आयुषाको मेराकी


सन् २००७ मा मिस टिनको उपाधि जितेकी आयुषाले लन्डनको युनिभर्सिटी अफ ब्राडफोर्डेबाट पब्लिक रिलेसन तथा इमेज म्यानेजमेन्टमा ब्याचलर डिग्री सकेर लन्डनमै रिजनल सेल्स म्यानेजरका रूपमा काम गरिन् ।

सन् २००७ मा मिस टिनको उपाधि जितेकी आयुषाले लन्डनको युनिभर्सिटी अफ ब्राडफोर्डेबाट पब्लिक रिलेसन तथा इमेज म्यानेजमेन्टमा ब्याचलर डिग्री सकेर लन्डनमै रिजनल सेल्स म्यानेजरका रूपमा काम गरिन् । वर्ष दिन काम गरेपछि उनलाई नेपालमै फर्केर आफ्नो पहिचान बनाउन रहर जाग्यो र उनी २०१५ मा नेपालमै फर्किन् । सानैदेखि मोडलिङ र व्यवसायमा रुचि राख्ने आयुषाको सफल उद्यमी बन्ने सपना थियो । लन्डनमा पढेको र त्यहाँको अनुभवले सफल हुन सक्रिय र मेहनतको जरुरत ठानेर लागिन् ।


आफ्नो व्यावसायिक यात्राको थालनी ‘मेकअप फुडी’ नामक इन्स्टाग्राम पेजबाट गरिन्, जहाँ उनले कोरियाली सौन्दर्य प्रसाधनहरू ल्याएर बिक्री अनलाइनमार्फत बिक्री गर्थिन् । उनलाई लाग्यो, नेपालमा राम्रो प्रोडक्ट र ब्रान्ड ल्याउन सकियो भने स्थापित हुन गाह्रो छैन । त्यो अवधिमा उनलाई आफ्नै क्रिएटिभिटी देखिने केही काम गर्ने चाहना भयो । त्यसपछि ज्वेलरी डिजाइनतिर लाग्न थालिन्, उनी ।


परम्परागत नेपाली हस्तकलालाई आधुनिक शैलीमा गहनाको रूपमा बजारमा ल्याउने सोचिन् । त्यही सोचका साथ ‘मेराकी’ नामक ब्रान्ड स्थापना गरिन् । यस ब्रान्डले गोल्ड प्लेटेट, चाँदी, तामा, पित्तल नेपाली हस्तनिर्मित गहनाहरू जस्तै— नेकलेस, ब्रासलेट, इयररिङ, औंठी बनाउँछ, जसले नेपाली कला, संस्कृति र परम्परालाई समेटेर विश्व बजारमा लैजाने उद्देश्य राखेको छ । नेपालमा पनि आयुषाको मेराकी ब्रान्डका ज्वेलरीहरू युवा जमातको च्वाइसमा पर्छ ।






आयुषाले आफ्नो डिजाइनमा परम्परा र आधुनिकताको मिश्रण गर्दै गहनालाई फेसनको अभिन्न अङ्ग बनाउने सोच अघि सारेकी छन् । उनका लागि व्यवसाय भनेको केवल नाफा कमाउने माध्यम मात्र होइन, नेपाली जातीय, सांस्कृतिक र धार्मिक विविधताको विश्वव्यापी पहिचान प्रवद्र्धन गर्ने प्लेटफर्म पनि हो । अहिले उनी मेराकी ज्वेलरीका साथमा नेल लाइफ आर्ट नेपाल सञ्चालन गरिरहेकी छिन् । ज्वेलरी डिजाइन र नेल आर्ट व्यवसायमा करियर बनाइरहेकी आयुषा व्यापार सफल बनाउन केवल उत्पादन राम्रो हुनु मात्र होइन, उपभोक्तासँगको सम्बन्ध, नयाँ कन्सेप्टमा काम गर्ने इच्छाशक्ति र निरन्तरतालाई पनि उत्तिकै महत्वपूर्ण ठान्छिन् ।’

तस्बिरहरु ः मिराकी र काब्य बुटिकको फेसबुक पेजवाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *