प्रतिभा सम्मान प्रवन्ध गुठीद्वारा शिक्षासेवी सम्मान


प्रतिभा सम्मान प्रवन्ध गुठी, बनेपाले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ६ जना शिक्षासेवीलाई सम्मान गरेको छ। शनिबार आयोजित एक विशेष कार्यक्रममा जिल्लाका पाँच जना तथा जिल्लामा रही सेवा प्रदान गर्ने एक जना शिक्षासेवीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। गुठीका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले…

प्रतिभा सम्मान प्रवन्ध गुठी, बनेपाले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ६ जना शिक्षासेवीलाई सम्मान गरेको छ। शनिबार आयोजित एक विशेष कार्यक्रममा जिल्लाका पाँच जना तथा जिल्लामा रही सेवा प्रदान गर्ने एक जना शिक्षासेवीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

गुठीका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा २०८१ सालको शिक्षासेवी सम्मान तेजगंगा बहुमुखी क्याम्पस, पनौतीकी संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की, काभ्रे क्याम्पसकी पूर्व क्याम्पस प्रमुख कमला कायस्थ तथा काभ्रे माविका पूर्व प्रिन्सिपल गोविन्दलाल प्रधानाङ्गलाई प्रदान गरिएको थियो।

त्यसैगरी, २०८२ सालको सम्मान चैन्तन्य क्याम्पसका प्राध्यापक प्रा. भोला केसी, पूर्व शिक्षक माधवप्रसाद अधिकारी तथा प्रा. डा. रामप्रसाद न्यौपानेलाई प्रदान गरिएको अध्यक्ष मोहन दुवालले जानकारी दिनुभयो।

प्रतिभा सम्मान प्रवन्ध गुठी परिवारले हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै शिक्षाक्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गर्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *