भियतनामको हो चि मिन्ह सहरमा जारी दोस्रो संस्करणको ‘मिस कोस्मो’ सौन्दर्य प्रतियोगितामा नेपालकी प्रतिनिधि दीपशिखा नेपाल प्रतिस्पर्धामा छन्।

दुई वर्षअघि सुरु गरिएको यो ग्लोबल ब्युटी पेजेन्टमा नेपालको सहभागिता पहिलोपटक हो ।। आइतबार आयोजित ‘बेस्ट कार्निभल’ (नेशनल कस्ट्युम) प्रतिस्पर्धामा नेपालको पोशाकले उत्कृष्ट टप १५ मा स्थान बनाउन सफल भएको छ।
‘राइजिङ ड्रयागन’ को थिममा आधारित यस संस्करणमा विभिन्न मुलुकका प्रतियोगीले आफ्नो संस्कृति र पहिचान झल्कने पोशाकमा उपस्थित भएका थिए। सोही क्रममा दीपशिखाले प्रस्तुत गरेको राष्ट्रिय पोशाकलाई निर्णायकले उच्च मूल्यांकन गरेका हुन्।

गोरखाको सम्पदाबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेका हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएका छन् ।
२० डिसेम्बरमा ग्रान्ड फिनाले हुनेछ । यससँगै मिस कोस्मोमा नेपालको पहिलो सहभागिता सकारात्मक परिणामसहित अघि बढेको छ।



Leave a Reply