स्मार्ट फेसन


फेसन त्यही हो, जुन आफूलाई लगाउँदा सहज लाग्छ र सुहाउँछ । आफूलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो ।

फेसन त्यही हो, जुन आफूलाई लगाउँदा सहज लाग्छ र सुहाउँछ । आफूलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो । यस्तो पहिरनले तपाईँको आत्मविश्वास बढाउँछ । अर्थात् पहिरनको कारण कुनै किसिमको झन्झट व्यहोर्नु पर्दैन । कतै जाँदा आफूलाई फिट र सुहाएको पहिरन लगाएको छ भने बेग्लै आत्मविश्वास बढ्ने गायिका इन्दिरा जोशी बताउँछिन् । तर नेपालमा अहिले पनि कतिपय बलिउड, हलिउडका कलाकारहरू, सामाजिक सञ्जालहरूमा देखिएका तस्बिरका आधारमा त्यस्तै पहिरनहरू लगाउन खोज्छन् । त्यो चाहिँ गलत च्वाइस हो भन्दै जोशी भन्छिन , कसैलाई सुहाएको पहिरन, डिजाइन र कलरहरू अर्कोलाई पनि सुहाउँछ भन्ने हुदैंन । कतिपय ट्ेण्डमा रहेका फेसन पनि सबैलाई नै सुहाउँछ भन्ने हुँदैन । त्यसैले आफ्नो फिगर, स्किन टोन अनि समय र काम अनुसारको पहिरन च्वाइस हुनु पर्नै बताइन् । इन्दिरा फेसेनेबल गायिकाको रूपमा पनि परिचित छिन् । उनलाई पहिले देखि नै गीतमा जस्तै आफ्नो आउट फिटको मामिलामा पनि उतिकै सजग हुन्छिन् ।

कुनै बेला जाडो–गर्मीबाट बच्न र लाज राख्न एकसरो आङ ढाक्न पाए पुग्थ्यो मानिसलाई । पहिले लाज लुकाउन लगाउने पहिरन अहिले खाएको देखिन्न, लाएको देखिन्छ भन्दै पहिरनमा सम्झौता नगर्ने जमात छन् । बदलिँदो समयसँगै पहिरन आफैमा सौन्दर्यदेखि , आत्मविश्वासको कडी तथा सन्देशसमेत बन्दै गएको छ । पहिले विवाह , अन्य पार्टी तथा चाडपर्वमा मान्छे नयाँ–नयाँ आभूषणमा सजिन रुचाउँथ्यो । तर आज दैनिक जीवनमै युवा जमात मात्रै होइन, कामकाजी, गृहिणी देखि पुरुषहरू पनि आकर्षक गेटअपमा हिँड्छन् ।

अहिलेको पुस्ताहरू देखिन र देखाउन चाहन्छन्, जसरी भए पनि आकर्षक र फरक देखिने चाह उनीहरूमा हुन्छन् । अहिलेका पुस्ताहरू अर्थात् टीनएजरहरु केपपका फ्याहरु छन्, कोरियन सिनेमा, सङ्गीत र फेसनले पनि नेपालका किशोर पुस्तालाई लोभ्याइरहेको छ, बाँकी विश्वलाई झैँ । सन् १९९० को दशकपछि आफ्नो बेग्लै लुक, फिल र स्टाइलका कारण कोरियन पपले लोकप्रियता पायो । सन् २००० बाट के–पपको क्रेज चुलियो । ऊनीहरूकै सिको गरेर लगाउन र हिँड्न खोज्छन् । जसको लागि उनीहरू कोरियन लुक्सका पहिरनहरू लगाउन चाहन्छन् ।

मानिसहरू स्मार्ट र सुन्दर देखिने चाहना सँगै पहिरनका शोरुमहरूमा पनि विविधता देखा पर्दछन्। पहिरनका शोरुममा पनि क्याजुयल ,् रेडिमेड तथा डिजाइनर वेयरहरू छ्यापछ्याप्ती छन् । अहिले रेडिमेड पहिरन टिनएजहरू प्रति लक्षित छन् भने बुटिकमा प्लस २५ लाई लक्षित गरी पहिरन डिजाइन गरिएको पाइन्छ ।

कुनै समय सम्भ्रान्त परिवारका सदस्यले मात्र प्रयोग गर्दै आएका बुटिकका डिजाइनर पहिरन अहिले सर्वसाधारणहरूको रोजाइमा समेत पर्न थालेका छन् । बढ्दो आधुनिकता एवं सहरीकरणले गर्दा मुलुकभर बुटिक व्यवसाय फस्टाउँदै गएको छ । बढ्दो प्रतिस्पर्धाले बुटिकमा पनि आम उपभोक्ताको पहुँच सहज र सस्तो बनाएको छ । शरीर सुहाउँदो पहिरन तयार गरिने हुँदा पनि बुटिक नै धेरैको रोजाइमा पर्ने फेसन डिजाइनर मोनिमा जोशी बताउँछिन् ।

अहिले कुपन्डोलमा मात्र सयभन्दा बढी बुटिक छन् । दरबारमार्ग, न्यूरोड, नक्साल, भाटभटेनी,नयाँ तथा पुरानो बानेश्वर, महाराजगन्ज, पानी पोखरी, लाजिम्पाट, जाउलाखेल आदि स्थानहरूमा समेत बुटिकको सङ्ख्या बढ्दो छ । उपत्यकामा सानाठूला बुटिकको सङ्ख्या ४ सयभन्दा बढी छन् । अहिले कुपन्डोललाई बुटिकको हब समेत भनिन्छ ।

photo :Kaavya Soul of Fashion (Boutique)

बजारमा चलेको फेसनलाई आफू सुहाउँदो पहिरन शैली अपनाउनुपर्ने फेसन डिजाइनर रमिला नेमकुलको सुझाव छ । उनी भन्छन्, ‘यसले फेसनेबल देखाउनुका साथै अरूभन्दा फरक देखाउँछ ।’ त्यसका साथै फेसन भनेको सहज लाग्ने र अवसर अनुकूल पनि हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘स्टाइलिस देखिनका लागि पहिरनको संयोजनमा भने उचित ध्यान दिनुपर्छ ।’ हरेक सिजनमा उही परिहन शैली पुनरावृत्ति हुन्छ ।’हरेक वर्ष एकदमै नयाँ र पृथक् शैलीको फेसन चल्छ भन्ने होइन । गएको सिजनमा चलेको पहिरनमा थोरै मोडिफाई भने हुनसक्ने उनी बताउँछन् ।

नेपालमा भौगोलिक स्थितिअनुसार फरक–फरक पोसाक छन् । हिमालमा बख्खु, दोचा लगाइन्छ भने पहाडमा दौरा–सुरुवाल, चोलो–धोती लगाइन्छ । तराईमा फरिया, जामा, धोती र भेस्ट लगाइन्छ । ती भौगोलिक अनुसारका पहिरनहरूलाई पनि दैनिक रूपमा लगाउन मिल्ने डिजाइन गर्ने सक्यौँ भने हाम्रो पहिरनहरु पनि अन्तराष्ट्यि बजारले रुचाउन सक्ने लन्डनमा फेसन करियर अगाडी बढाइ रहेकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठ बताउँछिन् ।

फेसन ट्रेन्ड कस्तो चल्दैछ भन्ने कुरा मुख्यतः मौसमले तय गर्छ । जसरी मौसम परिवर्तन हुन्छ, त्यसै गरी फेसन ट्रेन्ड पनि फेरिँदै जान्छ । जस्तो–जाडोमा गाढा रङ्गको न्यानो पहिरन, गर्मीमा उज्यालो रङ्गको हल्का र खुल्ला अनि वर्षामा रङ्गिन र वाटर प्रुफ । कतिपय फेसन ट्रेन्ड कहिल्यै पुरानो हुँदैन, जुन सदाबहार चल्छ र जुनसुकै समयमा पनि लगाउन सकिन्छ । जसमा जिन्स र सारीलाई लिन सकिन्छ । जिन्समा पनि कतिपय ट्रेन्ड निश्चित समयसम्म चल्छ र हराउँछ ।

फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाका अनुसार सन् २०२४ फेसन कलर ट्रेन्डमा सुन्तला, नियोन ग्रीनका साथमा चहकिला रङ्गहरू छन् । पृथ्वी र जैविक तत्त्वहरूसँग मेल खाने रङका रुपमा सुन्तला–खैरो टोनको रंग पनि फेसनमा छन् । यस पटक लुज पाइजामा स्टाइलका पाइन्ट, फ्लेरी ड्रेसेसहरु फेसनमा छ भने फिटेट पहिरनहरू भने खासै फेसनमा छैन ।

इभेन्टहरूमा लगाइने गाउनहरूमा भने यस पटक इम्ब्रोडरी, एक भन्दा बढी कलरको कम्बिनेसन आउट भएको छ । कान्सकै फिल्म फेस्टिबेल नै हेर्ने हो भने पनि प्राय ः सेलिब्रेटीहरु गाउनमा पुरै एउटै कलर र कपडालाई नै प्रयोग गरेर र्याप, ड्रयाप गरेका गाउनहरूमा देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *