लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास सार्वजनिक भएको छ । इथाको कथा समावेश गर्दै तयार गरिएको गीति नाटकसहित उपन्यास सार्वजनिक भएको हो । पुस्तकमा महिलाको संघर्ष र अस्थित्वको विगत, वर्तमान र भविष्यको बारेमा उल्लेख गरिएको छ । पुस्तकलाई नेपाली साहित्यको उत्सव र नारी–पुरुष दुवैको उत्सवको रुपमा रहेको छ । समाजमा नैराष्यताको खडेरीमा उत्साह खोज्ने कार्य पुस्तकले गरेको छ । कार्यक्रममा शिल्पी थ्रिएटरको पुस्तकसँग सम्बन्धित नाटक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भूषिता वशिष्ठले ‘इथा’ उपन्यास केवल ऐतिहासिक आख्यानका रूपमा नभएर पौरस्त्य दर्शनका दृष्टिबाट हेरिनुपर्ने बताइन् । इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ रहेको उनको भनाइ छ ।

उपन्यास ‘इथा’ ले करिब दुई हजार चार सय वर्षअघिको ऐतिहासिक, पौराणिक र किंवदन्तीमूलक परिवेशलाई आधार बनाउँदै वैशालीबाट लिच्छविहरू कसरी मञ्जुपट्टन पुगेर सौमरहरूमाथि विजय हासिल गरे भन्ने कथा समेटेको छ । इथा दाहालको चौथो कृति हो ।



Leave a Reply