ज्ञान भएपछि मात्रै ध्यान लाग्छ :बिनु श्रेष्ठ साधक, ब्रह्मकुमारी


मानिसहरू विकारको भारी बोकेर यहाँ आउँछन् । त्यो भारी यहाँ बिसाउँछन् र मनभित्र ज्ञान, खुसी र शान्ति भरेर चङ्गाजस्तै हलुका भएर फर्कन्छन् । यही चेतना र अनुभूतिका साक्षी हुन्— विनु श्रेष्ठ । युवावस्थादेखि नै उनलाई अध्यात्मतर्फ गहिरो रुचि थियो । उनी नियमित रूपमा सिस्टर शिवानीका प्रवचनहरू सुन्थिन् । ती वचनहरूले मनमा प्रश्न र खोज दुवै…

मानिसहरू विकारको भारी बोकेर यहाँ आउँछन् । त्यो भारी यहाँ बिसाउँछन् र मनभित्र ज्ञान, खुसी र शान्ति भरेर चङ्गाजस्तै हलुका भएर फर्कन्छन् । यही चेतना र अनुभूतिका साक्षी हुन्— विनु श्रेष्ठ । युवावस्थादेखि नै उनलाई अध्यात्मतर्फ गहिरो रुचि थियो । उनी नियमित रूपमा सिस्टर शिवानीका प्रवचनहरू सुन्थिन् । ती वचनहरूले मनमा प्रश्न र खोज दुवै जन्मायो । त्यस खोजीले उनलाई ठमेलस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रसम्म पुर्‍यायो । सातदिने कोर्स लिएपछि उनी भन्छिन्, जीवन छर्लङ्ग भयो । आफू, जीवन र संसारलाई हेर्ने दृष्टि नै बदलियो ।
त्यसयता आजसम्म करिब ३० वर्षदेखि उनी ‘ॐ शान्ति’को यात्रामा निरन्तर लागिरहेकी छिन् । सन् २०१५ को विनाशकारी भूकम्पपछि त उनको सेवा भाव झन् गहिरो भयो ।

आफ्नै इन्टरनेसनल क्लबभित्र उनले ॐ शान्तिको गीता पाठशाला नै स्थापना गरिन् । शान्ति खोज्ने मनहरूका लागि एउटा सुरक्षित आश्रयजस्तै । सानेपाको वरिपरि ब्रह्मकुमारी गीता पाठशाला नहुँदा स्थानीय व्यक्तिहरूको सहज पहुँचका लागि उनले यहाँ यो सेवा सुरु गरिन् । उनी भन्छिन्, हरेक बिहान यहाँ आएर प्रवचन नसुनेसम्म दिन ‘चार्ज’ नै भएको जस्तो लाग्दैन ।
ब्रह्मकुमारीमा प्रवेश गर्नुअघि बिनुको जीवन पनि सामान्य मानवीय कमजोरीबाट मुक्त थिएन । सानातिना कुरामा रिस उठ्ने, बदला लिने भावना आउने, ‘म नै ठूलो’ भन्ने अहङ्कार बलियो थियो । तर जबदेखि उनी राजयोग साधनामा लागिन्, उनको रूप मात्र होइन, स्वभाव नै बदलियो । घरको वातावरण स्वर्गजस्तै भयो । ॐ शान्तिले भन्ने ‘स्व–परिवर्तन, विश्व परिवर्तन’ उनको जीवनमा व्यवहारमै लागू भयो । नकारात्मक भाइब्स हट्दै गए, निस्वार्थ प्रेम र शान्तिको ऊर्जा फैलिन थाल्यो । उनमा आएको यो परिवर्तन र समर्पण भावले नै उनका श्रीमान् र परिवारका सदस्यहरू पनि यही मार्गमा आकर्षित भए ।

‘अहङ्कार भनेको ‘म ठूलो, म नै हुँ’ भन्ने भाव हो,’ उनी भन्छिन्, ‘यसलाई क्रमश: कम गर्दै जानु नै साँचो साधना हो ।’ आजको युवा पुस्ताका लागि पनि यस्ता आध्यात्मिक चेतना अत्यन्तै आवश्यक भएको उनको विश्वास छ । जहाँ बाहिरी सफलताभन्दा भित्री सन्तुलनलाई प्राथमिकता दिइन्छ ।

आफूले जीवनमा चाहेको सुख, शान्ति, आनन्द र सच्चा प्रेम सबै यहीँ प्राप्त भएको उनको अनुभव छ । पहिले निकै घमन्डी स्वभावकी आफू आज शान्त, द्वेष र लालचरहित जीवन बाँचिरहेको उनी खुलेर स्विकार्छिन् ।

सेतो लुगा यहाँको ‘युनिफर्म’ हो, पवित्रताको प्रतीक । यहाँ आएपछि परिवार त्याग्नुपर्छ भन्ने भ्रम पनि निराधार भएको उनी बताउँछिन् । उनको दैनिक तालिका अनुशासित छ । बिहान योग, स्नानपछि एक घण्टा राजयोग ध्यान, साढे ६ देखि साढे ७ सम्म मुरली क्लास, त्यसपछि फेरि आधा घण्टा राजयोग ध्यान ।

‘ज्ञान भएपछि मात्रै ध्यान लाग्छ,’ उनी भन्छिन्, ‘आज जीवनमा कुनै पश्चात्ताप छैन । जीवन सफल भयो भन्ने अनुभूति छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *