फेसन क्षेत्रकी अग्रणी ज्ञानीशोभा तुलाधर वल्र्ड बुक अफ रेकर्ड्सबाट सम्मानित


नमूना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्राचार्य ज्ञानीशोभा तुलाधरलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनले ‘सर्टिफिकेट अफ एक्सेलेन्स’ प्रदान गर्दै आइकोनिक फेसन डिजाइनर तथा भेट्रान एकेडेमिसियनका रूपमा सम्मान गरेको छ । ५० वर्षभन्दा बढी समयदेखि नेपालको फेसन क्षेत्रको विकास, विस्तार र रूपान्तरणमा पुर्‍याएको दूरदर्शी नेतृत्वको कदरस्वरूप उनलाई नेपाली फेसन जगतकी ‘गुरु आमा’ का…

नमूना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्राचार्य ज्ञानीशोभा तुलाधरलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनले ‘सर्टिफिकेट अफ एक्सेलेन्स’ प्रदान गर्दै आइकोनिक फेसन डिजाइनर तथा भेट्रान एकेडेमिसियनका रूपमा सम्मान गरेको छ ।

५० वर्षभन्दा बढी समयदेखि नेपालको फेसन क्षेत्रको विकास, विस्तार र रूपान्तरणमा पुर्‍याएको दूरदर्शी नेतृत्वको कदरस्वरूप उनलाई नेपाली फेसन जगतकी ‘गुरु आमा’ का रूपमा चिनाउँदै यो सम्मान प्रदान गरिएको हो । परम्परागत सीपलाई आधुनिक शैक्षिक विषय र व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न उनले खेलेको अग्रणी भूमिकालाई यस सम्मानले विशेष रूपमा उजागर गरेको छ ।

यो सम्मान सन् २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित वल्र्ड बुक अफ रेकर्ड्सको २०औं अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको थियो, जसले उनको दीर्घकालीन व्यावसायिक यात्रामा थप महत्वपूर्ण उपलब्धि जोडेको छ ।

तुलाधरलाई नेपालको फेसन आन्दोलनकी अग्रणी व्यक्तित्वका रूपमा व्यापक रूपमा मानिन्छ । उनले पुस्तौँदेखि डिजाइनर, स्टाइलिस्ट तथा सिर्जनशील पेसाकर्मीलाई मार्गदर्शन गर्दै नेपालको सिर्जनात्मक अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकी छिन् ।

उनको योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेकी छन् । तीमध्ये न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्ड्स २०२५ मा प्रदान गरिएको लाइफटाइम अचिभमेन्ट अवार्ड विशेष उल्लेखनीय छ । यस सम्मानले नेपालको फेसन उद्योगको विकास तथा सिर्जनात्मक उद्यमशीलताको प्रवर्द्धनमा उनले पुर्‍याएको दीर्घकालीन योगदानलाई औपचारिक मान्यता दिएको हो । साथै, उनलाई ‘डिस्टिङ्गुइश्ड वुमन अफ नेपाल’ सूचीमा समेत समावेश गर्दै फेसन शिक्षा प्रवर्द्धन तथा महिला सशक्तीकरणमा पुर्‍याएको भूमिकाको उच्च प्रशंसा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *