म नियमित आफ्ना कन्टेन्टहरू सेयर गर्छु


केही वर्षयता मोबाइल र सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । मेरा दिन ४–५ घण्टा मोबाइलमा बिते पनि त्यो समय मेरो काम, सिर्जना र सम्पर्कको संसार हो ।मोडलिङ, फेसन, इभेन्ट अपडेट वा कन्टेन्ट सेयर गर्ने क्रममा इन्स्टाग्राम, फेसबुक र टिकटक मेरो नियमित प्लेटफर्म बनेका छन् । यी माध्यमहरूले मेरो विगतका रनवे, फोटोसुट…

केही वर्षयता मोबाइल र सामाजिक सञ्जाल मेरो जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । मेरा दिन ४–५ घण्टा मोबाइलमा बिते पनि त्यो समय मेरो काम, सिर्जना र सम्पर्कको संसार हो ।
मोडलिङ, फेसन, इभेन्ट अपडेट वा कन्टेन्ट सेयर गर्ने क्रममा इन्स्टाग्राम, फेसबुक र टिकटक मेरो नियमित प्लेटफर्म बनेका छन् । यी माध्यमहरूले मेरो विगतका रनवे, फोटोसुट र पछिल्ला प्रोजेक्टका झलकहरू फ्यानहरूसामु प्रस्तुत गर्ने अवसर दिएको छ । कहिले काहीँ जब थ्रोब्याक कन्टेन्ट पोस्ट गर्छु, तब मलाई अझै केही नयाँ काम गरौँ भन्ने हौसला दिन्छ ।

सोसल मिडियामा देखिएको एउटा भिडियो वा फोटो धेरैको लागि केवल एक पोस्ट हुन सक्छ । मेरा निम्ति भने त्योे एउटा कथा हो, मिहिनेत, सपना र दृढताको । सोही माध्यमबाट मलाई मोडलिङ र इभेन्टका अफरहरू पनि आइरहेका छन्, जुन मेरो पेसागत यात्रा सँगसँगै आत्मविश्वास बढाउने स्रोतसमेत बनेका छन् ।

म नियमित रूपमा आफ्ना कन्टेन्टहरू सेयर गर्छु, फ्यान्सहरूसँग सम्पर्कमा रहन्छु । कन्टेन्टमा आउने प्रतिक्रियाहरू पढ्न अनि स्टोरीमार्फत विचार व्यक्त गर्न मलाई असाध्यै रमाइलो लाग्छ । डिजिटल प्लेटफर्महरूले मलाई विश्वभरिका कलाकार, शैली र प्रवृत्तिहरू बुझ्न पनि मद्दत पुर्‍याइरहेको छ ।

सोसल मिडिया मेरो लागि अवसरको संसार हो । कहिलेकाहीँ भने ‘डिजिटल डिटाँक्स’ पनि गर्छु । फोन बन्द गरेर प्रकृति, आफन्त वा केवल आफूसँग बिताउँछु । यो ब्रेकले जीवनको वास्तविकतालाई बुझ्न मद्दत पुर्‍याउने मेरो अनुभव छ । सामाजिक सञ्जालबिनाको जीवन कल्पना गर्न सक्दिनँ । तर, त्यसको प्रयोग–सीमालाई आफैँ चेक गरिरहेको हुन्छु । आजको डिजिटल युगमा सामाजिक सञ्जाल मेरो निम्ति भरपर्दो आवाज हो, जहाँ म बोल्छु, देखिन्छु र सुन्छु पनि ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *