“रागा एन्ड चक्र“


पाटन म्युजियममा आई ओपनर मिडिया प्रा.लि द्वारा आयोजित विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न भयो।

पाटन म्युजियममा आई ओपनर मिडिया प्रा.लि द्वारा आयोजित विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न भयो। कार्यक्रममा सिंगिङ्ग बाउल, इसराज, र तबलाको अद्भुत संयोजनमा शास्त्रीय सङ्गीत प्रस्तुत गरिएको थियो। हिलिंग र ध्यानको माध्यमका लागि प्रयोग हुदैं आएको सिंगिङ्ग बाउललाई शास्त्रीय रागको आधारमा प्रस्तुत गराइएको थियो ।

इसराज वादक सन्तोष भक्त श्रेष्ठ, तबला वादक नवराज गुरुङ, सिंगिङ्ग बाउल थेरापिस्ट अमन साही, र तानपुरामा नूर श्रेष्ठले सामूहिक रूपमा सङ्गीत प्रस्तुत गरेका थिए।


इसराज बादक सन्तोष भक्त श्रेष्ठले कार्यक्रमको बारे भन्दछन्, “ सिंगिङ्ग बाउल र इसराज मार्फत राग प्रस्तुत गरि ध्यानको स्थिति प्राप्त गर्ने र चक्रलाई सकृय पार्ने उदेश्य यस कार्यक्रमको रहेको छ । यो एउटा प्रयोग ,कोशिशका साथै जानकारीको रुपमा पनि बुझिदिन अनुरोध गर्दछु ”।

शास्त्रीय सङ्गीत प्राचीन कालदेखि नै मानिसको मानसिक, शारीरिक, र आध्यात्मिक स्वास्थ्य सुधार गर्न प्रयोग हुँदै आएको छ। यसै क्रममा, कार्यक्रमले मूलाधार चक्र र हृदय चक्रमा आधारित रागहरूको प्रस्तुति दिएर मानिसहरूको ध्यान र आन्तरिक ऊर्जा केन्द्रित गर्ने प्रयास गरेको हो।


कार्यक्रममा शारीरिक स्थिरता र सुरक्षा केन्द्रित मूलाधार चक्रलाई सन्तुलनमा राख्न राग श्याम कल्याण र प्रेम र करुणा केन्द्रित हृदय चक्रलाई सन्तुलनमा राख्न राग दुर्गाको प्रस्तुति दिइयो। यो प्रस्तुति नेपालका संगीत प्रेमीहरू र हिलिंगमा रुचि राख्नेहरूको लागि नयाँ अनुभव प्रदान गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको रूपमा रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *