दसैँको रमाइलो केवल नयाँ लुगा र सजावटमा मात्र सीमित छैन, यसमा आत्मविश्वास जगाउने फेस्टिभ मेकअप पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खासगरी महिलाहरूका लागि दसैँमा आफन्तहरू भेट्दा, पूजामा सहभागी हुँदा वा फोटो खिच्दा चम्किलो र ग्लोइङ देखिन चाहनु स्वाभाविक हो । सोही चाहनालाई पूरा गर्ने तीन मुख्य ट्रेन्ड अहिले चर्चामा छन्— नेचुरल ग्लो, हलुका हाइलाइटर र ब्राइट लिपिस्टिक ।

नेचुरल ग्लो
नेचुरल ग्लो भन्नाले चिल्लो वा अत्यधिक मेकअप होइन, बरु छालाको प्राकृतिक चमकलाई बाहिर ल्याउने शैली बुझिन्छ ।
स्किन प्रेपमा ध्यान दिनुहोस्— क्लिनजिङ, मोइस्चराइजिङ र सनस्क्रिन अनिवार्य हुनुपर्छ । हलुका बीबी क्रिम वा फाउन्डेसनले छालालाई इभन टोनमा ल्याउँछ । फिनिस सेटिङ स्प्रेले पूरै लुक्सलाई फ्रेस देखाउँछ । यसरी तयार गरिएको नेचुरल बेसले दसैँभरि आत्मविश्वास दिलाउने निश्चित छ ।
हलुका हाइलाइटर
दसैँजस्ता चाडपर्वमा हलुका हाइलाइटरको प्रयोगले सम्पूर्ण अनुहारमा जीवन्तता थप्छ ।
चिक बोन, नाकको ब्रिज र कपिड्स बोमा सानो मात्रामा हाइलाइटर लगाउँदा अनुहारमा प्राकृतिक चमक देखिन्छ । गोल्डेन वा पिच टोनको हाइलाइटर फेस्टिभ लुक्सका लागि उपयुक्त हुन्छ । अत्यधिक प्रयोग नगरी हलुका मात्र राख्दा नै सौम्य र आकर्षक देखिन्छ । र, यसले फोटोमा अनुहार झन् चम्किलो र ग्लोइङ देखाउँछ ।
ब्राइट लिपिस्टिक
फेस्टिभ लुक्समा लिपिस्टिक सबैभन्दा ध्यान खिच्ने तत्व हो ।
रातो, मरुन, कोरल वा फुस्र्यो पिङ्कजस्ता ब्राइट सेड्स दसैँको रौनकसँग मेल खान्छन् । म्याट फिनिसले स्मार्ट देखाउँछ भने ग्लोसी टचले युवापन झल्काउँछ । ड्रेससँग मिलाएर लिप कलर छनोट गर्दा सम्पूर्ण लुक्स सन्तुलित हुन्छ । ब्राइट लिपिस्टिकबिना दसैँको मेकअप अधुरोजस्तै लाग्छ ।

सम्पूर्ण लुक्सलाई पूरक बनाउने टिप्स ः
–हलुका झुम्का र सानो नेकलेसले मेकअपलाई पूरक बनाउँछ ।
–हेयर स्टाइलमा हल्का वेभ वा बन राख्दा फेस मेकअप अझै उठेर आउँछ ।
–कम्फर्टेबल तर स्टाइलिस लुगा र ब्राइट लिपिस्टिकको संयोजनले आत्मविश्वास झन् बढाउँछ ।
दसैँमा स्टाइल देखाउने सबैभन्दा सहज तर प्रभावकारी तरिका भनेको नेचुरल ग्लो, हलुका हाइलाइटर र ब्राइट लिपिस्टिक हो, यसले केवल बाहिरी सौन्दर्य मात्र होइन, आन्तरिक खुसीलाई पनि चम्काउँछ । यसपालिको दसैँमा भारी मेकअपभन्दा हलुका तर चम्किलो स्टाइल रोज्नुहोस् । फेस्टिभ लुक्स अझै आकर्षक र यादगार बन्नेछ ।
००



Leave a Reply