नरेन्द्र श्रेष्ठको तस्बिर ‘वर्ल्ड प्रेस फोटो’को उत्कृष्ट सूचीमा


नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गरेको छ। नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ले विश्वकै प्रतिष्ठित ‘वर्ल्ड प्रेस फोटो’ अवार्ड २०२६ अन्तर्गत वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रको ‘सिंगल’ क्याटेगोरीमा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। उनले गत भदौ २४ गते ‘जेन–जी’ प्रदर्शनका क्रममा आगजनीपछि जल्दै गरेको नेपालको प्रमुख प्रशासनिक…

नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गरेको छ। नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ ले विश्वकै प्रतिष्ठित ‘वर्ल्ड प्रेस फोटो’ अवार्ड २०२६ अन्तर्गत वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रको ‘सिंगल’ क्याटेगोरीमा प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पारेका छन्।

उनले गत भदौ २४ गते ‘जेन–जी’ प्रदर्शनका क्रममा आगजनीपछि जल्दै गरेको नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार को शक्तिशाली तस्बिरमार्फत यो उपलब्धि हासिल गरेका हुन्। उक्त तस्बिरले विश्वभरका हजारौं प्रतिस्पर्धीबीच उत्कृष्ट ठहरिँदै नेपाली फोटो पत्रकारिताको क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको छ।

Fire and smoke engulf Singha Durbar after protesters stormed and set the government complex alight during violent demonstrations, in Kathmandu, Nepal, 09 September 2025 (reissued 09 April 2026). This image by EPA Images photographer Narendra Shrestha has won a World Press Photo 2026 award in the West, Central, And South Asia singles category.

सन् १९५५ मा नेदरल्याण्डबाट सुरु भएको यस प्रतिष्ठित प्रतियोगिताको ७१औँ संस्करणमा यस वर्ष १४१ देशका ३,७४७ जना फोटो पत्रकार सहभागी भएका थिए। कुल ५७,३७६ तस्बिर मध्ये श्रेष्ठको तस्बिर उत्कृष्ट चयन हुनु आफैंमा उल्लेखनीय उपलब्धि हो।

अवार्ड वितरण आगामी मे महिनामा यो प्रतिष्ठित अवार्डको औपचारिक वितरण आगामी मे २८ तारिखमा नेदरल्याण्डमा हुनेछ । अवार्डसँगै विजेताले नगद एक हजार युरो र अन्य सम्मानहरू प्राप्त गर्नेछन् । विश्वभरका फोटो पत्रकारहरूका लागि यो अवार्ड पाउनुलाई एउटा अन्तिम इच्छा र ठूलो गौरवको विषय मानिन्छ ।

नरेन्द्र श्रेष्ठ ‘वाह जिन्दगी’ पत्रिकाका “नरेन्द्रको लेन्स” स्तम्भका नियमित स्तम्भकार पनि हुन्। उनको यो सफलता समग्र नेपाली फोटो पत्रकारिताको पहिचान र आत्मविश्वासको उचाइ हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *