मञ्जुको ‘ड्रिम’


बुटिकहरूकै भीडमा, ड्रिम वेयर बुटिक र डिजाइनर मञ्जु ढकाल फेसनप्रेमीहरूमाझ छुट्टै पहिचान बन्दै छ । ब्राइडल वेयर र पार्टी वेयर डिजाइनमा निपुण मञ्जुले विगत १९ वर्षदेखि कुपन्डोलमा आफ्ना सिर्जनात्मक पहिरनहरूमार्फत ग्राहकको मन जित्दै आएकी छन् ।डेढ दशकअघि रोयल लुक दिने भेल्भेट ब्राइडल लेहेङ्गा र सारी डिजाइन गरेर मञ्जुले नेपाली फेसन उद्योगमा आफ्नो छुट्टै स्थान बनाउन…

बुटिकहरूकै भीडमा, ड्रिम वेयर बुटिक र डिजाइनर मञ्जु ढकाल फेसनप्रेमीहरूमाझ छुट्टै पहिचान बन्दै छ । ब्राइडल वेयर र पार्टी वेयर डिजाइनमा निपुण मञ्जुले विगत १९ वर्षदेखि कुपन्डोलमा आफ्ना सिर्जनात्मक पहिरनहरूमार्फत ग्राहकको मन जित्दै आएकी छन् ।
डेढ दशकअघि रोयल लुक दिने भेल्भेट ब्राइडल लेहेङ्गा र सारी डिजाइन गरेर मञ्जुले नेपाली फेसन उद्योगमा आफ्नो छुट्टै स्थान बनाउन सफल भइन् । विशेष गरी भेल्भेट कपडामा ह्यान्ड इम्ब्रोइडरीमार्फत ब्राइड वेयर डिजाइन गर्न उनलाई मन पनि पर्छ ।

तीन जना बच्चाकी आमा मञ्जुले आफ्नो पहिचान र अस्तित्व स्थापित गर्न चाहिन् । यही सोचले नै उनलाई फेसन डिजाइनिङ अध्ययन गर्न प्रेरित ग¥यो । उनले आइसीबाट फेसन डिजाइनिङ कोर्स पूरा गरेपछि आफ्नो बुटिक स्थापना गरेकी हुन् ।

उनको बुटिकले इम्ब्रोइडरीमा विशेष ध्यान दिने भएकाले अझै पनि उनका नियमित ग्राहक घटेका छैनन् । उनी वि.सं २०७३ की मिसेज हेरिटेज पनि हुन् ।

ब्राइडल वेयरका लागि फेसन डिजाइनर मञ्जुको टिप्स
पहिरन छनोट :
विवाहका लागि ड्रेस चयन गर्दा आफ्नो बडी टाइप, स्किन कलर तथा मौसममा ध्यान पु¥याउनुपर्छ ।
हाइट : दुलहीको हाइट बढी छ भने एलाइनदेखि फिस कट स्टाइलको लेहेङ्गा उपयुक्त हुन्छ । हाइट कम छ भने स्ट्रेट कट्सको चयन ठीक रहन्छ ।
फेब्रिक : फेब्रिक चयन गर्दा मौसमको विशेष ख्याल राख्नुपर्छ । गर्मीका लागि साटन, सिफन, नेट तथा जर्जेट, रेसमको धागोको काम एवं स्वदेशी वर्क उपयुक्त हुन्छ । जाडोमा भेल्भेट तथा ब्रोकेडमा जरी, हेभी इम्ब्रोइडरी एवं गाढा रङ्ग अनुकूल मानिन्छन् ।

रोयल लुक्स ब्राइडल सिल्क सारी

बेहुलीको पहिरन अरूभन्दा भव्य, भिन्न र आकर्षक देखिनु आवश्यक छ । यो सिल्क सारी विशेष रूपमा बेहुलीका लागि तयार पारिएको छ, जसमा सुनौलो, चाँदीको र मोतीजडित कलात्मक ह्यान्ड वर्क गरिएको छ । मेटालिक जरदोजी, सिकोइन्स, मोती र क्रिस्टलको संयोजनले यो सारीलाई अझै विलासी बनाएको छ ।
सिल्कबाहेक बनारसी वा नेट कपडामा पनि विशेष कडाइ गरी कलात्मक शैलीमा तयार गर्न सकिन्छ । यो सारी बेहुलीलाई रोयल लुक दिनका लागि उत्कृष्ट छनोट हो ।

लैवेन्डर ब्राइडल लेहेङ्गा
लैवेन्डर रङ्गको लेहेङ्गा ब्राइडल वेयरका लागि फरक छनोट हो । अहिले रातोबाहेक पनि दुलहीले पार्टीमा अरू कलरका लेहेङ्गा लगाउन खोज्छन् । यसमा जर्कन इम्ब्रोइडरी गरिएको छ, जसमा मसिना धागो तथा चम्किला धातुका कलात्मक डिजाइन समेटिएको छ ।

फ्लोरल तथा ज्यामितीय ढाँचाका संयोजनले परम्परागत नेपाली शैलीलाई आधुनिकताको मेल गराएको छ । यसको ब्लाउज (चोली) मा चम्किलो जर्कन इम्ब्रोइडरी तथा स–साना मोती, सिताराले वर्क गरिएको छ । मिल्दोजुल्दो दुपट्टासँग यो लेहेङ्गाले बेहुलीलाई अलग पहिचान दिन्छ ।

परम्परागत रातो वा गुलाबीभन्दा फरक रङ्ग अपनाउन चाहने बेहुलीहरूका लागि यो उत्तम रोजाइ हुन सक्छ ।

रोजगोल्ड कलरको लेहेङ्गा सेट

रोजगोल्ड रङ्गको लेहेङ्गा सेट ब्राइडल पहिरनमा आधुनिकता खोज्नेका लागि विशेष रूपमा तयार गरिएको छ । यसमा झिलिमिली पर्ने जरकन, सिक्विन र बिड्सको कलात्मक संयोजन छ, जसले परम्परा र आधुनिकताको सुन्दर मेल बनाएको छ । रोजगोल्ड कलरको लेहेङ्गा पनि विवाह पार्टीमा दुलहीहरूको च्वाइसमा परेको छ । डिप नेक डिजाइन र हेभी इम्ब्रोइडरी गरिएको ब्लाउज (चोली) यो सेटको मुख्य आकर्षण हो ।

मल्टी कलर ग्लिटरी ब्लाउज र स्कर्ट सेट
विवाहको विशेष अवसरहरू जस्तै— पार्टी, मुख हेर्ने वा साङ्गीतिक समारोहका लागि तयार पारिएको यो सेटले दुलहीलाई ग्ल्यामरस लुक दिन्छ ।

आकर्षक रङ्ग संयोजन, हल्का इम्ब्रोइडरी तथा सुन्दर कट डिजाइनले यसलाई स्टाइलिस बनाएको छ । फ्लेयर डिजाइनको स्कर्ट हल्का तथा फ्लोई फेब्रिकबाट तयार गरिएको छ ।
यस सेटलाई मिल्दो ग्लिटरी शलसँग लगाउँदा अझै आकर्षक देखिन्छ । ककटेल पार्टी, साङ्गीतिक कार्यक्रम वा जमघटमा फरक स्टाइल अपनाउन चाहने व्यक्तिहरूका लागि यो उत्तम विकल्प हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *