‘काठमाडौं पिंक केयरथन २०२६’


फागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुँदैछ। यो कार्यक्रम महिला स्वास्थ्य, फिटनेस र स्तन क्यान्सरजस्ता स्वास्थ्य विषयमा जनचेतना फैलाउने उद्देश्यले राखिएको छ। लेजर पोर्ट नेपालद्वारा आयोजित यस कार्यक्रमले महिलालाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रोत्साहन दिने लक्ष्य राखेको छ। दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप र अन्य विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिहरूमा सहभागी हुन…

फागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुँदैछ। यो कार्यक्रम महिला स्वास्थ्य, फिटनेस र स्तन क्यान्सरजस्ता स्वास्थ्य विषयमा जनचेतना फैलाउने उद्देश्यले राखिएको छ।

लेजर पोर्ट नेपालद्वारा आयोजित यस कार्यक्रमले महिलालाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रोत्साहन दिने लक्ष्य राखेको छ। दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप र अन्य विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिहरूमा सहभागी हुन सकिनेछ। यस वर्षदेखि पुरुषहरूलाई पनि सहभागी हुने अवसर दिइएको छ, ताकि कार्यक्रम अझ समावेशी बनोस्।

लेजर पोर्ट नेपालका अध्यक्ष नवराज जोशीका अनुसार, “महिलाहरू दैनिक घरेलु र सामाजिक जिम्मेवारीमा व्यस्त रहने भएकाले आफ्नो स्वास्थ्यप्रति ध्यान दिन समय पाउँदैनन्। पिंक केयरथनले उनीहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्ने विश्वास छ।”

आयोजकको अनुमान अनुसार यस वर्ष ३ देखि ५ हजारसम्म महिला तथा पुरुष सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली अभिनेत्री उषा रजकलाई गुडविल एम्बासडरको रूपमा नियुक्त गरिएको छ।

पहिले ‘काठमाडौं पिंकथन’ नाममा सञ्चालन भएको यो कार्यक्रमलाई यसपटक नेपाली मौलिकता झल्काउने गरी ‘काठमाडौं पिंक केयरथन’ नामकरण गरिएको हो। सन् २०१७–२०१९ सम्म लगातार आयोजना गरिएको यो कार्यक्रम कोभिड–१९ महामारीपछि केही वर्ष रोकिएको थियो, र २०२४ देखि पुनः निरन्तरता दिइएको छ।

कार्यक्रमले स्वास्थ्यप्रति जागरूकता, उत्साह र समावेशी सहभागितामार्फत महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले लिएका छन्।

पुरस्कार विवरण:

हाफ म्याराथन: १, २, ३ स्थानका विजेतालाई क्रमशः ५१,०००, ३१,००० र २१,००० रुपैयाँ

१० किलोमिटर दौड: १, २, ३ स्थानका विजेतालाई क्रमशः ३१,०००, २१,००० र ११,००० रुपैयाँ

अन्य विधाहरूमा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *