तीज नेपाली महिलाहरूका लागि मात्र नभई सिङ्गो समाज र व्यक्तिका निम्ति एक भावनात्मक उत्सवका रूपमा स्थापित भइसकेको छ, जहाँ आत्माभिव्यक्ति, आस्था र सौन्दर्य एकैसाथ प्रकट हुने गर्छन् । हरितालिका तीजमा व्रत, नाचगान, सारी, शृङ्गार र सामूहिक–भाव मिसिएको हुन्छ ।

जब सौन्दर्यको कुरा आउँछ, त्यसमा रातो रङ्ग कसरी छुट्न सक्छ र ! रातो सारी, रातो चुरा, रातो टीका— यी सबैले तीजको पारम्परिक लुकको पहिचान दिन्छ । यिनै पहिरनलाई अझ निखार्ने काम गर्छ— सुहाउँदो मेकअपले । त्यसैले, रातो पोसाकसँग मेल खाने सन्तुलित र समायोजनरूपी मेकअप नै आजको सौन्दर्य संस्कृतिमा महत्वपूर्ण बनेको छ ।
रातो कपडामा सजिनुलाई भारी मेकअप गर्नु भन्ने अर्थमा बुझ्नु हुँदैन । बरु सो लुकमा सन्तुलन ल्याउनु रातोको शक्ति झल्काउने तर अनुहारलाई ओभरसेड नगर्ने तरिका अपनाउनु हो । सुरु गरौँ— मेकअपको पहिलो आधार स्किन प्रेपबाट ।
हेल्दी स्किन नै सुन्दर मेकअपको आधार
रातो पहिरन एकदमै झल्किने रङ्ग हो । त्यसैले, मेकअपको पूर्वतयारी अर्थात् स्किन प्रेपिङ झनै महत्वपूर्ण हुन्छ ।
के गर्ने ?
क्लिन्जिङ, टोनिङ र हाइड्रेटिङ— स्किन क्लिन राख्नाले मेकअप राम्रोसँग बस्छ ।
प्राइमर अनिवार्य रूपमा प्रयोग गर्नुहोस् । यसले स्किनलाई समतल बनाउने मात्र होइन, मेकअपलाई घाम, पसिना र समयसँग टिकाइराख्ने काम गर्छ ।
हलुका, म्याट फिनिस भएको फाउन्डेसन प्रयोग गर्नु उपयुक्त हुन्छ । ग्लोइङ लुक चाहिएको भए पनि चम्किलो मेकअप रातो रङ्गसँग गडबड हुन सक्छ ।
आँखाको मेकअप : हेर्नुजस्ता बनाउने कला
रातो कपडामा आँखा निर्णायक हुन्छ । अर्थात् यो तपाईंको अनुहारमा सबैभन्दा पहिले ध्यान जाने स्थान हो ।
शैली– १ : गोल्डन–ब्राउन स्मोकी टच
गोल्ड र ब्राउन आइसेडोको सटल ब्लेन्डिङले पारम्परिकता र मोहकता दुवै ल्याउँछ ।
बाहिरी कुनामा हलुका स्मोकी टचले गहिरोपन थप्छ ।

शैली– २ : विङ लाइनर र गाजल
इनर वाटरलाइनमा कालो गाजल लगाएर माथिल्लो पलकमा विङ लाइनर बनाउनुहोस् ।
यो क्लासिक ‘नेपाली लुक’ सँग मिल्ने मेकअप शैली हो ।
नोट : यदि आँखाको मेकअप हेभी गरिँदै छ भने लिपस्टिकलाई सटल राख्न जरुरी हुन्छ । ब्यालेन्स नै सुन्दरता हो ।
३. ओठको मेकअप : ‘सिग्नेचर रेड’ वा ‘सटल पिङ्क’ ?
रातो सारीसँग रातो लिपस्टिक कालजयी कम्बिनेसन हो । तर सधैँ लुकको सन्तुलनलाई विचार गर्नु आवश्यक हुन्छ ।

छनोटको आधारमा
हेभी आई मेकअप भएमा ः न्युड पिङ्क, मउभ टोन वा क्यारेमेल ब्राउन लिपस्टिक रोज्नुहोस् ।
सटल आँखाको मेकअप भएमा ः आत्मविश्वासका साथ ‘सिग्नेचर रेड’ लिपस्टिक लगाउनुहोस् । म्याट टोन लामो समयसम्म टिक्ने र तीजको रमाइलोमा भङ्ग नहुने विकल्प हो ।
टिप्स
लिपलाइनर प्रयोग गरेर लिपको आकारलाई परिभाषित गर्नुहोस् ।
लिपस्टिक लगाउनुअघि लिप बाम प्रयोग गर्न नबिर्सनुहोस्, यसले ओठलाई नरम बनाउँछ ।

४. ब्लस र हाइलाइटर : अनुहारमा जीवन थप्ने तत्वहरू
रातो पहिरनमा ब्लसको टोन यदि मिलेन भने लुक कृत्रिम देखिन्छ । त्यसैले ब्लस र हाइलाइटर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ ।
उपयुक्त ब्लस सेड्स :
रोज गोल्ड
पिच टोन
वार्म पिङ्क
हाइलाइटर प्रयोग स्थानहरू :
गालाको हड्डी
नाकको पुल
चिउँडो
आइब्रोको मुनिको भाग
यी क्षेत्रहरूमा हाइलाइटरले अनुहारमा प्राकृतिक चमक ल्याउँछ, फोटोमा राम्रो देखिन्छ ।
५. हेयरस्टाइल : गजरा, वेभ्स वा ब्रेड्स ?
हेयरस्टाइलले पनि पहिरन र मेकअपजस्तै लुकमा केन्द्रीय भूमिका खेल्छ ।
परम्परागत लुकका लागि ः
लो बन (लो जुडा) विथ गजरा— क्लासिक, सालिन र सुरुचिपूर्ण
साइड ब्रेडेड हेयर— साडी वा कुर्ता दुवैमा सुहाउँदो
लुज वेभी हेयर— आधुनिक र हलुका पारम्परिक मिक्स लुक
हेयरस्टाइलसँग टिक्का, पोल्की, सिम्पल हेयर चेन वा कुन्दन क्लिपजस्ता सजावटले थप सौन्दर्य ल्याउँछ ।
६. ब्रो र बिन्दी : सानो छ तर असरदार
आँखा र ओठ जति महत्वपूर्ण छन्, त्यति नै ब्रो (भौँ) र बिन्दी पनि प्रभाव पार्ने भाग हुन् ।
भौँलाई सन्तुलित, सफा र प्राकृतिक बनाउनुहोस् । अत्यधिक बनावटी ब्रोले लुक बिगार्न सक्छ ।
बिन्दीमा रङ्ग र आकारको छनोट पहिरनअनुसार गर्नुहोस् । साना रातो वा कालो–रातो मिश्रित गोलाकार बिन्दी ट्रेडिसनल लुकमा उत्तम देखिन्छ ।
तीज, केवल विभिन्न पोसाक र गहना प्रदर्शन गर्ने पर्व मात्र होइन, यो आत्माभिव्यक्तिको सुन्दर अवसरसमेत हो । यो उत्सव परम्परागत पोसाक र आधुनिक सौन्दर्य चेतनाबीच सन्तुलन मिलाएर आफ्नो मौलिकता देखाउने मौकासमेत हो । रातो रङ्ग त तपाईंको शक्ति र सौन्दर्यको प्रतीक भइहाल्यो र त्यसलाई सुहाउने मेकअप केवल अनुहारमा रङ्ग भर्ने कुरामात्र होइन, यो त एउटा त्यस्तो कथा पनि हो, जुन तपाईंको आत्मविश्वासद्वारा मात्र लेखिन्छ ।
००



Leave a Reply