एपेकको ‘भानु–भेला’


एपेक नेपालले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर विशेष कवितावाचन कार्यक्रमको आयोजन गर्दै ‘भानु–भेला’ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी साहित्यकार उषा शेरचनले आदिकवि भानुभक्तको सम्झनामा गरिएको काव्य गोष्ठीले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरिन् । कार्यक्रममा कविहरू उषा शेरचन, युवराज अधिकारी, राजेन्द्र शलभ, मणि लोहनी, अनिता लामा, रीता खत्री, बिटु केसी, अलका…

एपेक नेपालले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर विशेष कवितावाचन कार्यक्रमको आयोजन गर्दै ‘भानु–भेला’ सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी साहित्यकार उषा शेरचनले आदिकवि भानुभक्तको सम्झनामा गरिएको काव्य गोष्ठीले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरिन् ।

कार्यक्रममा कविहरू उषा शेरचन, युवराज अधिकारी, राजेन्द्र शलभ, मणि लोहनी, अनिता लामा, रीता खत्री, बिटु केसी, अलका मल्ल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, विश्व सिग्देल, दीप दर्पण, सुरेश नेपाल, मनोजादित्य न्यौपाने, त्रिभुवनचन्द्र वाग्ले, तुलसीहरि कोइराला, मुरारि सिग्देल, मीना श्रेष्ठ, उमा सुवेदी, सिर्जना दुवाल, विमला तुम्खेवाले कवितावाचन गरे ।

एपेकका संयोजक कवि शलभले संस्थाले गर्दै आएका काम र आउँदा दिनमा कविताका विषयमा गरिने कार्यबारे बताए । सोही अवसरमा कवि विश्वविमोहनको वाचनमा भिडियो कविता प्रस्तुत गरियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *