ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयो


बालकुमारी मन्दिरमा घोडालाई पूजा गरेर पानसुपारीका साथ उक्त घोडालाई नेपाली सेनाको जिम्मा लगाउने गरिन्छ। जात्रामा प्रयोग गर्ने घोडा सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी शाखाबाट ल्याउने चलन छ।

काठमाडौंमा सामूहिक रूपमा टुँडिखेलमा घोडा कुदाएर घोडेजात्रा मनाइरहँदा ललितपुरमा भने एउटा मात्र घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइएको छ।

तस्बिर ः सुप्रिन्स शाक्य

पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औँसीको दिन यो जात्रा मनाउने चलन रहेको हो। उक्त घोडेजात्रा बल्खु टोलका भिमसेन गुठी च्योःखलले चलाउने गर्दछन्।

ललितपुरमा मनाइने उक्त घोडालाई मंगलबजारभित्र लगी दानापानी खुवाएर बल्खुटोलमा लगेर पूजाविधि गरेर घोडेजात्रा सुरू गरिन्छ। घोडालाई पाटनको मंगलबजारमा लगि दानापानी र प्रसादको रूपमा नेवारी खानेकुरासहित रक्सी खुवाएर परम्परागत रूपमा प्रक्रियास्वरूप पूजाविधि गरी घोडेजात्रा मनाइन्छ।

घोडालाई ललितपुरको मंगलबजार, बल्खु टोल, च्यासल हुँदै बालकुमारी मन्दिरसम्म पुर्‍याइएको थियो। घोडालाई बालकुमारी मन्दिरमा तीनपटकसम्म घुमाइसकेपछि घोडेजात्रा सम्पन्न हुन्छ।

बालकुमारी मन्दिरमा घोडालाई पूजा गरेर पानसुपारीका साथ उक्त घोडालाई नेपाली सेनाको जिम्मा लगाउने गरिन्छ। जात्रामा प्रयोग गर्ने घोडा सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी शाखाबाट ल्याउने चलन छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *