पूजा बनिन् युवा वर्ष खेलाडी


क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू १९ टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् । उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर…

क्रिकेटकी पूजा महतो बुधबार एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ०८१ मा युवा वर्ष खेलाडी घोषित भएकी छन् । उनी नेपाली यू १९ टिमलाई इतिहासमै पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टिमकी कप्तान थिइन् ।

उनले त्यस छनोट खेलमा सर्वाधिक २ सय ७२ रन बनाएकी थिइन् भने १० विकेट पनि हात पारेकी थिइन् । कुवेतविरुद्ध उनले नटआउट रहेर १ सय ३० रन बनाएकी थिइन् । उनले एसीसी महिला यू १९ एसियाकप छनोटमा पाकिस्तानलाई पराजित गर्दा पनि उत्कृष्ट कप्तानी गरेकी थिइन् ।

अवार्ड थाप्दै पूजाले भनिन्, ‘यो अवार्ड मुमा बुबालाई समर्पित गर्न चाहन्छु ।’ यस विधामा मनोनयमा पर्ने अन्य खेलमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङ रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *