भक्तपुर फिल्म महोत्सव हुँदै 


भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदैछ । भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो । युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ…

भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदैछ । भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो ।

युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए ।

‘भक्तपुर हाम्रो जन्मथलो पनि हो । त्यसैले यहाँको साँस्कृति र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो पटक आयोजना गर्न लागेका हौं,’ किलम्बुले भने । महोत्सव निर्देशक किलम्बुले ‘कब्बडी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’, ‘डिग्री माइला’, ‘लगायतका फिल्ममा काम गरेका छन् ।

महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र(इन्डी) फिल्मकर्मीका फिल्म र उनीहरुका फिल्मलाई प्लेटफर्म दिन पनि यो महोत्सवको आवश्यकता देखेर आफूहरुले यो महोत्सव सुरु गरेको हो । ‘स्वतन्त्र रुपले फिल्म बनाइरहेका फिल्मकर्मीलाई प्लेटफर्म दिन हामीले यो महोत्सव आयोजना गरेका हौं । सिनेमा लिट्रेसी बढाउनु पनि महोत्सवको उदेश्य हो,’स्मितले भने । स्मितसँगै एभरेस्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक हुन् ।

२ दिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु हुनेछ । महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘सङ्ग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका फिल्महरु देखाइनेछन् ।

सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने महोत्सवको समापन फिल्म हुनेछ । महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइनेछ ।

महोत्सवमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धि कार्यशाला दिँदैछन् । महोत्सव सुरु हुनेअघिल्लो दिन उनले यो कार्यशाला दिने भएको हो । यही फागुन ३० मा भने महोत्सवले रुशेल शिल्पकारसँगको सहकार्यमा भक्तपुरमा ‘हेरिटेज वाक’ पनि आयोजना गर्दैछ । महोत्सव भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *