अध्ययनका लागि जापान जान चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै बागबजार स्थित सेन्ट जेभियर एजुकेसनल नेटवर्कले जापान इन्फो सेसन सम्पन्न गरेको छ। आइतबार संस्थाको बागबजार स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा करिब १०० विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा जापानी स्कुल ओसिएन्स इन्टरनेसनल स्कुलका प्रतिनिधि महेन्द्र केसी र होकाइदो एचएसएलका प्रतिनिधि कोइचिरो इतौले विद्यार्थीहरूलाई जापानमा अध्ययनका विविध पाटोहरूबारे आधिकारिक जानकारी गराएका थिए।
त्यस्तै, उनीहरूले प्रतिनिधित्व गर्ने शैक्षिक संस्थामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको लागि प्रत्यक्ष अन्तर्वार्ता समेत सञ्चालन गरी छनोट प्रक्रिया अघि बढाएका थिए। कार्यक्रमबारे मात्र एजुकेसनलाई जानकारी दिँदै सेन्ट जेभियर एजुकेसनल नेटवर्कका प्रबन्ध निर्देशक बालकृष्ण विष्ट ‘गगन’ ले भने, “हामीले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा जापनिज स्कुलका प्रतिनिधिबाटै जानकारी दिने अवसर उपलब्ध गराएका छौँ। यसले विद्यार्थीहरूको अध्ययन यात्रालाई थप सजिलो र विश्वसनीय बनाउनेछ।” उनले जापान सहित अन्य विभिन्न गन्तव्यमा पनि कम गर्दै आएको हुँदा संस्थाले छिटै बहु-गन्तव्य जानकारी सत्र पनि आयोजना गर्ने जानकारी दिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राप्त गरेको जानकारी र परामर्शलाई उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए। सेन्ट जेभियर एजुकेसनल नेटवर्कले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको लागि यस्तै उपयोगी कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।



Leave a Reply