मेरो मन्त्र : लर्न, अर्न, रिटर्न


सन् २०२२ मा प्रियंका रानी जोशी मिस नेपाल भएकी देखेपछि मेरो मनमा पनि यो प्रतियोगिता मा भाग लिने इच्छा पलाएको हो । म देशभित्रै एउटा यस्तो मञ्चको खोजीमा थिएँ, जसबाट मैले आफ्नो सोचलाई प्रभावकारी हिसाबले विस्तारित गर्न सकूँ । स्कुल पढ्दै गर्दा नै म भ्रष्टाचारको विरुद्ध बोल्थेँ, त्यसैले जिम्मेवारी र नेतृत्वलाई जीवनको हिस्सा ठान्छु ।…

सन् २०२२ मा प्रियंका रानी जोशी मिस नेपाल भएकी देखेपछि मेरो मनमा पनि यो प्रतियोगिता मा भाग लिने इच्छा पलाएको हो । म देशभित्रै एउटा यस्तो मञ्चको खोजीमा थिएँ, जसबाट मैले आफ्नो सोचलाई प्रभावकारी हिसाबले विस्तारित गर्न सकूँ । स्कुल पढ्दै गर्दा नै म भ्रष्टाचारको विरुद्ध बोल्थेँ, त्यसैले जिम्मेवारी र नेतृत्वलाई जीवनको हिस्सा ठान्छु । ग्रान्ड फिनालेमा मेरो नाम घोषणा हुँदा म सररियल मोडमा पुगेँ । आज पनि लाग्छ, म वास्तविकता र सपनाबीचमा बाँचेझैँ छु । तर, मलाई अझ बढी उत्साहित बनाउने कुरा भनेको नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने अवसर हो । कसरी म मिस नेपाल वल्र्ड भएँ भन्नेभन्दा पनि अब कसरी नेपाल लाई विश्वसामु प्रस्तुत गर्न सक्छु भन्ने कुराले मलाई ऊर्जा दिन्छ । ताज मेरो लागि केवल ग्ल्यामरको प्रतीक होइन, सामाजिक उत्तरदायित्वको प्रतीक हो । म हिजो जुन लुना थिएँ, आज पनि त्यही हुँ । फरक यति मात्र हो— अब मलाई जिम्मेवारी थपिएको छ । जति माथि पुगे पनि खुट्टा सदैव भुइँमै टिक्नुपर्छ ।

म विश्वास गर्छु, युवाले देशबाहिर गएर सिक्नुपर्छ, कमाउनुपर्छ, तर अन्तत: आफ्नै देश फर्कनुपर्छ । यही मेरो दर्शन हो— ‘लर्न, अर्न, रिटर्न’ । म पनि मेरो पढाइ सकेर नेपालमै आएर काम गर्ने हो । हाल म अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर गर्दै छु । मेरो इच्छा छ— विदेशमा रहेका नेपालीलाई फर्किन प्रेरित गर्ने र नेपालमै योगदान गर्ने । म जनस्वास्थ्यको क्षेत्रमा परिवर्तनकारी नेतृत्व गर्न चाहन्छु, जसले मेरो समुदायमा दीर्घकालीन र अर्थपूर्ण प्रभाव छाडोस् ।

बाँसुरी बजाउनु, पडकास्ट सुन्नु, स्कुभा डाइभ गरेर पानीमुनिको संसार हेर्नु र पौडी खेल्नु मेरा रुचिहरू हुन् । यी रुचिले मलाई ग्राउन्डेड बनाएको छ ।

यसअघि म मिस टिन, २०१५ मा फस्ट रनरअप भएकी थिएँ । तर, आजको लुनामा फरक छ— अब मसँग क्राउन मात्र होइन, जिम्मेवारी पनि छ । ब्युटी पेजेन्टलाई केवल शारीरिक सौन्दर्यको दृष्टिले मात्र होइन, संकल्पको दृष्टिले पनि हेर्नुपर्छ ।

मेकअप तथा हेयरस्टाइल : पूनम ब्युटी क्लब, बानेश्वर

Poonam Beauty Academy 


पहिरन : उमा नेमकुल, काब्य बुटिक, पाटनढोका

www.kaavyaboutique.com

लोकेशन : पाटन म्युजियम

क्रियटिभ दि स्टुडियो, मैतिदेवी

Creative D Studio Pvt Ltd

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *