शिम्मी पुनलाई बेलायतमा सिभिक अवार्ड


बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स २०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन्। समुदायमा गरेको उल्लेखनीय सामाजिक सेवाको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। शिम्मी पुन वरिष्ठ केयरगिभर, सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिकाका पनि हुन् । पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनले…

बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स २०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन्। समुदायमा गरेको उल्लेखनीय सामाजिक सेवाको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

शिम्मी पुन वरिष्ठ केयरगिभर, सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिकाका पनि हुन् । पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनले बेलायतमा बसोबास गर्ने गोरखा समुदायका वृद्ध महिलाहरूको सहयोगमा सक्रिय भूमिका निभाउँदै आएकी छन्।

भाषा समस्या, सांस्कृतिक दूरी र सामाजिक एक्लोपन जस्ता चुनौती भोगिरहेका वृद्ध महिलाहरूलाई सहयोग पुर्‍याउन उनले अंग्रेजी कक्षा, मोबाइल शिक्षा कार्यक्रम तथा वृद्ध सहयोग अभियान सञ्चालन गर्दै आएकी छन्।

हङकङमा जन्मिएर पोखरामा हुर्किएकी पुन ब्रिटिश गोरखा सेनाको परिवारमा हुर्किएकी हुन्। सामुदायिक सेवासँगै उनले बेलायतमा नेपाली संस्कृति प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएकी छन्। च्यारिटी फेसन कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा दोस्रो पुस्ताका ब्रिटिश–नेपाली बालबालिकालाई नेपाली भाषा र नृत्य सिकाउने कार्यमार्फत उनले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण योगदान दिएकी छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *