बडो अमूर्त कथा छ यो


(बडोअमूर्त कथा छ यो)जन्म जसरी एउटा सन्जोगमृत्यु पनि एउटा सन्जोगसन्जोगकै जिन्दगी जिउनुपर्ने बाध्यतामाहरेक मानव पिल्सिएर रोगी भए तापनिस्वस्थ भएको अभिनय गरिरहेछ(बडो अमूर्त कथा छ यो) । जुन दिन मान्छेले सन्जोगसँग विजय प्राप्त गर्नेछत्यही दिन विनाश सुरु हुनेछर सृष्टिले विश्राम लिनेछ(बडो अमूर्त कथा छ यो) । सन्जोग कसैलाई साह्रै सुखदायी हुन्छसन्जोग कसैलाई साह्रै दु:खदायी हुन्छत्यही सन्जोग…

(बडोअमूर्त कथा छ यो)
जन्म जसरी एउटा सन्जोग
मृत्यु पनि एउटा सन्जोग
सन्जोगकै जिन्दगी जिउनुपर्ने बाध्यतामा
हरेक मानव पिल्सिएर रोगी भए तापनि
स्वस्थ भएको अभिनय गरिरहेछ
(बडो अमूर्त कथा छ यो) ।

जुन दिन मान्छेले सन्जोगसँग विजय प्राप्त गर्नेछ
त्यही दिन विनाश सुरु हुनेछ
र सृष्टिले विश्राम लिनेछ
(बडो अमूर्त कथा छ यो) ।

सन्जोग कसैलाई साह्रै सुखदायी हुन्छ
सन्जोग कसैलाई साह्रै दु:खदायी हुन्छ
त्यही सन्जोग तिमी भोगिरहेछौ
त्यही सन्जोग म भोगिरहेछु
त्यही सन्जोग हामी भोगिरहेछौँ
(बडो अमूर्त कथा छ यो) ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *