क्षणिक ‘वाह, वाह’ र ‘भ्युओर्स’ कमाए पनि कालजयी बन्न सक्दैन


यतिबेला आज सिक्यो, भोलि नै हिट भइहाल्ने सोच भएका स्रष्टाको जमात धेरै छ । कतिपयले आफ्नो सांगीतिक क्षमतासमेत पहिचान गर्न सकेका छैनन् ।

यतिबेला आज सिक्यो, भोलि नै हिट भइहाल्ने सोच भएका स्रष्टाको जमात धेरै छ । कतिपयले आफ्नो सांगीतिक क्षमतासमेत पहिचान गर्न सकेका छैनन् । तैपनि सांगीतिक क्षेत्रमा होमिएका छन् ।

टेक्नोलोजीका कारण पैसा खर्च गर्ने सक्ने जो कोही गायक र संगीतकार बन्न सक्ने सम्भावना बढ्दै गएको छ । यस प्रवृत्तिले संगीतिक क्षेत्रको उचाइ घटाउने आँकलन गरिएको छ । प्रविधिलाई सदुपयोग गरेर राम्रा सिर्जना गर्न सकिन्छ, तर यसतर्फ कमै ध्यान दिइएको छ । अहिलेका पुस्ता संगीत साधनाको महत्त्वप्रति संवेदनशील नभएकोसमेत आरोप लगाइन्छ । पछिलो समय सर्जकको चाहना बनेको छ– जसरी नि भाइरल हुनु र युट्युबमा धेरैभन्दा धेरै भ्युओर्स बढाउनु ।

स्टेजमा गएपछि थाहा भइहाल्छ । दर्शकलाई झुक्याउन सकिँदैन । स्टुडियो रेकर्डिङ र लाइभ बिलकुलै फरक हुन्छ ।

पछिल्लो समय प्रविधि र पैसा खर्च गरेर गायक गायिका बन्ने धेरै भएको गायक प्रेमध्वज प्रधानको टिप्पणी छ । उनी भन्छन्, ‘तर यो अवस्था सधैं नरहला । स्टेजमा गएपछि थाहा भइहाल्छ । दर्शकलाई झुक्याउन सकिँदैन । स्टुडियो रेकर्डिङ र लाइभ बिलकुलै फरक हुन्छ । जन्मिँदै कसैले सिकेर आएको हुँदैन तर संगीतमा लाग्ने हो भने संगीतप्रतिको ज्ञानचाहिँ हुनैपर्छ ।’

संगीतमा साधना गर्ने सर्जकलाई अहिलेका गीत संगीत सुन्दा कस्तो लाग्छ रु उनीहरू दाबी गर्छन्– भाव नभएका गीतसंगीतले क्षणिक ‘वाह, वाह’ र ‘भ्युओर्स’ कमाए पनि कालजयी बन्न कदापि सक्दैन ।

गीत कालजयी बनाउन गुणात्मक कुरामा ध्यान दिनुपर्छ । यसो भन्दैमा अहिलेका सबै गीतसंगीत, गायक गायिकाहरू राम्रा छैनन् भन्न खोजिएको होइन । तर कतिपय राम्रा राम्रा गीतहरू बजारमा आएका छन् । चर्चित सर्जकसमेत ट्रेडिङ, भ्युओर्स र भाइरलको होडको पछि लागेका छन्, जुन नेपाली संगीतका लागि विडम्बनाको स्थिति हो ।

कोभिड–१९ को मारमा पनि दिनमा सयौं गीत रेकर्ड हुन्छन् । तर केही गीत मात्र श्रवणीय छन् । कतिपय गीतहरू भिडियो र भाइरल बनाइने संयन्त्रका कारण हिट भए पनि केही दिनमै गुमनाम भएका छन् । समय र प्रविधिअनुसार गीत संगीतमा प्रभाव पर्नु स्वाभाविकै हो । समय र प्रविधिअनुसार चल्न सकेन भने पछाडि पर्ने कुरा सही हो । तर, मेहनत, साधना र निरन्तरताविना प्रतिफल खोज्ने प्रवृत्तिले संगीतलाई माथि लैजानुको सट्टा अझै तलै पुर्‍याउँछ ।

नयाँ पुस्तामा संगीतमा साधना गर्नुपर्छ भन्ने सोचको अभाव छ । र, ‘भाइरल’ शब्दले संगीतलाई नै ध्वस्त बनाउला भन्ने डर छ ।

संगीतमार्फत सर्जकको आर्थिक स्तर सुध्रिँदै गएको छ, जुन संगीत साधकका लागि राम्रो पनि हो । पहिले संगीतमा अवसर निकै कम थियो । भौतिक र आर्थिक हिसाबले धेरै कुराको आशा गर्ने समय पनि थिएन । त्यतिबेला संगीतमा लागेर आर्थिक रूपमा प्रगति गर्छु भन्ने सोच कमै हुन्थ्यो ।

कलाकारहरू समर्पण भावले टोलटोलका पाटी, मठमन्दिरमा गाउन र बजाउन पुग्थे । पारिश्रमिक लिने चलन थिएन । गायिका अञ्जु पन्त पनि सानै उमेरदेखि मन्दिरमा गएर भजन गाउँथिन् । नक्साल भगवतीमा उनी नियमित भजन गाउन पुग्थिन् । जहाँबाट उनमा संगीतप्रतिको दृष्टिकोण नै परिवर्तन भयो । साधनाबाटै राम्रो गीत संगीत सिर्जना हुने उनको भनाइ छ ।

नियमित १०–१२ घण्टासम्म रियाज गर्ने अञ्जु पन्त अहिलेको संगीतिक बजार देखेर दुःखी छिन् । केही समययताको नेपाली गीतको अवस्थाबाट अञ्जु पन्त मात्र होइन, धेरै राम्रा स्रष्टाहरू चिन्तित छन् । उनी अहिलका गीतहरूमा जीवन्तता नै देख्दिनन् । उनी नयाँ पुस्तामा संगीतमा साधना गर्नुपर्छ भन्ने सोचको अभाव भएको बताउँछिन् । ‘भाइरल’ शब्दले संगीतलाई नै ध्वस्त बनाउला भन्ने डर छ ।

अहिले जग बलियो भए घर बलियो हुन्छ भन्ने भेउ नै छैन । अहिले रियाज, साधना नै नगरी टेक्नोलोजीको दुरुपयोग गरेर अटो ट्युनको सहारामा क्षणिक हिट हुने दौरानमा रहेका कलाकारलाई उनी ‘विचरा’ भन्न रुचाउँछिन् । उनीहरूको गायकी कला धेरै दिनसम्म दर्शक, श्रोतमाझ नलुक्ने धारणा राख्छिन् ।

यस्तै, गायक दीप श्रेष्ठ भन्छन्, ‘सुर–ताल, गायकीको ज्ञान नभएकाहरूले टेक्नोलोजीको भरमा गीत गाएर हिट भए पनि सदाबहार हुन कदापि सक्दैन ।’

गायकको खुबी लाइभ परफर्मेन्स र कन्सर्टमा छर्लंग हुने दीप श्रेष्ठ बताउँछन् । अहिलेको प्रविधिले काम गर्ने शैलीमा धेरै सजिलो बनाएको छ भने विकृति पनि उत्तिकै आएको छ । प्रविधिको पछाडि राम्रा गायक, संगीतकारहरू पनि आकर्षित भएर लागेको गायक प्रेमध्वज प्रधानलाई पटक्कै मन परेको छैन ।

भगवानले दिएको स्वर पछिसम्म रहिरन्छ । कम्प्युटराइज्ड गरिएको स्वर धेरै दिनसम्म टिक्दैन

‘छोटो समयमा हाइलाइट भएको देख्दा मेहनत गरेर आएको कलाकारहरू पनि त्यसतिर सोच्न बाध्य बनाउँछ,’ प्रधान भन्छन्, ‘टेक्नोलोजीले मोडिफाइ गरेको गीत सुन्दा सुन्दै स्रोताहरू नेचुरल गीत सुन्न भौँतारिन्छ र फेरि राम्रो सिर्जनाकै माहोल बन्छ ।’

गायिका लोचन भट्टराई भन्छिन्, ‘गायक–गायिका बन्न पहिले आफ्नो क्षमता र दिमागले कतिसम्म भ्याउँछ रु स्वभाव मिल्छ कि मिल्दैन रु पहिल्याउनुपर्छ ।’

उनी आर्टिफिसियल तरिकाले आएका स्रष्टा सांगीतिक क्षेत्रमा धेरै समय नटिक्ने बताउँछिन् । उनी भन्छिन्, ‘रहरले आउनेलाई नआऊ पनि भन्न मिल्दैन । टेक्नोलोजी र पैसाका कारण गायक, गायिका बनेका स्रष्टालाई नेपाली मिडियाले झनै हाइलाइट गरेको छ ।’

उनी आफ्नो पालामा जस्तो पुराना पुस्तालाई गरिने सम्मान र उनीहरूसँग सिक्ने चाह अहिलेका स्रष्टामा नभएको बताउँदै भन्छिन्, ुनयाँले पुरानो पुस्तासँग धेरै कुरा सिक्न सक्छन् तर त्यो वातावरणै छैन ।’

गायिका देविका वन्दना टेक्नोलोजीले एकै पटक धेरैमाझ लोकप्रिय हुने मौकासमेत भएको बताउछिन् । टिकटक, युट्युब र फेसबुकले एकै पटक चर्चामा आउन सकिने हुँदा उनी प्रविधिको फड्कोलाई सकारात्मक रूपमा लिन्छिन् । उनी भन्छिन् ‘भगवानले दिएको स्वर पछिसम्म रहिरन्छ । कम्प्युटराइज्ड गरिएको स्वर धेरै दिनसम्म टिक्दैन ।’

यतिबेला अटो ट्युनलगायतका एपका कारण जोकोही गायक गायिका बन्न सक्ने माहोल तयार छ । र, ट्रेन्डिङ र भ्युओर्सको होडले वास्तविक सर्जक छायामा परेका छन् ।

त्यस्तै, गुरु–चेलाको सम्बन्ध, गुरुप्रतिको सद्भाव, सांगीतिक घरानाका कुराहरू नयाँ पुस्ताका लागि एकादेशको कहानी भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘गुरुकहाँ संगीत सिक्न जाने, गुरुको सेवा गर्ने र घरमा घण्टौं रियाज गर्नुपथ्र्यो । त्यो संस्कार अहिले छँदै छैन ।’

४० को दशकसम्म संगीतलाई साधनाका रूपमा लिने कलाकारको उपस्थिति बाक्लै थियो । त्यसभन्दा अगाडिका संगीतकारहरू त संगीतलाई साधनाका रूपमा मात्रै लिन्थे । साधना र आत्मसन्तुष्टिका लागि गाउने चलन थियो । उच्च गुणस्तरका गीत सिर्जना गर्ने प्रतिस्पर्धा नै हुन्थ्यो ।

यतिबेला अटो ट्युनलगायतका एपका कारण जोकोही गायक गायिका बन्न सक्ने माहोल तयार छ । र, ट्रेन्डिङ र भ्युओर्सको होडले वास्तविक सर्जक छायामा परेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *