अस्कर २०२६: ‘वन ब्याटल आफ्टर अनदर’ बन्यो उत्कृष्ट फिल्म


विश्वप्रतिष्ठित अवार्ड समारोह अस्कर २०२६ (९८औं एकेडेमी अवार्ड) मा फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ले उत्कृष्ट फिल्मसहित विभिन्न प्रमुख विधामा अवार्ड जित्दै ठूलो सफलता हासिल गरेको छ।  अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा सम्पन्न समारोहमा फिल्म ‘सिनर्स’ का अभिनेता माइकल बी. जोर्डन उत्कृष्ट अभिनेता घोषित भएका छन्। उनले प्रतिस्पर्धामा रहेका टिमोथी चालामे, लियोनार्डो डिक्याप्रियो, इथन हक र वाग्नर…

विश्वप्रतिष्ठित अवार्ड समारोह अस्कर २०२६ (९८औं एकेडेमी अवार्ड) मा फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ ले उत्कृष्ट फिल्मसहित विभिन्न प्रमुख विधामा अवार्ड जित्दै ठूलो सफलता हासिल गरेको छ। 

अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा सम्पन्न समारोहमा फिल्म ‘सिनर्स’ का अभिनेता माइकल बी. जोर्डन उत्कृष्ट अभिनेता घोषित भएका छन्।

उनले प्रतिस्पर्धामा रहेका टिमोथी चालामे, लियोनार्डो डिक्याप्रियो, इथन हक र वाग्नर मोउरालाई पछि पार्दै अवार्ड जितेका हुन्।

त्यस्तै, फिल्म ‘ह्याम्नेट’ मा अभिनय गरेकी जेसी बक्ली उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्।

प्रमुख अवार्ड विजेताहरू
उत्कृष्ट फिल्मः वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट निर्देशकः पल थोमस एन्डरसन (वन ब्याटल आफ्टर अनदर)
उत्कृष्ट अभिनेताः माइकल बी. जोर्डन (सिनर्स)
उत्कृष्ट अभिनेत्रीः जेसी बक्ली (ह्याम्नेट)
उत्कृष्ट सहायक अभिनेताः सिन पेन (वन ब्याटल आफ्टर अनदर)
उत्कृष्ट सहायक अभिनेत्रीः एमी मेडिगन (वेपन्स)

अस्कर २०२६ मा फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकलाई विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *