रुल, ट्र्याकको ब्रेकिङ प्वाइन्ट, कर्नर ह्यान्डलिङ, फरक मौसममा कारको सेटअप र प्रतिस्पर्धामैत्री टेक्निकहरू सिके । ८२ देशका ६४६ खेलाडीहरूमध्ये ई–स्पोट्र्स विधामा मात्रै ७० देशका १ सय १७ खेलाडी प्रतिस्पर्धा गरिरहेका थिए । उनले उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टर फाइनलसम्मको यात्रा तय गरे ।

सिम रेसिङको सम्भावना
स्पेनको भ्यालेन्सियामा नेपालको झन्डा फहराउन पाउँदा उनी गर्वले भरिए । नेपाल फर्केपछि उनले नेपालमा सिम रेसिङको ठूलो सम्भावना देखे । नेपालमा मोटर स्पोट्र्सले लामो यात्रा तय गरिसकेको भए पनि रियल र भर्चुअल दुवै रेसिङ अझै विकासको चरणमै छ ।

रियल मोटर स्पोट्र्सले भौतिक पूर्वाधार, आर्थिक चुनौती, र प्रशिक्षणको अभाव छ । तर, यतिबेला सिम रेसिङ लोकप्रिय बन्दै गएको छ । सिम रेसिङका लागि महँगा सवारी साधन वा मर्मत आवश्यक पर्दैन, जसले गर्दा यो सुरक्षित विकल्प बन्न सक्छ । कम्प्युटर, गेमिङ सेटअप र सिमुलेटर भए पुग्ने भएकाले यो कम खर्चिलो खेल हो । खेलाडीले आफ्नै घरबाट प्रशिक्षण लिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्छन् ।

लक्ष्य: मोटर स्पोट्र्स र ई–स्पोट्र्सको केन्द्र
नेपालमा मोटर स्पोट्र्सको सम्भावना फराकिलो बनाउने लक्ष्यका साथ दिप्रश सिम रेसिङ प्रवद्र्धनमा तल्लीन छन् । सिमुलेटरहरू मगाउने योजना बनाइसकेका छन् । सिम रेसिङमार्फत नेपाली युवा र खेलप्रेमीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव र सफलता हासिल गर्न सक्नेमा उनी विश्वस्त छन् ।

दिप्रशको लक्ष्य छ, मोटर स्पोट्र्स र ई–स्पोट्र्सलाई लोकप्रिय बनाउँदै अन्तर्राष्ट्रिय खेलाडीहरूलाई नेपाली भूमिमा उभ्याउने । उनको मध्यकालीन योजना हो, नेपाली खेलाडीहरूलाई विश्वस्तरीय प्रतियोगितामा सहभागी गराउन सक्षम बनाउने ।

विश्वस्तरीय प्रतियोगिताको तयारी
ई–स्पोट्र्स प्रतियोगिता अनलाइन र अनसाइट (स्थलमै) दुवै ढाँचामा सञ्चालन गरिन्छ । अनलाइन प्रतिस्पर्धा घरमै बसेर गर्न सकिन्छ, जसका लागि सिमुलेटर सेटअप र उच्च गतिको इन्टरनेट आवश्यक पर्छ । अनसाइट प्रतियोगितामा भने सबै ड्राइभर एउटै स्थानमा भेला भएर प्रतिस्पर्धा गर्छन् । आयोजकले नै आवश्यक हार्डवेयर उपलब्ध गराउँछन् ।

विगत केही वर्षमा विश्वभर अनसाइट प्रतियोगिताको लोकप्रियता बढ्दै गएको छ । दिप्रशले केही समयभित्रै नेपालमा ६–७ वटा प्रोफेसनल सिमुलेटर मगाएको आइपुग्छन् । अब उनी मोटर ई–स्पोट्र्सबारे युवाहरूलाई बुझाउने अभियानमा लाग्ने तयारीमा छन् । मनोरञ्जनसँगै करियरको अवसर बनाउने उद्देश्यले नेपालमा प्लेटफर्म निर्माण गर्दै छन् ।

उनको चाहना छ, नेपालमै विश्वकप स्तरको सिम रेसिङ प्रतियोगिता आयोजना गर्ने । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सक्षम देश बन्न नेपालले धेरै खेलाडी उत्पादन गर्नुपर्छ । उनी भन्छन्, ‘म यसैको तयारीमा छु । प्रोफेसनल सिमुलेटरहरू पनि मगाइसकेको छु । अबको लक्ष्य हो, नेपाललाई मोटर स्पोट्र्स र ई–स्पोट्र्सको नयाँ हब बनाउने ।’

Topics:

Leave a Reply

Your email address will not be published. Required fields are marked *