चैत ५ देखि काठमाडौंमा ‘२७ औँ फ्लोरा एक्स्पो’ हुने


पुष्प व्यवसायको व्यवसायिक विकास चैत ५ देखि काठमाडौंमा ‘२७औं फ्लोरा एक्स्पो’ हुने प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो–२०८२’ आयोजना हुने भएको छ। ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो सञ्चालन हुने आयोजकले जनाएको…

पुष्प व्यवसायको व्यवसायिक विकास चैत ५ देखि काठमाडौंमा ‘२७औं फ्लोरा एक्स्पो’ हुने प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो–२०८२’ आयोजना हुने भएको छ।

‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा एक्स्पो सञ्चालन हुने आयोजकले जनाएको छ। 

एक्स्पो बिहान ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुला रहनेछ।

फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङका अनुसार एक्स्पोमा व्यवसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धा २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ र बिवाइडी इभी कार १ गरी कुल ८२ वटा स्टल रहनेछन्।

फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार एक्स्पोमा एकै स्थानमा करिब पाँच सयभन्दा बढी प्रजातिका फूल तथा फलफूल, इनडोर र आउटडोर आलंकारिक बिरुवा, सिरेमिक तथा प्लास्टिकका गमला, अर्गानिक मल, गार्डेनिङ तथा कौसी खेतीका सामग्री, उन्नत बीउविजन तथा बगैँचाका आधुनिक उपकरणबारे जानकारी लिन र खरिद गर्न सकिनेछ। 

साथै पुष्प व्यवसाय सुरू गर्न चाहनेका लागि विज्ञबाट व्यावसायिक परामर्शको व्यवस्था पनि गरिनेछ।

एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाबीच प्रतिस्पर्धा पनि गराइने आयोजकले जनाएको छ। 

उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ स्टल, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) विधामा पुरस्कार प्रदान गरिनेछ। विजेतालाई शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिनेछ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य सामग्री आपूर्तिकर्ता कम्पनी, उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात–निर्यातकर्ता तथा विभिन्न संघसंस्थाको सहभागिता रहनेछ। 

एक्स्पोमा मौसमी फूल, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, ग्रीनहाउस, कृषि औजार, थोपा सिँचाइ प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला तथा पुष्प सजावटका सामग्रीको प्रदर्शनी र बिक्री हुनेछ।

त्यसैगरी फूल तथा बोटबिरुवामा लाग्ने रोग–किराको समाधानका लागि विशेषज्ञसहितको टोलीद्वारा ‘प्लान्ट क्लिनिक’ स्टलबाट परामर्श सेवा पनि उपलब्ध गराइनेछ।

आयोजकका अनुसार एक्स्पोले पुष्प उद्यमी तथा व्यवसायीलाई आफ्नो उत्पादन राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न, बजार विस्तार गर्न र उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग पुग्नेछ। साथै पुष्प खेतीमा प्रयोग भइरहेका नयाँ प्रविधि र उत्पादनबारे जानकारी गराउने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।

फ्यानका अनुसार यस वर्षको एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ता आउने तथा एक करोड २० लाख रूपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *