एनसेल–बाह्रखरी गल्फ : उज्ज्वल र विपनाको चम्किलो जित


एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगितामा यस वर्ष पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा दर्ज गरेका छन्। गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतिस्पर्धामा प्रधानाङ्गले ४० अंक जोड्दै शीर्ष स्थान हासिल गरे। उनले उपाधिसँगै सुनको बल पुरस्कार प्राप्त गरे। निकै प्रतिस्पर्धात्मक खेलमा तरूण अग्रवाल ३९ अंकसहित दोस्रो स्थानमा रहे। महिलातर्फ विपना…

एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगितामा यस वर्ष पुरुषतर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा दर्ज गरेका छन्।

गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतिस्पर्धामा प्रधानाङ्गले ४० अंक जोड्दै शीर्ष स्थान हासिल गरे। उनले उपाधिसँगै सुनको बल पुरस्कार प्राप्त गरे। निकै प्रतिस्पर्धात्मक खेलमा तरूण अग्रवाल ३९ अंकसहित दोस्रो स्थानमा रहे।

महिलातर्फ विपना श्रेष्ठले ३७ अंकका साथ उपाधि जित्दा उनकी निकटतम प्रतिस्पर्धी आस्था दुलाल ३४ अंकसहित उपविजेतामा सीमित भइन्।

६० वर्ष माथिको सिनियर विधामा विजय बहादुर श्रेष्ठले ३४ अंकसहित उत्कृष्टता देखाउँदै विजयी बने।

स्टेबलफोर्ड फर्म्याटमा सञ्चालन गरिएको प्रतियोगितामा खेलाडीहरूले ‘थ्री क्वार्टर ह्यान्डिक्याप’ अनुसार प्रतिस्पर्धा गरेका थिए। बेस्ट ग्रसतर्फ आङगेलु डेन्डुप विजेता बने भने ‘क्लोजेस्ट टु द पिन’ कंचन बस्नेत र ‘लङ्गेस्ट ड्राइभ’ डिकेश मल्होत्राले जिते। बर्डिज विधामा तरूण अग्रवालले बाजी मारे।

यस प्रतियोगितामा महिला र पुरुष गरी कुल १०५ खेलाडीको सहभागिता रहेको थियो। विशेष आकर्षणको रूपमा राखिएको ‘होल इन वान’ यस वर्ष पनि कसैले बनाउन सकेनन्, जहाँ पुरस्कारस्वरूप बीवाईडीको ‘एट्टो २’ गाडी राखिएको थियो।

विजेताहरूलाई कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती(फस्ट लेडी) सबिना काफ्ले,  साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, द नेपाल डिस्टिलरीका सीईओ रमेश कृष्णनन, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य तथा अध्यक्ष एवं प्रधान सम्पादक प्रतीक प्रधानले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।

यो प्रतियोगिता नवौँ संस्करण हो। गत वर्ष पुरुषतर्फ दोर्जे होजाङस्टाङ र महिलातर्फ आरती राज्यलक्ष्मी राणाले उपाधि जितेका थिए।

प्रतियोगितासँगै आर्थिक परिसंवादसमेत आयोजना गरिएको थियो, जसले खेल र आर्थिक विमर्शलाई एकै मञ्चमा जोड्ने प्रयास गरेको देखियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *